बाजुरा, ३० साउन-जिल्लाको उत्तरी भेगमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पछिलो समय बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । केन्द्रमा दुई महिनादेखि चिकित्सक छैनन् । मौसम परिवर्तन र प्रदूषित वातावरणले गर्दा बिरामीको सङ्ख्या वृद्धि भएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । दैनिक ८० देखि...
काठमाण्डु, ३० साउन-नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानमा राम्रो व्यवस्था भएमा जो सुकैका माग समावेश गरिनुपर्ने बताएका छन् । मणिगाल निर्माण उपभोक्ता समिति, इस्टपोल उमावि, जागृति महिला समूह र स्तरीय महिला समूहको संयुक्त आयोजनामा शनिबार जोरपाटी नारायणटारमा आयोजित इस्टपोल प्रतीक्षालय निर्माण एवम् मणिगाल...
सप्तरी, ३० साउन-सप्तरीको कञ्चनरुप नगरपालिका– ५ मा बहुविवाह गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय ३५ वर्षीय राजिवकुमार गुप्ता र उनकी ३२ वर्षीया श्रीमती हीराकुमारी गुप्ता रहेका छन् । राजिवको अर्की ३३ वर्षीया श्रीमती रिंकुकुमारी गुप्ताले दिएको उजुरीका...
लहान, ३० साउन-चार दलबीच हालै भएको छ प्रदेशको सीमाङ्कनको सहमतिको विरोधमा आह्वान गरिएको बन्दका कारण शनिबार बिहानैदेखि सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको छ । तराईमा तीन प्रदेश हुनुपर्ने, थरुहट प्रदेश बनाउनुपर्नेलगायत मागसहित पूर्वी थारुवान कोचिला राज्य समिति र थारु कल्याणकारी सभा तथा...
काठमाण्डु, ३० साउन– बन्दको प्रचार गर्दै हिँडेका नेकपा–माओवादीका कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट प्रहरीले गिरफ्तार गरेको छ । संविधानको मस्यौदा प्रतिगामी भएको र त्यही प्रतिगामी मस्यौदाअनुसार नै संविधान निर्माणको कार्य अगाडि बढेको भन्दै नेकपा–माओवादी लगायतका मधेसवादी र जनजाति सम्बद्ध १२ दलले मस्यौदाको खारेजीको माग गर्दै आइतबार...
काठमाण्डु, ३० साउन– संविधानको प्रारम्भिक मस्यौदाको धारा ३१ मा रहेको धार्मिक हक सम्बन्धी व्यवस्थाले व्यक्तिको आस्था र धर्मको स्वतन्त्र अध्यास गर्ने हकलाई कुण्ठित गरेको भन्दै विभिन्न धार्मिक समुदायहरुको साझा मञ्च धार्मिक चौतारी नेपालले आपत्ति जनाएको छ । नयाँ संविधानमा नागरिकका मौलिक हक अधिकारहरूको पूर्णतः...
काठमाण्डु, ३० साउन-शनिबारदेखि गुँला पर्व सुरु भएको छ । मुलुकभर नेवारले मनाउने यो पर्व काठमाण्डु उपत्यकामा विशेष रुपले मनाउने प्रचलन छ । यसै क्रममा साँखुमा भग्नावशेषका बीचसमेत मानन्धर समुदाय र वज्राचार्य समुदायले आआफ्नो बाजागाजा र पूजाआजासहित विशेष रुपले गुँला पर्व मनाउन सुरु गरेका...
मोरङ, ३० साउन- विराटनगरको बजार क्षेत्रका दर्जन बढी खसी मासु पसलमा बाख्राको मासुको बिक्री वितरण हुने गरेको छ । विराटनगर–२० स्थित वासिर फ्रेस हाउसमा बाख्रा काट्दै गरेको अवस्थामा सञ्चारकर्मीको एक टोलीले शनिबार फेला पारेको छ । सो फ्रेस हाउसको बधशालामा दुई बाख्रा काटेर...
भक्तपुर, ३० साउन-उद्योगमन्त्री महेश बस्नेतले नयाँ संविधान भदौ १५ गतेभित्र कुनै हालतमा जारी हुने जिकिर गरेका छन् । दूधपाटीस्थित ज्ञान विजय निमाविका विद्यार्थीलाई छात्रवृत्ति एवम् पोसाक वितरण कार्यक्रममा उनले दलहरुबीचको शक्ति सन्तुलन र सबैको भावनालाई समेट्नुपर्ने अवस्थाका कारण बनेको बताए । ‘चार...
भक्तपुर, ३० साउन-भूकम्पपछि दादुरा–रुबेलाको महामारी फैलन नदिन शनिबारदेखि यहाँ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने अभियान सुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले आगामी भदौ २० गतेसम्म दुई चरणमा जिल्लाभरका छ महिनादेखि पाँच वर्षसम्मका ३१ हजार ६५ बालबालिकालाई खोप दिने कार्यालयका प्रमुख यशोदा अर्यालले जानकारी...
जुम्ला, ३० साउन-राज्य पुनःसंरचना गर्दा सीमाङ्कन वैज्ञानिक र अव्यावहारिक भएको भनी विरोध गर्दै विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश मागको आन्दोलनमा उत्रेका जुम्लासहित कर्णालीवासीको एक साताको जीवन आन्दोलनमै केन्द्रित भएको छ । लामो समयसम्मको आन्दोलन गर्दा पनि मागप्रति सरकारले बेवास्ता गरेको र कर्णालीवासीलाई दमन...
काठमाण्डु ३० साउन–शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लो आसपास केन्द्र भएर ४।५ रिक्टर स्केलको नयाँ भूकम्प गएको छ । यो ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले काठमाण्डु टुडेलाई जानकारी...