काठमाण्डु, ३ असार– नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र हिमालयन टेलिभिजन प्रतिष्ठान शाखाले पाँच सूत्रीय माग गरेको आन्दोलन सहमतिपछि स्थगित छ । महासंघ अध्यक्ष महेन्द्र विष्ट, हिमालयन टेलिभिजनका कार्यकारी निर्देशक च्याङ अग्रवाल र नेपाल पत्रकार महासंघ हिमालयन टेलिभिजन प्रतिष्ठान शाखा अध्यक्ष वाइपी घिमिरेले पाँच बुँदेसहमतिपत्रमा...
काठमाण्डु, ३ असार–संविधानसभाको मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठन भएको कार्यदलले संविधानको पहिलो मस्यौदाको खाका तयार पार्न शुक्रबारबाट काम शुरु गर्नेछ । सभापति सिटौलाले बिहिबार बिहानैबाट विभिन्न पक्षसँग छलफल गरेर आगामी सोमबारभित्र मस्यौदा तयार पार्ने गरी काम थालेका हुन् । विभिन्न पक्षसँगको छलफलबाट...
काठमाण्डु, ३ असार– नेपाली कांग्रेसका नेता एवंम् नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानका संयोजक खुमबहादुर खड्काले अब बन्ने संविधानमा धर्म निरपेक्ष लखेकै दिन आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले धर्म निरेक्षता नेपाली कांग्रेसकोलागि पनि दुर्भाग्यपूर्ण...
विराटनगर, ३ असार– चारैतिर अग्ला बाँसको घारीका बीचमा मुसहर जातिको बस्ती । बस्तीभित्र ससाना परालका छाप्राहरु । हेर्दा नै अति विपन्न परिवार बस्ने थलो । अचेल सो बस्तीमा कालाजार रोगी देखिन थालेका छन् । विराटनगर उपमहानगरपालिकासँग जोडिएको पूर्वी भागमा अवस्थित वैद्यनाथपुर गाविस–५ अन्तर्गत खाप...
काठमाण्डु, ३ असार–एमालेका कार्यवहाक अध्यक्ष तथा उपप्रधान तथा गृह मन्त्री बामदेव गौतले राहतको अभावमा कोही पनि नमरेको बताएका छन् । बिहीबार एमालेले पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले रहात सबै ठाउँमा एकै समय र सही तरिकाले पु¥याउन नसके पनि सबैले पाएको राहत...
नुवाकोट ३ असार– नामावली सच्याउन माग गर्दै नुवाकोटको विदुर नगरपालिकाका भूकम्प पीडितहरु आन्दोलित भएका छन् । भूकम्प पीडितको नाम संकलनमा आफूहरुको नामावाली छुटाएको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन् । स्थानीय २ सय २२ जनाको घरको विवरण नगरपालिकाको तथ्यांकमा नभेटिएपछि उनीहरुले बिहिबार विदुर नगरपालिकाको कार्यालय...
काठमाण्डु, ३ असार –चितवनका तिम्ल्याहा दाजुभाई एक पटक डाक्टर बनेका छन् । चितवन मुल घर भइ हाल काठमाण्डु बस्दै आएका सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले केही दिनिअघि एमबिबिएस परीक्षा पास गरेका हुन् । नेपाल मेडिकल कलेज अत्तरखेल जोरापाटीबाट एमबिबिएस पूरा गरेका उनीहरुको...
काठमाण्डु, ३ असार–कांग्रेसका युवा नेता तथा सभासद् गगन थापाले आफ्नो निर्वाचन क्षेत्रका सबै घरमा इन्जिनियर पठाउने भएका छन् । थापाले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै ‘घर–घरमा इन्जिनियर’ अभियान अन्तर्गत काठमाण्डुको चार नम्वर निर्वाचन क्षेत्रमा इन्जिनियर पठाउने बताएका छन् । इन्जिनियरले सबै घरको विवरण संकलन...
इलाम, ३ असार– अवैध तरिकाले लुकाइछिपाई भारत निकासी गर्न लागिएको एक गाडी काठसहित गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको गस्ती टोलीले गोर्खे–९ मानेभञ्ज्याङ काजीटारबाट भारत लैजान लागिएको धुपीसल्ला, सल्लालगायत बहुमूल्य प्रजातिका तयारी काठ गएराति नियन्त्रणमा लिएको हो । नेपालबाट...
बागलुङ, ३ असार–नेकपा– माओवादीका महासचिव रामबहादुर थापा बादलले दोस्रो संविधानसभा पूरै असफल भएको हुँदा यसको विघटन गरी सर्वपक्षिय राष्ट्रिय सरकार बनाउनु पर्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि बागलुङ आएका बादलले संघीयतको नामांकन प्रदेश सभाले गर्ने र सीमांकन गर्ने भएपछि संविधानसभाको कामै नभएको बताएका...
झापा, ३ असार– झापाको पृथ्वीनगरमा बिहीबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर छेउ आफ्नै खेतमा काम गरिरहेको अवस्थामा गौतमलाई चट्याङ लागेर उनको घटनास्थलमै...
महोत्तरी, ३ असार–छोरा नजन्माएको भन्दै एउटा पत्नी हुँदाहुँदै अर्को विवाह गरेको एक युवकलाई प्रहरीले नयाँ ससुरालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–९ बस्ने ३० वर्षीय मुकेश महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जेठ ३२ गते राति महोत्तरीको...