काठमाण्डु, २९ साउन-न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठले योग्य र सक्षम व्यक्तिलाई मात्र न्यायाधीश नियुक्त गरिने बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनले शुक्रबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले राजनीतिक आस्थालाई वास्ता नगरी सक्षम र योग्य न्यायाधीश नियुक्तिमा आफूले भूमिका खेल्ने बताए ।...
काठमाण्डु, २९ साउन–सस्तोमा डलर साटिदिन्छु भनी रकम ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाण्डु काठमाण्डु बुढानिलकण्ठ बस्ने ३० वर्षीय राजु तामाङ भन्ने सोमबहादुर योन्जन रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाले बुढानिलकण्ठबाट बिहीबार पक्राउ गरेको...
काठमाण्डु, २९ साउन-राष्ट्रपति रामवरण यादवकी पुत्री अनिता यादवको नेतृत्वमा रहेको बिपी सामाजिक केन्द्र धनुषाले भूकम्प प्रभावित सिन्धुपाल्चोकका जनताका लागि करिब १० लाख बराबरको राहत सामग्री उपलब्ध गराएको छ । उक्त केन्द्रले ती सामग्री सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीलाई शुक्रबार हस्तान्तरण गरेको हो ।...
काठमाण्डु, २९ साउन-नेपाली काँग्रेसका युवा नेताले अब देशको नेतृत्व युवाले लिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन काठमाण्डु शाखाले शुक्रबार आयोजना गरेको ‘नयाँ संविधान, नेपाली युवा र अबको काँग्रेस’ विषयक विचार गोष्ठीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् नविन्द्रराज जोशीले देश विकासमा युवाको...
काठमाण्डु, २९ साउन–एमाओवादीका नेता तथा सभासद् प्रभु साहले मस्यौदा समितिबाट राजीनामा दिएका छन् । मस्यौदा समितिले सीमाभन्दा बाहिर गएर काम गरेको भन्दै उनले शुक्रबार राजीनामा दिएका हुन् । समितिका सभापति कृष्ण सिटौलाले विधि र प्रक्रिया मिचेर एकलौटी रुपमा काम गरेको उनले आरोप लगाएका छन्...
भीमदत्तनगर, २९ साउन- वि.सं २०५४ देखि कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल बाल सङ्गठन (बाल मन्दिर)को भवन तथा प्राङ्गण लिजमा लिएर सञ्चालन हुँदै आएको इन्टरनेसनल पब्लिक हाइयर सेकेन्ड्री स्कुलले बिना सम्झौता नवीकरण स्कुल सञ्चालन गर्दै घर बहालकर बुझाउन अटेर गर्दै आएको छ । वि.सं २०७० चैत...
महोत्तरी, २९ साउन-विगतमा गरिएको सम्झौता कार्यान्वयन नगरेको विरोधमा जिल्लाभरिका शिक्षक जिल्ला शिक्षा कार्यालयको मूलगेटमा धर्नामा बसेका छन् । विभिन्न समयमा नेपाल शिक्षक सङ्घका पदाधिकारी एवम् शिक्षा मन्त्रीबीच भएको वार्ताले गरेको निर्णय कार्यान्वयन गराउन सम्बन्धित निकायको ध्यान नगएको भन्दै महोत्तरीका शिक्षक जलेश्वरस्थित कार्यालयको मूलगेटमा...
काठमाण्डु, २९ साउन-शिक्षामन्त्री चित्रलेखा यादवले गुणस्तरीय शिक्षा प्राप्त भएमा मात्र नेपालको समृद्धि सम्भव हुने बताएकी छन् । ‘सर्वोत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ शुक्रबारदेखि यहाँ सुरु भएको दुई दिने प्रथम ‘व्यवस्थापन अध्ययन प्रदर्शनी’ को उद्घाटन गर्दै मन्त्री यादवले गुणस्तरीय शिक्षा स्वदेशमा सम्भव भएको...
काठमाण्डु, २९ साउन-व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा समय माग गर्दै नेपाली काँग्रेसका तप्तबहादुर विष्टले चार दलबीच प्रदेशको सीमा निर्धारणबारे भएको सहमतिपछि चर्किएको आन्दोलनमा ज्यान गुमाएका नागरिकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचारको माग गरेका छन् । नेकपा एमालेका भीमबहादुर रावलले टीकापुरमा आयोजित एक सभामा नेपाली...
जाजरकोट, २९ साउन-जाजरकोटको कार्कीगाउँ गाविस–१ मा पहिरोले घर पुरेको छ । शुक्रबार बिहान ४ बजे अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय धनबहादुर टमटाको घर पुर्दा लाखौँको क्षति भएको सामाजिक ग्रामीण समाज नेपालका जेटिए चन्द्रबहादुर ओलीले जानकारी दिए । पहिरोले अन्न, लत्ताकपडा, भाँडाकुँडा,...
रौतहट, २९ साउन-थरुहट स्वायत्त प्रदेशको माग गर्दै हडतालमा उत्रिएको थारु कल्याणकारी सभाका पाँच जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रौतहटको आह्वानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा सवारी आवागमनमा अवरोध गरेको भन्दै शुक्रबार बिहान प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो...
सप्तरी, २९ साउन-मुलुककै पहिलो र पुरानो नहरका रुपमा चिनिएको सप्तरी जिल्लाको चन्द्र नहर भत्किएको छ । पहाडी क्षेत्रका खोलानालाबाट हालै एक्कासि आएको पानीले सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित नहरको डिल भत्किएको हो । नहरको डिल भत्केपछि किसानले लगाएको धानबालीमा पानी पस्दा त्यहाँका करिब पाँच...