सुर्खेतलाई प्रादेसिक राजधानी नबनाए आन्दोलन जारी राख्ने

काठमाण्डु टुडे २०७२ साउन ३० गते १६:३५ मा प्रकाशित

surkhet.
काठमाण्डु, ३० साउन – मध्यपश्चिमका सभासदहरुले ६ नम्बर प्रदेशको राजधानी सुर्खेतलाई बनाउने लिखित प्रतिबद्धता शिर्ष नेताहरुले नगरेसम्म जारी आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसका सभासद तप्तबहादुर विष्टले मध्यपश्चिम टुक्राउन नहुने भन्दै सुर्खेतलाई राजधानी बनाउने लिखित प्रतिवद्धता नआएसम्म आन्दोलन जारी रहने बताए ।

‘शान्तिपूर्ण आन्दोलन माग पुरा नभएसम्म जारी रहन्छ ।’ उनले भने, ‘हामीले नेताहरुले पूरा गर्नुहुन्छ भन्ने विश्वास गर्यांै तर विश्वास पूरा भएन ।’

एकीकृत नेकपा माओवादी सभासद सीता नेपालले सुर्खेतका जनताले उठाएको मो सम्बोधन हुनुपर्ने बताइन । उनले जनताले उठाएका जायज मागलाई सरकारले गोली हानी दमन गरेपनि आन्दोलन नरोकिने चेतावनी दिइन् ।

सभासद नेपालले सेती महाकाली र भेरी कर्णालीको मनोविज्ञान नमिल्ने भएकोले सबैलाई गाभेर बनाईएको प्रदेश उपयुक्त नभएको तर्क गरीन् ।

भेरी कर्णालीलाई छुट्याएर सुर्खेतलाई राजधानी बनाउन शीर्ष राजनीतिक नेतृत्वबाट लिखित प्रतिबद्धता आउनुपर्ने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us