समाचार

पाँच विकास क्षेत्रलाई प्रदेश बनाउने सहमति भएको छैनः श्रेष्ठ

२०७२ साउन ३२ गते १५:०१

काठमाण्डु, ३२ साउन– एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले पाँच प्रदेश बनाउने सहमति नभएको स्पष्ट पारेका छन् । श्रेष्ठले सोमबार सिंहदरवामा पत्रकार सम्मेलन गरेर पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउने गरी सहमति भएको भनी गलत प्रचार भएको बताए । उनले दलहरु संविधान निर्माणका...

सुर्खेत घटनाका मृतकका परिवारलाई दश लाख र घाइतेको निःशुल्क उपचार हुने

२०७२ साउन ३२ गते १४:५७

काठमाण्डु, ३२ साउन-उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुर्खेत घटनामा मृत्यु भएका मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गर्ने प्रबन्ध सरकारले मिलाएको सदनलाई जानकारी दिएका छन् ।   सङ्घीय प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै यही साउन २५ गते सुर्खेतमा प्रदर्शन भएको थियो ।...

बनेपामा सिलिन्डर बम विष्फोट

२०७२ साउन ३२ गते १४:४३

बनेपा, ३२ साउन– बनेपामा सोमबार दिउँसो करिब पौने १ बजेतिर सिलिन्डर बम बिस्फोट भएको छ । बनेपा–११ स्थित सल्लापाते सामुदायिक वनमा सिलिन्डर बम विष्फोट भएको डिएसपी राजकुमार केसीले काठमाण्डु टुडेलाई जानकारी दिए ।   केसीका अनुसार वनमा बोरा र पत्करले ढाकेर राखिएको बम विस्फोट...

तनहुँमा बाह्र वर्षे गोदावरी मेला लाग्दै

२०७२ साउन ३२ गते १४:३७

तनहुँ, ३२ साउन-तनहुँ जिल्लाको पूर्वी क्षेत्र तनहुँसुर गाविसको सिम्पानी आमडाँडा जङ्गलमा १२ वर्षे गोदावरी मेला सुरु हुँदैछ ।   प्राचीन, धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्व बोकेको उक्त क्षेत्रमा १२ वर्षपछि गोदावरी मेलाको तयारी गरिएको हो । मेलामा एक लाख भक्तजन सहभागी हुने आयोजकले बताएका छन्...

बन्द गराउँदै हिँडेका ८० जना पक्राउ

२०७२ साउन ३२ गते १४:३१

काठमाण्डु, ३२ साउन-जबर्जस्ती बन्द गराउँदै हिँडेका ८० जनालाई राजधानीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।   काठमाण्डुको रत्नपार्क, असनबाट ७२ र ललितपुरबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले लाई जानकारी दिए ।   बन्दकर्ताले कालीमाटीमा भारतीय नम्बर...

अमरेशलाई कारवाही गर्न प्रधानमन्त्री कोइराला नैतिक संकटमा

२०७२ साउन ३२ गते १३:५२

काठमाण्डु, ३२ साउन– प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना सभासद अमरेशकुमार सिंहलाई कारवाही गर्ने आफू निकटका नेताहरुसँग गोप्य रुपमा छलफल गरेका छन् । पार्टी नीति विपरीत गतिविधि सञ्चालन गरेको भन्दै केन्द्रिय समितिले निर्णय गरेर संसदीय दलले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सभापति कोइरालाले आफू निकट नेताहरुसँग...

भिडियो टेप संसदमा पुर्‍याउँदैमा डराइन्न, सामना गरिन्छः उपेन्द्र यादव

२०७२ साउन ३२ गते १३:४७

काठमाण्डु, ३२ साउन– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले कैलालीको सभामा बोलेको भिडियो टेप संसदमा पुर्याउँदैमा मधेसी जनतालाई कुनै फरक नपर्ने बताएका छन् । उनले भाषण र भिडियो टेपको सम्बन्धमा उठ्ने हरेक विषयमा सामना गर्न आफू तयार भएको उल्लेख गरे । गत बुधबार टिकापुरमा...

आफ्नै बन्दुकको गोली पड्केर प्रहरी हवल्दार घाइते

२०७२ साउन ३२ गते १३:४६

परासी, ३२ साउन-नवलपरासीमा सोमबार आफ्नै बन्दुकको गोली लागेर एक सशस्त्र सहायक हवल्दार घाइते भएका छन् ।   सीमा सुरक्षा बल बेलासपुरमा कार्यरत सहायक हवल्दार काशीनाथ कुमाल आफ्नै बन्दुकको गोली लागेर घाइते भएका हुन् ।   नवलपरासीको बेलासपुरमा बन्द आह्वानकर्ता र प्रहरीबीचको झडपका क्रममा सुरक्षार्थ...

माओवादी र मधेसवादी दलहरुबीच कुरा नमिलेपछि बन्द फिर्ता

२०७२ साउन ३२ गते १३:३९

काठमाण्डु, ३२ साउन– नेकपा–माओवादीसहित मधेसवादी दलहरुले गरेको २ दिने आमहड्ताल सोमबार २ बजेबाट फिर्ता भएको छ । आइतबार र सोमबारका लागि बन्द आह्वान गरीएपनि सोमबार २ बजेबाटै फिर्ता लिइएको नेकपा–माओवादीका युवा नेता तथा केन्द्रिय सदस्य रामदीप आचार्यले जानकरी दिए । चार दलले गरेको १६...

छैटौं दिनसम्म बन्दले दाङको जनजीवन कष्टपूर्ण

२०७२ साउन ३२ गते १३:३९

दाङ, ३२ साउन-थरुहट थारुवान सङ्घर्ष समितिले थरुहट प्रदेशको माग राखी आह्वान गरेको दाङ जिल्ला बन्दको छैटौँ दिन र नेकपा माओवादीसहित ३३ दलीय मोर्चाले आह्वान गरेको दाङ बन्दको दोस्रो दिन यहाँको जनजीवन पूर्णरुपमा प्रभावित बनेको छ ।   बन्दका कारण यहाँका यातायात, शिक्षण संस्था, कलकारखाना,...

आठ दिन भैसक्यो नवलपरासीमा बन्द खुलेन

२०७२ साउन ३२ गते १३:०९

परासी, ३२ साउन-अखण्ड नवलपरासीको माग राख्दै नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बासिन्दाले गरेको आन्दोलन सोमबार आठौँ दिन पनि निरन्तर जारी छ ।   अखण्ड नवलपरासी हुनुपर्ने भन्दै अखण्ड नवलपरासी सङ्घर्ष समितिको अगुवाइमा जारी आन्दोलनका कारण नवलपरासीमा सम्पूर्ण बजार, वित्तीय सङ्घसंस्था, शैक्षिक सङ्घसंस्था यातायात पूर्णरुपमा बन्द...

खोलाले बगाउँदा पार्वती बेपत्ता

२०७२ साउन ३२ गते १३:०६

जाजरकोट, ३२ साउन-जाजरकोट खलङ्गा–९ खहरेकी ६० वर्षीया पार्वती सुनार आइतबार बेलुका होलुखोलामा बगेर वेपत्ता भएकी छन् ।   जङ्गलबाट घाँस काटेर फर्कने क्रममा पार्वती चिप्लिएर होलुखोलामा पर्दा बेपत्ता भएको उहाँकी छोरी मुना सुनारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us