रुकुममा आन्दोलनको स्वरुप परिवर्तन

काठमाण्डु टुडे २०७२ साउन ३२ गते १२:०० मा प्रकाशित

rukum-protest-1
रुकुम, ३२ साउन– ९ दिन देखि लगातार आन्दोलन गरीरहेका रुकुमेलीले सोमबारबाट आन्दोलनको स्वरुपमा परिबर्तन गरेका छन् ।

सिंगो रुकुमलाई अखण्ड रुपमा पाँचौं प्रदेशमा राख्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनको स्वरुपमा परिवर्तन गरिएको हो ।

शीर्ष नेताहरुले रुकुमलाई विभाजन नगर्ने गरी सीमांकन हेरफेर गर्ने तयारी गरेपछि संर्घष समिति रुकुमले १२ बजेदेखि तीन बजेसम्म मात्र हड्ताल गर्ने जनाएको छ ।

बन्द खुलेपछि जनजिवन सामान्य बन्दै गएको छ । सिंगो रुकुमलाई प्रदेश नं ५ मा नराखेसम्म बिरोधका कार्यक्रम जारी राख्ने संघर्ष समितिले जनाएको छ ।

माग पूरा हुने संकेत पाएपछि सर्वसाधारणको जनजीवनलाई मध्यनजर गर्दै आमहडतालको समय छोट्याइएको नागरिक संर्घष समिति रुकुमका संयोजक टेकबहादुर पुनले जानकारी दिए ।

निरन्तरको बन्दका कारण रुकुमको जनजीवन प्रभावित बनेको छ भने दैनिक खाद्य उपाभोग्य सामग्रीपनि अभाव देखिएको छ ।

संघर्ष समितिले आइतबार थाली तथा कुचो जुलुश प्रर्दशन गरेको थियो भने शोमबार छातीमा रुकुमको नक्सा टाँसेर प्रदर्शन गर्ने तयारीमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us