पाल्पा, ५ असार-नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने धारणा राखेका छन् । पाल्पाको तानसेनमा क्रान्तिकारी पत्रकार महासङ्घ पाल्पाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा महासचिव थापाले संविधानसभाको विघटन गरी अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिक सभाको गठन गर्नुपर्ने माग गरे । प्रदेशको सीमाङ्कन गर्न...
काठमाण्डु, ५ असार– एमाओवादी अध्यक्ष प्रचण्डले अदालतको मानहानि गर्नेभन्दा पनि जुन परिवेशमा आदेश आयो, त्यसलाई सच्याउन आग्रह गर्ने निर्णय भएको बताएका छन् । शनिबर बिहान राष्ट्रपति रामवरण यादवसँगको भेटपछि सञ्चारकर्मीहरुसँगको भेटमा उनले भने, ‘हामी चार दल नै सो निर्णय खारेज गरी पाऊँ भनी आग्रह...
काठमाण्डु, ५ असार-राष्ट्रपति रामवरण यादवले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सुमधुर सम्बन्ध कायम रहनुपर्नेमा जोड दिएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डससँग संविधान निर्माण, भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि गठन गरिने भनिएको उच्चस्तरीय प्राधिकरण निर्माणलगायत विषयमा शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा...
विराटनगर, ५ असार- भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सर्वोच्च अदालतको अन्तरिम आदेशले चार दलबीच भएका १६ बुँदे सहमतिमा भए त्रुटिलाई सच्याउने अवसर दिएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य निधिले प्रदेशको सीमाङ्कन र नामाङ्कन संविधानसभाको...
झापा, ५ असार–भुटानी शरणार्थी शिविरबाट एस पटकको एसएलसी परीक्षामा ४७ विद्यार्थी उत्तीर्ण भएका छन् । सहभागी दुई सय एक भुटानी शरणार्थीमध्ये चार जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । शरणार्थी शैक्षिक सहायता संस्था कारितासका शैक्षिक कार्यक्रम संयोजक लोकनाथ पोखरेलका अनुसार उत्तीर्णमध्ये ३५ जना द्वितीय...
काठमाण्डु, ५ असार–शनिबार बिहान ४.२ रिक्टर स्केलको भूकम्पको परकम्प गएको छ । शनिबार हिहानै २ बजेर ४० मिनेट जाँदा गोरखा र धादिङ केन्द्रबिन्दु भएको ४.२ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार अपराह्न १ बजेर ५५ मिनेट जाँदा गोरखा...
बारा, ५ असार–बाराको प्रसैनी गाविस–१ नकटुवास्थित गण्डकनहरको ढिप्रुमा शनिबार बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेलापरेको छ । स्थानीयवासीले बिहान उक्त ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न नसकेको र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरेर फालेको अवस्थामा शव...
मुस्ताङ, ५ असार – प्राक्टिकल नम्बर हराउँदा हिमाली मुस्ताङको प्रवेशिका परीक्षाको नतिजा आउन सकेको छैन । जिल्ला शिक्षा कार्यालयले पठाएको प्राक्टिकलको नम्बर परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण हराउँदा जिल्लाको परीक्षाको नतिजा शून्य भएको हो । जिल्लाभरकै नतिजा नआएपछि यहाँका विद्यार्थी र अभिभावक आक्रोशित भएका...
डडेल्धुरा, ५ असार – सरकारले हलिया समुदायलाई मुक्त गरेको झण्डै छ वर्षपछि पुनःस्थापना प्याकेजअन्तर्गत यसै आवमा डडेल्धुराका मुक्त हलियाका लागि घर निर्माण गर्ने भएको छ । सरकारले मुक्त हलियाको पुनःस्थापनाका लागि ल्याएको योजनाअन्तर्गत यसै आवभित्र घर बनाउने कार्यक्रम अन्तिम चरणमा पुगेको मुक्त हलिया पुनःस्थापना...
काठमाण्डु, ४ असार– प्रमुख चार रानजीतिक दलले १६ बुँदे सहमति कार्यान्यवन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अस्विकार गर्ने भएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताको आकस्मिक बैठकले सर्वोच्चको फैसला उसको क्षेत्राधिकार बाहिरबाट आएको...
गोरखाबजार, ४ असार-पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले मगन्ते प्रवृत्ति त्यागेर नियमित कामतर्फ फर्कन भूकम्पपीडितलाई आग्रह गरेका छन् । राहत सामग्री लिन भूकम्पपीडितले लुछाचुँडी गरेको प्रसङ्ग उठाउँदै भट्टराईले भने, ‘मगन्ते प्रवृत्ति विकास नगर्न आग्रह गर्छु ।’ गोरखाको मुच्चोक गाविसस्थित चर्तुमाला उच्च...
काठमाण्डु, ४ असार– मकवानपुरकी रीतु तामाङ कक्षा ७ मा पढ्दापढदै परिवारको अनुमतिबिना साथीहरुको लहैलहैमा लागेर काठमाडौँ आइन् । यहाँ आएपछि साथीमार्फत काठमाण्डुको दक्षिणढोकास्थित एक गलैँचा कारखानामा काम गर्न थालिन् । काम गर्दै जाने क्रममा उनको भेट सिन्धुपाल्चोक महाँकाल–३ का कुमार तामाङसँग भयो । एक...