समाचार

एकाबिहानै दोलखामा भूकम्पको धक्का !

२०७२ भदौ १ गते १०:३०

काठमाण्डु, १ भदौ – मंगलबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्पको पराकम्पन गएको छ । बिहान ४ बजेर आठ मिनेट जाँदा दोलखा केन्दैविन्दु भएको ४.८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रेक्टर स्केल...

घर फर्किदै गरेका तीन मजदुरलाई बेहोस बनाएर लुटियो

२०७२ भदौ १ गते १०:१२

भीमदत्तनगर, १ भदौ – भारतको पौडीगडवालबाट मजदुरी गरेर घर फर्किदै गरेका तीन जना कञ्चनपुरको दैजीस्थित एक होटलमा बेहोस अवस्थामा फेला परेका छन् । सोमबार दैजीस्थित सम्झना रेस्टुराँमा बाजुरा कुलदेवमाडौं–४ का १७ वर्षीय टङ्क सार्की, १६ वर्षीय अजुर्न सार्की र अछामको पुनेतोला–८ का ५४ वर्षीय...

ट्रान्समिटर पड्किँदा तनहुँमा दुईको मृत्यु, छ घाइते

२०७२ भदौ १ गते ९:५२

दमौली, १ भदौ – तनहुँको शुक्ला गण्डकी नगरपालिका–९ अर्चलेमा सोमबार राति ११ बजे विद्युत् हाई भोल्टेजका कारण ट्रान्समिटर पड्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई घरका छ जना घाइते भएका छन् । उनीहरु राति सुतिरहेका बेला ट्रान्समिटर पड्केर घरमा करेन्ट प्रवाह हुँदा...

कर्णाली पुल तर्दा ज्यानै धरापमा

२०७२ भदौ १ गते ९:०१

बाजुरा, १ भदौ – बाजुरा जिल्लाको पूर्वीत्तर क्षेत्रका कर्णाली नदीपारिका गाविसलाई सदरमुकाम मार्तडीसँग जोड्ने लिपुचौर कर्णाली पुल समयमा मर्मत नहुँदा दिनानुदिन धरापमा परिणत हुने खतरा बढेको छ । विसं २०३४ मा निर्माण भएको झुलुङ्गे पुलको जगन्नाथ गाविससँग जोडिएको तिरको जग पूरै कटान भएको छ...

बन्दको प्रतिकारमा उत्रन व्यसायी र नागरिक समाजको अपिल

२०७२ साउन ३२ गते २१:२८

काठमाण्डु, ३२ साउन– नागरिक समाजका अगुवा र उद्योगी व्यवसायीले बन्दको विकल्प खोज्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लबमा सोमबार भएको साक्षात्कारमा उनीहरुले एक दिनको बन्द हडतालले मुलुकमा करिब ३ अर्बको नोक्सानी गर्ने र यसले जनतालाई अझै गरिब बनाउने भन्दै विरोधको शैली परिवर्तन गर्न आग्रह...

जुम्लामा फेरि गोली चल्यो

२०७२ साउन ३२ गते २१:१३

खलंगा, ३२ साउन– जुम्लामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेर सरकारी कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले कफ्र्यु तोड्दै खलंगास्थित जिल्ला हुलाक र कृषि अनुसन्धान परिषद् अन्तर्गतको बागवानी कार्यालयमा आगजनी गरेका हुन् । ती दुवै कार्यालय जिल्ला प्रहरी कार्यालयसँगै छन् । आगजनीबाट बागवानी कार्यालय भवन पूर्ण रुपमा...

राजेन्द्र महतो भन्छन्, ‘हाम्रो अडियो संसदमा लगेकामा सरकारलाई धन्यवाद’

२०७२ साउन ३२ गते २०:४४

काठमाण्डु, ३२ साउन– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले आफूहरुले दिएको अभिव्यक्तिको अडियो टेप संसदमा पेश गरेकामा सरकारलाई धन्यवाद दिएका छन् । सभाध्यक्ष सुवास नेम्वाङको निर्देशनमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका–संसद् बैठकमा सोमबार अडियो टेपको कपी बुझाएका थिए । कैलालीको टीकापुरमा भएको एक...

देश टुक्र्याउने अडियो संसदमा पुगेपछि मधेसी मोर्चाद्वारा आमहड्ताल घोषणा

२०७२ साउन ३२ गते २०:२४

काठमाण्डु, ३२ साउन– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अनिश्चितकालिन तराई–मधेस–थरुहट प्रदेश बन्द घोषणा गरेको छ । गृहमन्त्री बामदेव गौतमले मधेसी नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहले मुलुक टुक्र्याउने धम्की दिएको सम्बन्धी अडियो संसदमा पेश गरेकै दिन मोर्चाले आमहड्ताल घोषणा गरेको हो । दुइ...

पत्रकार बुढाथोकीलाई पक्राउ गर्न खोजिएकामा चौतर्फी विरोध

२०७२ साउन ३२ गते १९:४७

काठमाण्डु, ३२ साउन– साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई पक्राउ गर्ने प्रयास गरेको भन्दै पत्रकार सम्वद्ध संघसंस्थाले आपत्ति जनाएका छन । नेपाल पत्रकार महासंघले आफ्ना पूर्वउपाध्यक्षसमेत रहेका बुढाथोकीको घरमा खानतलासी गर्नुका साथै पक्राउ गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तिमा...

जाजरकोटमा पहिरोले एघार घर बगायो

२०७२ साउन ३२ गते १९:३६

जाजरकोट, ३२ साउन-अविरल वर्षापछि आएको पहिरोले जाजरकोटमा ११ वटा घर बगाएको छ ।   पहिरोले घर बगाउँदा घरवारविहीन भएका पीडित परिवारको बिचल्ली भएको छ । घर बगाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । तर घरमा रहेका लत्ताकपडा तथा खाद्यान्न भने नष्ट भएको छ...

बन्दका क्रममा विभिन्न ठाउँमा आगजनी तथा तोडफोड

२०७२ साउन ३२ गते १९:३३

काठमाण्डु, ३२ साउन-नेकपा–माओवादीलगायत ३३ राजनीतिक दलले संविधान मस्यौदाका विभिन्न विषयको विरोधमा आह्वान गरेको नेपाल बन्दको दोस्रो दिन सोमबार काठमाण्डु उपत्यकालगायत देशका विभिन्न स्थानमा सवारीसाधनमा आगजनी तथा तोडफोड भएको छ ।   देशका विभिन्न ठाउँमा सवारीसाधन तोडफोडलगायत हिंसात्मक गतिविधि गर्ने ८२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको...

सम्पादक बुढाथोकीको निवासमा खानतलासी

२०७२ साउन ३२ गते १९:२५

काठमाण्डु, ३२ साउन-प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय सल्लाहकार तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीको निवास मण्डिखाटारमा प्रहरीले सोामबार अपराह्न खानतलासी गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   साँघु साप्ताहिकमा प्रकाशित एक समाचारका विषयमा विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका निम्ति महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौँमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us