समाचार

विकट हिमाली क्षेत्रमा अझै पनि शव उठ्न सकेनन् किन ?

२०७२ असार २ गते १९:०३

काठमाण्डु, २ असार-दोलखाको सिङ्गटी, रसुवाको लाङटाङ, मैलुङ र रसुवागढीमा भूकम्पका कारण पुरिएका शव अझै पनि उत्खनन् हुन नसकेको पाइएको छ ।   व्यवस्थापिका–संसद मातहतको राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समिति मातहतको उपसमितिले गरेको स्थलगत अध्ययनको क्रममा हिमाली तथा उत्तरी विकट क्षेत्रमा शव...

भौतिक पूर्वाधार मन्त्री नीधि र भारतिय बिदेशमन्त्रीबीच भेटवार्ता

२०७२ असार २ गते १८:४९

काठमाण्डु, २ असार– भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बुधबार दिउँसो भेटवार्ता भएको छ । दिउँसो ४ बजे स्वराज निवासमा भएको भेटमा भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्याय, दुतावासका तीर्थ वाग्ले, भारतिय विदेश मन्त्रालयको नेपाल डेक्स हेर्ने अभय...

भारत र चीनले नेपालमा छिट्टै संविधान आओस् भन्ने चाहेका छन् : प्रधान्मन्त्री

२०७२ असार २ गते १८:२७

काठमाण्डु, २ असार प्रधानमन्त्री सुशील कोइरालाले भारत र चीनलगायतका छिमेकी मूलुकले नेपालमा छिट्टै संविधान आओस् र शान्ति र विकास होस भन्ने चाहेको बताएका छन् । बुधबार भूकम्प पीडिहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न बालुवाटार आएका बिभिन्न संस्थाका प्रतिनिधिहरुसँग कोइरालो नेपाल...

बलात्कार आरोप लागेका सञ्जीवलाई ६ वर्ष कैद

२०७२ असार २ गते १७:५६

इलाम, २ असार-बलात्कार आरोपमा पक्राउ परेका इलाम बरबोटेका एक युवकलाई जिल्ला अदालतले बुधबार छ वर्ष कैद सजाय सुनाएको छ ।   जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बरबोटे–४ का १९ वर्षीय सञ्जीव दियालीलाई जबर्जस्ती करणी महलको ३ ९३० बमोजिम छ वर्ष कैद र पीडित बालिकालाई...

रुखबाट खसेर दश वर्षीया सुनिताको मृत्यु

२०७२ असार २ गते १७:५०

कञ्चनपुर, २ असार-झलारी पिपलाडी नगरपालिका–९ की १० वर्षीया सुनिता डगौराको रुखबाट खसेर बुधबार मृत्यु भएको छ ।   रुखबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।   मङ्गल प्राथमिक विद्यालय सिसैयामा कक्षा ५ मा अध्ययनरत डगौराको...

बीस वर्षीया पुजा झुण्डिएको अवस्थामा भेटिएपछि…

२०७२ असार २ गते १७:४०

पर्सा, २ असार–वीरगञ्ज उपमहानगरपालिकामा बुधबार एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । वीरगञ्ज नगरपालिका–२८ परवानीपुरकी २० वर्षीया पुजादेवी आफ्नै घरभित्र बलोमा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् । सो घटनामा सहभागी भएको आशंकामा मृतककी सासु र नन्दलाई नियन्त्रणमा...

कटुवा पेस्तोलसहित आशादेवी पक्राउ

२०७२ असार २ गते १७:२९

सिराहा, २ असार– जिल्लाको सिराहा नगरपालिकाबाट बुधबार एकजना महिला पेस्तोलसहित पक्राउ परेकी छन् ।   सिराहा नगरपालिका–२ मा डेरा गरी बस्ने हनुमाननगरकी २५ वर्षीया आशादेवी मण्डललाई उनकै कोठाबाट गोली नभएको १ थान नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान...

उडे लगत्तै विमानमा चरा ठोक्किएपछि…

२०७२ असार २ गते १७:२१

विराटनगर, २ असार– विराटनगरबाट काठमाण्डुका लागि उडेको यति एयरलाइन्सको जहाजमा चरा ठोकिएको छ । बुधबार दिउँसो करिब १ः३० बजे काठमाण्डुका लागि उडेको ७९२ नम्बरको जहाजमा उडे लगत्तै चरा ठोकिएको विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका सई जलान्दर बरालले काठमाण्डु टुडेलाई बताए । २७ जना यात्रु...

यस्ता रहेछन् वैद्यलाई मोर्चाको संयोजकबाट हटाउनुका पाँच कारण

२०७२ असार २ गते १६:४९

काठमाण्डु २ असार–नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणको संयोजकत्वमा गठन भएको ३३ दलीय राष्ट्रिय मोर्चा नेपालका बाँकी घटक दलहरुले उनलाई संयोजकबाट हटाएको बताएका छन् । मोर्चाले वैद्यलाई हटाउनका पाँच कारणसमेत सार्वजनिक गरेका छन्  । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा मोर्चाले वैद्यलाई संयोजकबाट हटाएर नयाँ...

संसदमा गच्छदारको घाँटी अँठ्याउने उपेन्द्रको चेतावनी

२०७२ असार २ गते १६:३६

काठमाण्डु, २ असार– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकीकरण गरेर मधेस मुद्धा छाडेको भन्ने आरोपको प्रतिवाद गरेका छन् । राजधानीमा बुधबार पार्टी कार्यालय उदघाटन गर्दै उनले मुद्धा कमजोर नभई थप सशक्त भएको बताए । बरु हिमाली र पहाडी क्षेत्रका जनता मधेसको...

विदेशको मोह त्यागेर पशुपालनतिर !

२०७२ असार २ गते १६:२९

परासी, २ असार-नवलपरासीका विभिन्न क्षेत्रमा युवा यतिबेला वैदेशिक रोजगारी छाडेर पशुपालन व्यवसायमा लाग्ने क्रम बढ्दै गएको छ । आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मुकुन्दपुरका आनन्द रिजाल । वैदेशिक रोजगारमा जान छाडेर अमरापुरीमा व्यावसायिक गाईपालन थालेका छन् । चार वर्ष खाडी...

नेम्वाङले भने,‘संविधानमा सबैका शतप्रतिशत कुरा अट्दैनन्’

२०७२ असार २ गते १६:१६

कठमाण्डु, २ असार-संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानमा सबैका सतप्रतिशत कुरा नअट्ने भएकाले अधिकतम सहमतिका आधारमा उपलब्धिलाई संस्थागत हुनेगरी सकेसम्म चाँडो संविधान जारी हुनुपर्ने बताएका छन् ।   गत जेठ २५ मा चार प्रमुख दलबीच भएको सहमतिबारे सिंहदरबारस्थित कार्यकक्षमा नेपाल आदिवासी जनजाति महासङ्घको प्रतिनिधिमण्डलको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us