काठमाण्डु, ३१ साउन– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानको मसयौदा र सीमांकनको विरोधमा शान्तिपूर्ण नेपाल बन्दका क्रममा प्रहरीले आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै भत्र्सना गरेका छन् । अध्यक्ष यादवले आइतबार विज्ञप्ती जारी गरी शान्तिपूर्ण नेपाल बन्दका क्रममा प्रहरीले हस्तक्षेप गरेर पार्टीका सह–अध्यक्ष राजेन्द्र...
महोत्तरी, ३१ साउन – महोत्तरी कारागारका कैदीबन्दी कतिबेला आपूmहरु किचिने डरले आतंकित देखिएका छन् । जिल्ला सदरमुकाम जलेश्वर–४ स्थित १५९ वर्ष पुरानो भवन जीर्ण भएर भत्किन लागेकाले कैदी बन्दी डर त्रासमा बस्न बाध्य छन् । जताततै भवन उप्किएर लगातार झरिरहेका इँटाका टुक्राले कैयाँै पटक...
काठमाण्डु, ३१ साउन– प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताले ठूला चुनौतिहरुको सामना गरिरहेको बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरेको रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले भूकम्पपछिको पुननिर्माणको चुनौतमिा रहेको बताए । ‘हामीहरुले भूकम्प बाढी...
काठमाण्डु, ३१ साउन–बन्द गराउँदै हिँडेका ६१ जनालाई राजधानीका विभिन्न स्थानबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । तीमध्ये पाँच जना...
काभ्रे, ३१ साउन– नेकपा–माओवादीसहित तराई केन्द्रित दलले आह्वान गरेको दुईदिने नेपाल बन्दको पहिलो दिन आइतबार काभ्रेको जनजीवन प्रभावित बनेको छ । बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डे, पनौतीलगायत क्षेत्रमा यातायातका साधन नचलेको तथा बजार/पसल पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले...
बुटवल, ३१ साउन– पवित्र र शान्त तीर्थस्थल सिद्धार्थ गौतम जन्मस्थल लुम्बिनीको समग्र सुरक्षाका लागि विशेष अभियान सुरु भएको छ । लुम्बिनीमा बाहिरी र आन्तरिक दुवै खालको सुरक्षा र बेथिति नियन्त्रणका लागि विभिन्न किसिमका सुरक्षा व्यवस्थासहित सुरक्षाकर्मी परिचालन भएका छन् । खासगरी मायादेवी मन्दिर परिसरको...
भक्तपुर, ३१ साउन– उद्योगमन्त्री महेश बस्नेत अचानक पेट दुखेपछि आइतबार बिहान अस्पताल भर्ना भएका छन् । पेट दुखेपछि बिहान ३ बजे नै भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उनलाई भर्ना गरिएको हो । अस्पतालका निर्देशक गोपीकृष्ण न्यौपानेका अनुसार मन्त्री बस्नेतलाई एपेन्टीसाइटीक्स भएको छ । उनको...
काठमाण्डु, ३१ साउन– बन्द गराउँदै हिडेका नेकपा माओवादीका एक पोलीटब्यूरो सदस्यसहित छ केन्द्रीय सदस्य पक्राउ भएका छन् । पक्राउ पर्नेमा नेकपा माओवादीका पोलीटब्यूरो सदस्य अमृता थापा कलंकीबाट गिरफ्तार भएकी हुन् । केन्द्रीय सदस्यहरु पार्वती थापा, ताना शर्मा र इश्वरचन्द्र ज्ञवाली पनि कलंकीबाट पक्राउ भएका...
काठमाण्डु, ३१ साउन– रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई आइतबार बिहान वीर अस्पताल अगाडि आन्दोलनकारीहरुले लछारपछार गर्दै दूव्र्यवहार गरेका छन् । संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको टोलीले पत्रकार धमलाको गाडीको बम्फर फुटाइदिएका छन् । घटनाबारे जानकारी दिँदै धमलाले भने,‘ धमला आन्दोलनविरोधी, आन्दोलनभाडा...
काठामाडौँ, ३१ साउन– शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा दोलखाको सुस्पा क्षमावती केन्द्रविन्दु भएको ४.८ रिक्टर स्केलको पराकम्पन गएको छ । ‘गोरखा भूकम्प’ पछि हालसम्म चार रेक्टर स्केल वा त्यसमाथिका ३७९ पराकम्पन गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।...
महोत्तरी, ३१ साउन– महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत चौकीदारले आपसी विवादमा गए राति आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । सुन्दरपुर–९ बस्ने ४४ वर्षीय चौकीदार महेश्वर झाको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मच्छेन्द्र केसीले...
काठमाण्डु, ३१ साउन– बजार बन्द गराउँदै हिडेका झन्डै १० जना बन्दकर्तालाई आइतबार बिहान कलंकीबाट पक्राउ गरिएको छ । नेकपा–माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्यका अनुसार प्रहरीले कलंकीबाट अमृता थापा, पार्वती थापा, इश्वरचन्द्र ज्ञवाली लगायत नेता तथा कार्यकर्ताहरुलाई बिहान पक्राउ गरेको छ ।...