काठमाण्डु, ३० साउन–सुदूरपश्चिमका थारुहरुको आन्दोनमा पुगेर मधेसवादी नेता उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहले विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिमका तीन संगठनले संयुक्त रुपमा विरोध गरेका छन् । राष्ट्रिय सरोकारमञ्च नेपाल, सुदूरपश्चिम पत्रकार समाज र सुन्दर सुदूरपश्चिम विकास अभियानले शनिबार संयुक्त रुपमा विज्ञप्ति निकालेर...
काठमाण्डु, ३० साउन– विभिन्न धर्मका व्यक्ति तथा विज्ञले अव बन्ने संविधानमा नेपाल धार्मिक स्वतन्त्रतासहितको धर्म निरपेक्ष राज्य हुनुपर्ने माग गरेका छन् । धार्मिक चौतारी नेपालले शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले धर्म निरपेक्षता कायम नभए पछिल्लो समयमा प्राप्त राजनीतिक उपलब्धि प्रभावित हुने बताएका हुन्...
ओखलढुंगा,३० साउन– शनिबार जिल्लाको थाक्लेमा एउटा बस बाढीले बगाएको छ । थाक्ले–९ जयरामघाटस्थित बेलिब्रिज नजिकै पार्किङ गरी राखेको बा.३ ख ६३६२ नम्बरको बस दुधकोशी नदीमा आएको बाढीले बगाई बेपत्ता बनाएको प्रहरीले बताएको हो । बस बाढीले कहाँ पु¥यायो, थाहा हुन नसकेको प्रहरीले बताएको छ...
जुम्ला, ३० साउन–स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भइरहेका आन्दोलन शनिबार पनि जारी रहेको छ । आन्दोलनकारीहरुले आफ्नो मागको सुनवाइ नभए आइतबारदेखि आफू अनुकूलको स्वायत्त कर्णाली प्रदेश सञ्चालन गर्ने र राज्यले दमन गरे राज्यका सम्पूर्ण निकायलाई कणालीबाट लखेट्ने चेतावनी दिएका छन् । शनिबार जिल्ला...
धनगढी, ३० साउन-पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलाली जिल्लाको चौमाला सडकखण्डमा शनिबार ना४ख८४८८ नं को मालबाहक ट्रकमा आगो लगाई क्षति पु¥याइएको छ । आगजनीबाट ट्रकको अगाडिको भाग जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा आएका तीनरचार जनाको समूहले ट्रकमा आगजनी गरेर...
काठमाण्डु, ३० साउन – मध्यपश्चिमका सभासदहरुले ६ नम्बर प्रदेशको राजधानी सुर्खेतलाई बनाउने लिखित प्रतिबद्धता शिर्ष नेताहरुले नगरेसम्म जारी आन्दोलन नरोकिने चेतावनी दिएका छन् । नेपाली कांग्रेसका सभासद तप्तबहादुर विष्टले मध्यपश्चिम टुक्राउन नहुने भन्दै सुर्खेतलाई राजधानी बनाउने लिखित प्रतिवद्धता नआएसम्म आन्दोलन जारी रहने बताए ।...
काठमाण्डु, ३० साउन- नुवाकोट उर्लेनीका एकीकृत माओवादीका गाउँ स्तरीय नेता राजेश्वर तामाङको अपहरणपछि हत्या भएको छ । उर्लेनी गाविस २ काल्चेतका २९ वर्षीय राजेशको शव काठमाण्डुको काभ्रेस्थलीस्थित भेडीगोठ जंगलमा फेला परेको हो । उनी एमाओवादी उर्लेनी गाउँ कमिटी सचिव थिए । तामाङ गत २१...
काठमाण्डु, ३० साउन – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न ठाँउमा अधिकारको लागि भइरहेका आन्दोलनलाई साम्प्रदायिक बनाएर दमन गर्ने षडयन्त्र भईरहेको दावी गरेका छन् । रिपोर्टर्स क्लबले शनिवार गरेको साक्षात्कारमा अध्यक्ष यादवले संविधानको प्रारम्भिक मस्यौदालाई लिएर उठेको जनताको असन्तुष्टिभित्र षडयन्त्र भईरहेको...
पाँचथर, ३० साउन-मित्रराष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसरमा शनिबार यहाँ मधुमेह र पाठेघरको क्यान्सरबारे अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल–भारतमैत्री सङ्घ जिल्ला शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा पछिल्लो समय मानिसमा देखिएको मधुमेह र पाठेघरको क्यान्सरबारे सहभागीलाई जानकारी गराइएको थियो । जिल्लामा गतवर्ष ७५ जना...
दाङ, ३० साउन –एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले जनताको संविधान जारी गर्ने अन्तिम अवसर भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लव नेपाल दाङले गरेका साक्षात्कारमा पौडेलले दलहरुले गरेको प्रतिवद्धता अनुसार यसपटक पनि संविधान जारी भएन भने संविधान विरोधी तत्वहरुको जीत हुने ठोकुवा गरे...
काठमाण्डु, ३० साउन– स्वास्थ्य खबरपत्रिकाले हरेक वर्ष स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको स्वास्थ्य खबरपत्रिका हेल्थ अवार्ड यसपल्ट ‘अर्थक्वेक हिरोज्’ शीर्षकमा प्रदान गरिने भएको छ । महाभूकम्पमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई मूल्यांकन गर्दै उनीहरूको सम्मानार्थ अवार्ड समर्पित गरिएको हो ।...
काठमाण्डु, ३० साउन–ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय दूतावास अगाडि कालो झण्डा देखाउदै बिरोध प्रदर्शन गरेको छ । शनिबार भारतले ६९ औं स्वतन्त्रता दिवस मनाइरहेका बेलामा ग्रेटर नेपालले लिपुलेक संझौता खारेज हुनुपर्ने र सन् १९४७ अगष्ट १५ पछि भारतको अधीनमा रहेको सुगौली सन्धि पूर्वको नेपाली...