समाचार

कर्णाली दुख्दा सभासद् खोज्दै डोल्पाली

२०७२ साउन २९ गते १२:०२

डोल्पा, २९ साउन– डोल्पा जिल्लामा प्रान्तिय राजधानी सुर्खेत माग गर्दै सशक्त बनेको डोल्पा बन्द कार्यक्रमको आज पाँचौँ दिन पुगेको छ । त्यस्तै, कर्णाली स्वायत्त प्रदेशको माग गर्दै जुम्ला, हुम्ला, मुगु, कालीकोटमा पनि व्यापक आन्दोलनका कार्यक्रम भइरहेका छन् । यसरी कर्णालीको अस्तित्व मेटाउन खोजिएको भन्दै...

बाह्रबिसे-तातोपानी सडकखण्ड अवरुद्ध

२०७२ साउन २९ गते ११:२७

सिन्धुपाल्चोक, २९ साउन– बिहीबार रातिदेखिको अविरल वर्षाका कारण बाह्रबिसे तातोपानी सडकखण्ड पुनः अवरुद्ध भएको छ । पटकपटक जुरेमा माटो र ढुंगा मिश्रित लेदो झरिरहने भएकाले जति पटक सडक सफा गरिए पनि पहिरो नरोकिएकाले सडक अवरुद्ध भएको हो । त्यसैगरी तातोपानी बजारमा पनि पहिरोका कारण...

सीमांकनको विवाद हल गर्न बाबुरामले ल्याए पाँच बुँदे नयाँ प्रस्ताव

२०७२ साउन २९ गते १०:४०

काठमाण्डु, २९ साउन–एमाओवादीका वरिष्ठ नेता तथा संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधान सभा असफल पार्न र आफ्ना जायज मागलाई संविधानमा समेटन माग गर्नेहरुलाई फरक व्यवहार गर्नुपर्ने माग गरेका छन् । सभापति भट्टराइले आफ्नो फेसबुक पेजमा स्टाटसमा लेखेका छन्, ‘संविधानमा आफ्ना जायज माग सम्बोधन गर्न...

अनिश्चितकालीन तराई बन्दले जनजीवन प्रभावित

२०७२ साउन २९ गते १०:१९

रुपन्देही, २९ साउन–तराईको भूभागलाई थरुहट प्रदेशको माग गर्दै थरुहट संघर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएका छन् । संविधानको प्रारम्भिक मस्यौदामा संघीय प्रदेशको नामांकन नगरी संघीयतालाई ओझेलमा पारिएको, नेपाललाई ६ प्रदेशमा सीमांकन गर्दा तराईलाई हिमाल पहाडसँग जोडिएको विरोधमा आह्वान...

पानीको अभावमा चर्पी प्रयोग हुन छाडे

२०७२ साउन २९ गते ८:४७

ताप्लेजुङ, २९ साउन – खुल्ला दिसामुक्त घोषणा भएका ताप्लेजुङका धेरैजसो गाविसमा पानीकै अभावमा चर्पी प्रयोगविहीन पाइएका छन् । सन् २०१५ भित्रै यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानअनुसार हालसम्ममा २८ वटा गाविस खुला दिसामुक्त घोषणा भएकामध्ये धेरैजसो गाविसमा पानीको अभावका कारण चर्पी पूर्ण रुपमा...

विद्यालय पहिरोले पुरेपछि पढाइ अवरुद्ध

२०७२ साउन २९ गते ८:३६

पर्वत, २९ साउन– साउन ३ गते खसेको पहिरोसँगै आएको लेदोले विद्यालयमा क्षति पुगेपछि मालढुङ्गास्थित श्रमिक प्राथमिक विद्यालयका बालबालिकाको पढाइ प्रभावित भएको छ । करिब ५०० मिटर माथिबाट खसेको पहिरोले विद्यालयको पछिल्तिर र कक्षाकोठा पुरेपछि पढाइ हुन नसकेको हो । कक्षाकोठाको छानैसम्म पुरिएको लेदोभित्र पस्न...

उत्कृष्ट सवारी चालक पुरस्कारबाट खवास पुरस्कृत

२०७२ साउन २९ गते ८:०५

सिरहा, २९ साउन –सुरक्षित रुपमा सवारी चलाई दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याएको भन्दै सगरमाथा यातायात व्यवसायी सङ्घले मोरङको हरैचा निवासी उदयलाल खवासलाई पुरस्कृत गरेको छ । सगरमाथा अञ्चल यातायात व्यवसायी सङ्घ र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पूर्वक्षेत्रीय ट्राफिक प्रहरी...

तीन एम्बुलेन्स तोडफोड

२०७२ साउन २८ गते २०:२७

नेपालगन्ज, २८ साउन-थरुहट स्वायत्त प्रदेशको माग राखी बुधबारदेखि आह्वान गरिएको बाँके जिल्ला बन्दकर्ताले बिहीबार अपराह्न तीन वटा एम्बुलेन्स तोडफोड गरेका छन् ।   जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दकर्ताले पूर्वपश्चिम राजमार्गको मैटहवा सडकखण्डमा रेडक्रस कोहलपुर शाखाको भे १ च १७२२, गेरुवा ग्रामिण स्वास्थ्य जागरण संस्थाको...

नरेन्द्र मोदीले नेपाललाई विशेष प्राथमिकतामा राखेका छन्ः उपाध्याय

२०७२ साउन २८ गते १९:२८

बुटवल, २८ साउन-भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल र भारतबीचको सम्बन्धमा अहिले सुधार आएको बताएका छन् ।   बुटवल उद्योग बाणिज्य सङ्घद्वारा बिहिबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले बिगतमा भन्दा सम्बन्ध सुधार भएका बेला सबैखालका समस्याको पहिचान गरी समाधान गर्नुपर्ने धारणा राखे...

काठमाण्डुको डल्लुमा बुढाथोकी मृत भेटिए

२०७२ साउन २८ गते १९:०८

काठमाण्डु, २८ साउन– काठमाण्डुको डल्लुमा बिहीबार एक पूरुष मृत फेला परेका छन् । काठमाण्डु महानगरपालिका–१५ डल्लु बस्ने काभ्रे पोखरीचौरी–९ का ५६ वर्षीय हरिबहादुर बुढाथोकी आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।...

मिनी ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

२०७२ साउन २८ गते १८:५८

मकवानपुर, २८ साउन– दामनस्थित त्रिभुवन राजमार्गमा ना.३ ख ९८९३ नम्बरको मिनीटाटा ट्रक बिहिबार दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । जिल्लाको थाहा नगरपालिका–११ बस्ने २५ वर्षीय राजेश लामा र सह–चालक थाहा नगरपालिका–१० बस्ने १७ वर्षीय रामकुमार बलको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको...

सर्पले टोकेर पार्वतीको मृत्यु

२०७२ साउन २८ गते १८:४०

दाङ २८ साउन– दाङमा सर्र्पदंशबाट एक जनाको मृत्यु भएको छ । पवननगर ८ भमके निबासी २७ बर्षिया पार्वती पाठकको मृत्यू भएको हो । घरबाट बाहिर निस्कने क्रममा बिहीबार दिउसो पाठकलाई डुमेनी सर्पले टोकेको पारिवारिक श्रोतले जनाएको छ । पाठकलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us