काठमाण्डु, ४ असार– शुक्रबार एसएलसीको नतिजासँगै भूकम्पको धक्का पनि महसुस गरिएको छ । दिउँसो १ बजेर ५० मिनेट जाँदा गोरखा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...
बाजुरा, ४ असार– जिल्लाको बडिमालिकामा एक बालकको डोजरले च्यापिएर मृत्यु भएको छ । बडिमालिका–३ का खड्क नेपालीका छोरा १२ वर्षीय मंगल नेपालीको च्यापिएर मृत्यु भएको हो । स्थानीय माझीगाउँस्थित मार्तडी थामालेख सडकमा काम गरिरहेको अवस्थामा डोजरले च्याप्दा उनको मृत्यु भएको बताएको छ । डोजरचालक...
काठमाण्डु, ४ असार– दुर्लभ वन्यजन्तु रेडपान्डाको कारोबारमा संलग्न भएको आरोपमा काठमाण्डुबाट दुइजना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका वडा नं. १७ स्थित नागपोखरीमा बिक्री वितरण गरिरहेका बेला उदयपुर घर भई अहिले मनमैजु बस्ने २८ वर्षीय सुरेश तामाङ र रुकुम घर भइ मनमैजु बस्ने मोहन...
भीमदत्तनगर, ४ असार-शुक्रबार बिहान कञ्चनपुरको कृष्णपुर गाविसमा रहेको एक मोबाइल पसलमा ११ लाख बराबरको चोरी भएको छ । कृष्णपुर गाविस–२ बाणी बजारमा रहेको कृष्ण मोबाइल सिटीमा बिहान ३ बजे चोरी भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक वासु अवस्थीले जानकारी दिए ।...
काठमाण्डु, ४ असार–परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी परीक्षाको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षमा नियमिततर्फ ४७.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन भने आंशिकतर्फ १३.८० प्रतिशत परीक्षाथी उत्तीर्ण भएका छन् ।...
कञ्चनपुर, ४ असार- कञ्चनपुरको कृष्णपुर–७ सिंहपुरका अन्दाजी वर्ष ३५ का घुम्मन चौधरी तीन दिनदेखि बेपत्ता छन् । चिनजानका व्यक्तिले फोन गरेर बोलाइएका चौधरी घर नफर्केपछि आफन्त र प्रहरीले चौधरीको खोजी गरे तर फेला परेनन् । फोनकर्ताले चौधरीलाई बुधबार राति १२ बजे अत्यन्त जरुरी...
कठमाण्डु, ४ असार-काठमाण्डु महानगरपालिकाले भूकम्पका कारण चर्किएका तथा जोखिम बढेका दुई हजार ६३६ घर भत्काउन घरधनीहरुलाई स्वीकृति प्रदान गरेको छ । भूकम्पका कारण भत्किएका तथा जोखिममा परेका घर भत्काउन र पुनःनिर्माणका लागि अहिले महानगरपालिकाको भवन विकास महाशाखाबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ ।...
बागलुङ, ४ असार-मध्यपहाडी लोकमार्ग कालोपत्रे हुन थालेपछि बागलुङ–बुर्तिवाङ सडकको यातायात भाडा घटेको छ । भाडा निर्धारण समितिले बागलुङ–बुर्तिवाङ सडकमा गुड्ने सवारीको भाडादर कटौती गर्ने निर्णय गरेसँगै यात्रुहरु सस्तो भाडामा यात्रा गर्न पाउने भएका छन् । यातायात भाडा निर्धारण समितिको बिहीबार बसेको बैठकले...
काठमाण्डु, ४ असार–परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यस वर्षको परीक्षमा ४७ दशमलव ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गत वर्षको तुलनामा...
सर्लाही, ४ असार-एक्कासि आएको भेलका कारण सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रको अधिकांश स्थान रातिदेखि डुबानमा परेको छ । डुबानले नगरपालिका क्षेत्रको उत्तरी गाउँ एवम् पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी बजारका केही घरमा समेत क्षति पुगेको छ । रातिदेखि आएको भेलका कारण दर्जनौँ चौपाया मरेको स्थानीय बासिन्दाले...
शान्ति प्रक्रियामा आएपछि सर्वहारावर्गको दुहाई दिएर आएका हाम्रो पार्टीका केही नेता नवधनाढ्यमा परिणत भएका छन् । एक प्रकारले भन्ने हो भने पार्टी नै नवधनाढ्यहरुको कब्जामा परेको अवस्था छ । यो विषयलाई मैले पार्टीको आन्तरिक पद्धतिअनुसार बैठकहरुमा लगातार उठाउँदै आएको छु । यो कुरा पार्टीभित्रका...
म्याग्दी, ४ असार-वर्षा सुरु भएसँगै गाउँमाथिको भीरबाट पहिरो खस्न सुरु भएपछि जिल्लाको बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा त्रासका कारण रातभर जाग्राम बस्न बाध्य छन् । म्याग्दीको भकिम्ली गाविस–९ तोराखेतको डिलबाट वर्षासँगै पहिरो खस्न थालेपछि भीरको पुछारमा रहेको बगरफाँटका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका...