उदयपुर, ३२ साउन-उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रलगायत जिल्लाको पहाडी क्षेत्रमा यस पटक पनि आँखा पाक्ने रोगको प्रकोप बढ्न थालेको छ । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि अहिले दैनिक २० देखि २५ जनासम्म आँखा पाक्ने रोगका बिरामी उपचारका लागि जिल्लाको सदरमुकाम गाईघाटस्थित आँखा...
काठमाण्डु, ३२ साउन– उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले देश टुक्राउने खालका अभिव्यक्ति दिन सभासदहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छ्न । व्यवस्थापिका संसदको सोमबारको बैठकमा गृहमन्त्री गौततमले विवादास्पद अभिव्यक्ति दिएर जनतालाई उत्तेजित पार्ने सांसदहरुले बोलेका विवादास्पद अभिव्यक्तिको अडियो भिज्युअल रेकर्ड समेत सदनमा पेस गरेका...
मेलम्ची, ३२ साउन-अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गतका जुरे, कोदारी, तातोपानीलगायतका सडकखण्डमा पहिरोको कारण पुनःअवरुद्ध भएको थियो । यातायातका साधन र मानिस आवतजावतलाई सञ्चालन गर्न एक सयजना प्राविधिकसहितका चिनियाँ प्रहरी टोली अवरुद्ध भएको सडक पन्छयाउन लागेका छन् । पहिरोले ठूलठूला ढुङ्गा सडकमा आएर बसेको...
रुकुम, ३२ साउन– ९ दिन देखि लगातार आन्दोलन गरीरहेका रुकुमेलीले सोमबारबाट आन्दोलनको स्वरुपमा परिबर्तन गरेका छन् । सिंगो रुकुमलाई अखण्ड रुपमा पाँचौं प्रदेशमा राख्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनको स्वरुपमा परिवर्तन गरिएको हो । शीर्ष नेताहरुले रुकुमलाई विभाजन नगर्ने गरी सीमांकन हेरफेर गर्ने तयारी गरेपछि...
दाङ, ३२ साउन – ६ दिनेदेखि लगातारको बन्दले दाङ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । थरुहट थारुवान संघर्ष समिति र नेकपा माओवादीसहित ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दका कारण सर्वसाधारणको दैनिकी प्रभावित बन्दै गएको छ । बन्दका कारण यातायात, शिक्षण संस्था, कलकारखाना, उद्योगधन्दा,...
काठमाण्डु, ३२ साउन– मौलिक कला संस्कृति संरक्षणका लागि भन्दै हुँगेली समाज काठमाण्डुले तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर भदौ १३ गते आइतवार गाइजात्राका दिन हुने प्रतियोगितामा काठमाण्डुमा बसोबास गर्ने गुल्मीका तिनवटै निर्वाचन क्षेत्रका गाविस स्तरीय...
काठमाण्डु, ३२ साउन– बन्द गराउँदै हिडेका ३५ जनालाई सोमबार बिहानै पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, संयुक्त राष्ट्रवादी समाजवादी पार्टीका महासचिव शंकरलाल श्रेष्ठ, सचिव नारायण श्रेष्ठ, केन्द्रीय सदस्यहरु रोहित मगर, निराजन ढुंगाना, जीपी दाहाल, उज्वल बुढा, विद्यार्थी नेताहरु...
काठमाण्डु, ३२ साउन – काठमाण्डु उपत्यकामा बन्दका कारण जनजीवनमा सामान्य प्रभाव परेको छ । बन्दले कुनै अप्रिय घटना नभए पनि सडकमा सार्वजनिक सवारीसाधन नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । अघिल्लो दिनको तुलनामा आज उपत्यकाका भित्री सडक चोकका पसल खुलेका छन् । पातलो सङ्ख्यामा केही भाडाका...
काठमाण्डु, ३२ साउन– यीनी आफै पनि महिला हुन् । त्यसमाथि चिकित्सक पनि । चिकित्सकलाई कतिपय बिरामीले भगवान नै ठान्छन् । तर डा. नुतन शर्माभने गर्भमा छोरी छ भन्दै पुग्ने दम्पतीबाट मोटो रकम असुलेर गर्भपतन गराइदिन्थिन अर्थात छोरीको भु्रण हत्या गरिदिन्थिन् । नेपाल मेडिकल कान्सिलको...
खोटाङ, ३२ साउन – गोमा एयरले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा नियमित उडान सुरु गरेको छ । नेपाल एयर, तारा र सिम्रिक एयरको जहाजले उडान भर्दै आएको विमानस्थलमा गोमा एयरले पनि नियमित उडान सुरु गरेको हो । जिल्लाका तीनवटा विमानस्थलमध्ये सदरमुकामबाट सबैभन्दा नजिक रहेको खानीडाँडा...
प्यूठान, ३२ साउन – जिल्लामा पछिल्लो एक वर्षमा ४२ वटा साना सिँचाइ आयोजना निर्माण भएका छन् । जिल्ला कृषि विकास कार्यालय तथा विभिन्न दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामार्फत जिल्लामा ४२ वटा साना सिँचाइ आयोजना निर्माण भएको जिल्ला कृषि विकास कार्यालय प्यूठानले जनाएको छ । स्थानीय...
कैलाली, ३२ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले कैलालीको अग्रौला छोटी भन्सार कार्यालयका नायब सुब्बालाई घुससहित आइतबार साँझ पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरले दिएको जानकारीअनुसार भारतबाट नेपाल आयात गरिने सामान बिना भन्सार आउन दिने भन्दै सेवाग्राहीबाट लिएको...