समाचार

रुपन्देहीमा कालाजार रोग भेटियो

२०७२ साउन ३१ गते १६:२५

रुपन्देही, ३१ साउन-सरकारले नारायणी पश्चिम क्षेत्रलाई कालाजार रोग उन्मूलन क्षेत्र घोषणा गरे पनि रुपन्देहीमा कालाजार रोगी भेटिएका छन् ।   लुम्बिनी अञ्चल अस्पतालको तथ्याङ्कअनुसार गत वर्ष पाँच जनामा र यो वर्षको साउनको अन्तिम हप्ता दुई गरी सातजना कालाजारका बिरामी भेटिएको र उनीहरुको उपचार गरिएको...

काठमाण्डुमा भूकम्पको धक्का

२०७२ साउन ३१ गते १६:०५

काठमाण्डु, ३१ साउन-आइतबार दिउँसो काठमाण्डुलाई केन्द्र बनाएर भूकम्पको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाण्डुलाई केन्द्र बनाएर दिउँसो ३ बजेर ४० मिनेट जाँदा ३.८ रेक्टर स्केलको पराकम्पन गएको हो । शनिबार बेलुकी पनि दोलखालाई केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको पराकम्पन गएको...

धर्मनिरपेक्षता हटाए इतिहासकै गम्भीर भुल हुने चेतावनी

२०७२ साउन ३१ गते १५:४४

काठमाण्डु, ३१ साउन-राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले नयाँ संविधानमा धर्म निरपेक्षता यथावत् राख्न माग गरेको छ ।   महासङ्घले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी नयाँ संविधानबाट धर्म निरपेक्षता हटाए इतिहासको गम्भीर भुल हुने धारणा राखेको छ ।   सम्मेलनमा महासङ्घका अध्यक्ष डा सुन्दर थापाले मुलुक...

बन्द गर्दै हिड्ने ६२ जना कार्यकर्ता पक्राउ

२०७२ साउन ३१ गते १५:३६

काठमाण्डु, ३१ साउन-नेकपा–माओवादी (वैद्य पक्ष) लगायत ३३ राजनीतिक दलले मस्यौदा संविधानप्रति आपत्ति जनाउँदै आव्हान गरेको नेपाल बन्दका क्रममा आइतबार देशका विभिन्न ठाउँमा सवारी साधन तोडफोडलगायत हिंसात्मक गतिविधि गर्ने ६२ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाण्डु बन्दको क्रममा धापासी हाइटमा बिहान ६:...

झापामा पनि बन्दले ठप्पै

२०७२ साउन ३१ गते १४:५३

भद्रपुर, ३१ साउन-संयुक्त मधेसी मोर्चाको पूर्व घोषित कार्यक्रमअनुसार आइतबार गरिएको बन्द र हडतालका कारण यहाँको जनजीवन ठप्प भएको छ ।   नेकपा माओवादी पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीले गएको साउन २३ गते प्रमुख चार राजनीतिक दलको सहमतिमा...

दण्ड–जरिवानाबाट उठेको पैसाले सडक खनियो

२०७२ साउन ३१ गते १४:४४

इनरुवा, ३१ साउन-सरकारी र गैरसकारी निकायको बजेटबाट विकास भएको सबैले सुनेको र भोगेकै कुरा हो । तर सामाजिक दण्ड, जरिवानाबाट पनि विकास हुन्छ भन्ने उदाहरण सुनसरीको रामनगरभुटाहामा पाइएको छ ।   भुटाहा गाविसमा सामाजिक अगुवाहरुले समाजमा हुने अन्याय, अत्याचार र सामाजिक विकृति फैलाउनेहरुबाट तिराइएको...

तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न सांसदहरुको माग

२०७२ साउन ३१ गते १४:३५

काठमाण्डु, ३१ साउन-व्यवस्थापिका–संसद्को आइतबारको शून्य समयमा सांसद्हरूले आ–आफ्ना निर्वाचन क्षेत्रका विकास–निर्माण कार्यमा देखिएका समस्या, स्थानीय जनताका समस्या, खानेपानी, अस्पताल, शिक्षा, भूकम्पपीडितलाई सहयोगलगायत विषयमा सरकारको ध्यानाकर्षण गराए ।   उनीहरूले मलको व्यवस्था गर्न तथा तराइलाई सुक्खा क्षेत्र घोषणा गर्न माग पनि गरेका छन् । शून्य...

समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण

२०७२ साउन ३१ गते १४:३२

काठमाण्डु, ३१ साउन –सभासदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको आइतबारको बैठकमा सभासदहरुले प्रदेशको सीमांकन गर्दा स्थानीय जनताको चाहना विपरति भएको भन्दै सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । एकीकृत नेकपा माओवादीका गौरीशंकर चौधरीले प्रदेश विभाजनप्रति असहमति जनाउँदै कैलाली कञ्चनपुरलगायत...

सदनमा जवाफ दिन गृहमन्त्रीलाई सभामुखको निर्देशन

२०७२ साउन ३१ गते १४:२९

काठमाण्डु, ३१ साउन– सभामुख सुवास नेम्वाङले सभासदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । व्यवस्थापिका संसदको आइतबारको बैठकमा सभामुख नेम्वाङले सभासदहरले उठाएको प्रश्नको जवाफ दिन गृहमन्त्रीलाई निर्देशन दिए । ‘बैठकमा शान्ति सुरक्षा तथा देशका विभिन्न भागमा भएका पछिल्ला घटनाका बारेमा प्रश्न उठेको छ...

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

२०७२ साउन ३१ गते १४:२९

दैलेख, ३१ साउन-शनिबार राती पहिरोले घर पुरिँदा आमा छोरीसहित तीन जनाको मृत्यु भएको छ ।   पहिरोले घर पुरिएर नारायण नगरपालिका– ६ नमुना वस्तीका २० वर्षीया रुपा बादी तथा तिनका तीन वर्षीया छोरी सपना र दुई वर्षीय छोरा जितको मृत्यु भएको हो । मृतक...

भूकम्पपछि पहिरोको पीडामा दोलखावासी

२०७२ साउन ३१ गते १४:२३

दोलखा, ३१ साउन-दोलखाका अधिकांश गाउँ बस्ती पहिरो नै पहिरोको चपेटामा परिरहेका छन् ।   भूकम्पपछि सबै जमिन चिराचिरा परेका कारण गाउँ बस्तीका भूभाग यतिबेला पहिरो बगरमा परिणत हुन थालेका छन् । दोलखा सयौँ बस्ती पहिरोको उच्च जोखिममा रहेको भूगर्वविद्ले भने पनि स्थानीयवासीले डरले कहीँ...

सञ्जयले मलेसियाको सर्वोच्च शिखर किनाबालु आरोहण गर्ने

२०७२ साउन ३१ गते १३:५७

काठमाण्डु– कृतिमानी विश्व पर्वतारोही एवम् धावक सञ्जय पण्डितले मलेसियाको सबैभन्दा उच्च शिखर किनाबालु आरोहण गर्ने भएका छन् ।   भदौ महिनाको २८ गतेदेखि उनले उक्त शिखरको आरोहण गर्दैछन् । सात महादेशको सातै पर्वत चुम्ने प्रयाशमा रहेका पण्डितले योभन्दा अगाडि सगरमाथा, मनास्लु, किलिमन्जारो, एल्बु्रसलगायत अन्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us