बन्द गराउँदै हिँडेका ८० जना पक्राउ

काठमाण्डु टुडे २०७२ साउन ३२ गते १४:३१ मा प्रकाशित

14
काठमाण्डु, ३२ साउन-जबर्जस्ती बन्द गराउँदै हिँडेका ८० जनालाई राजधानीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

 

काठमाण्डुको रत्नपार्क, असनबाट ७२ र ललितपुरबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले लाई जानकारी दिए ।

 

बन्दकर्ताले कालीमाटीमा भारतीय नम्बर प्लेटको एक बुलेरो, चाबहिलमा एक सार्वजनिक बस र पाटनमा एक निजी भ्यानमाथि तोडफोड गरेको उनले बताए ।

 

अघिल्लो दिनको तुलनामा उपत्यकाको जनजीवन सामान्य छ । निजी तथा भाडाका सवारी साधन केही सङ्ख्यामा चलेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us