पाँचथर, ३१ साउन – आव २०७१/०७२ मा पाँचथरबाट करिब रु एक अर्ब ४१ करोड बराबरको अलैँची निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय पाँचथरको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको ६२७ मेटन अलैँची प्रतिटन रु २५ लाखमा बिक्री हुँदा रु एक अर्ब ४१ करोड ७...
दैलेख, ३१ साउन– दैलेखको नारायण नगरपालिका–६ मा गएराति पहिरोमा पुरिएर एकै परिवारको तीन जनाको ज्यान गएको छ । स्थानीय टेकबहादुर वादीको घर पहिरोमा पुरिँदा उनकी श्रीमती रुपा, दुई महिनाकी छोरी सपना र साढे दुई वर्षका गणेश वादीको मृत्यु भएको हो । राति सुतिरहेका बेला...
काठमाण्डु, ३१ साउन – बिभिन्न राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मोहन बैद्य नेतृत्वको नेकपा माओवादी, संघीय समाजवादी फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी लगायत बिभिन्न राजनीतिक दलहरुले गरेको बन्दका कारण राजधानी काठमाण्डु लगायत मुलुकका प्रमुख सहर बिहानैदेखि सुनसान छन्...
काठमाण्डु, ३० साउन– प्रहरीले साउन ३१ र ३२ गतेको बन्द सफल पारौं भन्दै माइकिङ गर्दै हिँड्ने २० जनालाई उपत्यकाका विभिन्न स्थानबाट शनिबार पक्राउ गरेको छ । काठमाण्डुको लाजिम्पाटबाट बा.१ ज २२४० नम्बरको ट्याक्सी चालकसहित ३ जना, कलंकी खसिबजारबाट बा.१ ज ३२३३ नम्बरको ट्याक्सी चालकसहित...
कास्की, ३० साउन– प्रहरीले काँग्रेसका स्थानीय नेता रामजी पौडेल ‘बादल’ हत्यामा संलग्न रहेको आरोपमा काँग्रेसका लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेलाई पक्राउ गरेको छ । पौडेलका परिवारको किटानी जाहेरीका आधारमा लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पालले जानकारी दिए ।...
जाजरकोट, ३० साउन-जाजरकोटको खगेनकोट गाविस–८ काँडालुपानमा आज बिहान गएको पहिरोले हर्कबहादुर खत्रीको घर पुरिएको छ । घर पुरिँदा तीनवटा बाख्रा र दुईवटा भेडा मरेका छन् । घरभित्र रहेको सवै अन्न, भाँडाकुडा पुरिएको स्थानीय नारायण खत्रीले जानकारी दिए । पहिरोका कारण खत्रीको घरसँग...
परासी, ३० साउन– थरुहट प्रदेश माग गर्दै प्रदर्शनमा उत्रिएका सर्वसाधारण र राजनीतिक दलका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । नवलपरासीको तिलकपुर मगरमुढामा प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली र अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीले एमाले सभासद् बैजनाथ चौधरीको घरमा आगजनी गर्नै खोजेपछि बाध्य भएर गोली...
काठमाण्डु, ३० साउन-सङ्घीयताको खाकामा असहमत पक्षले विभिन्न स्थानमा जारी बन्द हडतालका क्रममा विद्यालय बन्दका कार्य नगर्न शिक्षा र बालबालिकाका क्षेत्रमा कार्यरत सञ्जालले आज संयुक्त आह्वान गरेका छन् । विनासकारी भूकम्पले सिर्जना गरेको त्रासद बालमनोविज्ञानबाट भर्खरै मुक्त हँुदैगरेको अवस्थामा बन्द, हडताल र तोडफोड जस्ता...
रुपन्देही, ३० साउन-भैरहवामा बन्द गराउँदै हिंड्ने तथा सवारी साधनमा तोडफोड गर्ने २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो भैरहवाबाट बुटवल जाँदै गरेको लु१ख ३०६४ र लु१ख ३५४१ नम्बरको बसमा तोडफोड गरेर क्षति पु¥याएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, ३० साउन – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारमा रहने दलालझै प्रतिपक्षमा रहनेहरु पनि दलाल भएकाले राष्ट्रियता र जनजीविकाको समस्या बढेको बताएका छन् । शनिबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले दलहरुले आफ्नो स्वार्थ पूरा गर्ने नाममा जनताका समस्यार्लाइ बेवास्ता गरेको आरोप लगाए ।...
कलैया, ३० साउन-कलैया नगरपालिकास्थित बसाह खोला बाँधको पानीको विषयलाई लिएर चार गाउँका कृषकबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गर्नुपरेको छ । कलैया नपाको कालापट्टिनीका कृषकले बसाह खोलामा बाँध बनाई सिँचाइ गरिरहेको र त्यसभन्दा दक्षिणपट्टि गञ्जभवानीपुर, दइयिरा, मलनी गाउँमा...
काठमाण्डु, ३० साउन– जिल्लाको नेलेमा एक युवा मृत फेला परेका छन् । शुक्रबार घाँस काट्न गएका नेले–७ बस्ने १८ वर्षीय निरकुमार खत्री शनिबारसम्म पनि नफर्केपछि खोजी गर्दा उनलाई जंगलमै मृतअवस्थामा फेला पारिएको हो । यसैगरी, प्युठानमा एक बृद्ध मृत फेला परेका छन् । जिल्लाको...