काठमाण्डु, ३० साउन– प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सबै दललाई एक जुट हुन आग्रह गरेका छन् । पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘बन्दी जीवनका अनुभूतिहरु’ शीर्षक संस्मरणात्मक कृतिको शनिबार विमोचन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान निर्माणसँगै मुलुक विकासको बाटामा अगाडि बढ्ने भएकाले आन्दोलनभन्दा वार्ताको...
काठमाण्डु, ३० साउन– उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको मस्यौदामा प्रस्तावित संघीय प्रदेशको सीमांकनबारे परिमार्जन हुन सक्ने बताएका छन् । एक्टिभिस्ट नेपालले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भने, ‘सबै नेपालीको भावना समेटिने गरी छ प्रदेशको अवधारणा ल्याइएको हो, सीमांकनको विषयमा कतिपय जिल्ला र क्षेत्रको...
काठमाण्डु, ३० साउन – शनिबार बिहान १० बजेर १० मिनेट जाँदा दोलखा गौरीशंकर संरक्षण क्षेत्र केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको छ । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३ सय ७८ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग,...
काठमाण्डु, ३० साउन–एमाओवादीका वरिष्ठ नेता तथा संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी लोकतन्त्र आन्दोलनका साझा उपलब्धि र संविधानका आधारभूत खम्बा भएको बताएका छन् । शनिबार बिहान आफ्नो फेसबुक पेजमा स्टाटसमा भट्टराईले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक...
इलाम, ३० साउन – विषादी सेवन गरेर इलाम देउमाई नगरपालिकाका एक युवकले शनिबार आत्महत्या गरेका छन् । देउमाई नगरपालिका–१ मंगलबारे निवासी २८ वर्षीय पुष्पलाल खनालले विषादी सेवन गरेर आत्महत्या गरेका हुन् । इलाम सदरमुकाममा बस्दै आएका खनाल घर फर्कने क्रममा बरबोटे–१ तोरीबारीका नन्दलाल पोखरेलको...
काठमाण्डु, ३० साउन– राप्रपा नेपालले आगामी २ भदौमा काठमाण्डुमा शक्ति प्रदर्शन गर्ने भएको छ । हिन्दू राष्ट्रको माग गर्दै भएको शान्तिपूर्ण जुलुसमा प्रहरी हस्तक्षेप भएको विरोधमा राप्रपा नेपालले शक्ति प्रदर्शन गर्न लागेको हो । यसअघि शुक्रबार राजधानीको बानेश्वरमा निषेधित क्षेत्र तोडेर संविधानसभा नजिकै...
काठमाण्डु, ३० साउन – भारतले आफ्नो ६९ औं स्वतन्त्रता दिवसका अवसरमा नेपालका परोपकारी संस्थालाई ४० वटा एम्बुलेन्स, आठ वटा बस र ४५ वटा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप पुस्तक प्रदान गरेको छ । भारतीय राजदूतावासमा शनिबार भएको कार्यक्रममा नेपालका लागि भारतका राजदूत रणजीत रायले ३३ जिल्लामा...
कञ्चनपुर, ३० साउन – सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको पत्रकारिता विषयको पढाइ व्यावहारिक नहुँदा विद्यार्थीलाई समस्या परेको छ । पत्रकारिता विषयको पढाइ प्रयोगात्मक र सिकाइ विधिमा आधारित नहुँदा विद्यार्थीलाई समस्या परेको हो । ‘पाठ्यक्रम निर्धारण नहुँदा पूर्णतया विषयमा आधारित भएर पठनपाठनको कार्य नहँुदा समस्या परेको...
चितवन, ३० साउन– चितवनमा करिव छ हजारभन्दा बढी भूकम्पपीडित परिवारले सरकारी राहत पाउन सकेका छैनन् । भूकम्प गएको चार महिना पुग्न लाग्दासमेत परिचय पत्रसमेत पाउन नसकेको पीडितले बताएका छन् । सरकारले पीडितमध्ये पूर्ण क्षति भएकाको हकमा रु १५ हजार र आंशिक क्षति भएकाको हकमा...
काठमाण्डु, ३० साउन– जिल्ला प्रशासन कार्यालय मोरङका कर्मचारीको दिनचर्या यसै गरी वित्छ । सेवाग्राही घण्टौ लाइनमा बसेर नागरिकता, राहदानी आदी बनाउन कार्यालय पुग्छन् । तर कर्मचारीहरु भने क्यान्डी क्रस खेलेर समय कटाउँछन् । राहदानीसम्बन्धी काम लिएर जिप्रका पुगेका विराटनगरका राहुल अग्रवालले पटक पटक आफ्नो...
पर्वत, ३० साउन – भूकम्पपीडितका लागि पर्वतमा आयआर्जन कार्यक्रम सुरु भएको छ । भूकम्पपीडित परिवारको आयआर्जन बढाउनका लागि मध्य दक्षिण पर्वतका आठ गाउँ विकास समितिमा विशेष कार्यक्रम सुरु भएको हो । पर्वतका कुर्घा, ठानामौला, भङ्गारा, बालकोट, भोक्सिङ, लुङ्खु, पाखापानी र होस्राङ्गदी गाविसमा कृषकको आयआर्जनका लागि...
चितवन, ३० साउन – चितवनको रत्ननगरमा एक बालकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय मीनबहादुर क्षेत्रीका दुई वर्षीय छोरा अनमोल क्षेत्रीको माछा पोखरीमा डुबेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घर नजिकै रहेको माछा पोखरीमा शुक्रबार खेल्ने क्रममा डुबेपछि बेहोस...