देश टुक्राउने अभिव्यक्ति दिने सभासदको भिडियो संसदमा पेश

काठमाण्डु टुडे २०७२ साउन ३२ गते १२:५६ मा प्रकाशित

BamdevGautam_20141022072217
काठमाण्डु, ३२ साउन– उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले देश टुक्राउने खालका अभिव्यक्ति दिन सभासदहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छ्न ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा गृहमन्त्री गौततमले विवादास्पद अभिव्यक्ति दिएर जनतालाई उत्तेजित पार्ने सांसदहरुले बोलेका विवादास्पद अभिव्यक्तिको अडियो भिज्युअल रेकर्ड समेत सदनमा पेस गरेका छन् ।

आइतबारको बैठकले स्पष्टिकरण माागेपछि गृहमन्त्री गौतमले सामाजिक सद्भाव भड्काउने, जनतालाई हतियार उठाउन भन्दै भाषण गर्ने सांसदप्रति व्यवस्थापिका संसद र सभामुखसमेतको ध्यानाकर्षण हुनुपर्ने बताए ।

गृहमन्त्री गौतमले भने, ‘केही सभासदले गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मधेसवादी दलका सभासदहरुसहित उपेन्द्र यादव, राजेन्द्र महत्तो, कांग्रेसका अमरेशकुमार सिंहलगायतका नेताहरुले पश्चिम तराईमा गरेको भाषण विवादास्पद भएको भन्दै आम सर्वसाधारणले विरोध गरेका थिए ।

गृहमन्त्री गौतमले मुलुकका विभिन्न जिल्लामा मस्यौदामा सुझाव दिने क्रममा भएका घटनाको सदनलाई जानकारी गराएका थिए ।

जुम्ला, मुगु, सुर्खेत, कैलाली, नवलपरासीसहित जिल्लामा भएका हिंसात्मक घटना, तनावबारे उनले स्पष्ट पारे ।

उनले हिन्दु राष्ट्र माग गर्दै राप्रपा नेपालले नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा निषेधित घेरा तोडेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us