समाचार

भिरबाट ढुङ्गा झरेपछि गाउँले समस्यामा

२०७२ साउन ३० गते ८:०१

गोरखा, ३० साउन–बारपाकको राङरुङबेसी हुँदै सौरपानी गाविसको रञ्चोक, कुलगाउँ आवतजावत गर्ने गोरेटो बाटोमा ढुङ्गा खसेपछि स्थानीयवासी समस्यामा छन् । गाउँदेखि बालुवाबजार आवतजावतका गर्ने मुख्य गोरेटो बाटोमा रहेको भिरबाट निरन्तर ठूला ढुङ्गा खसेपछि गाउँ छाडेर स्थानीयवासी अन्यत्र जान सकेका छैनन् । ‘ कुम्दुले र लुरुङ...

यार्सा सङ्कलन भन्दै वन्यजन्तु मार्दै

२०७२ साउन ३० गते ७:३९

भीमदत्तनगर, ३० साउन – यार्सागुम्बा सङ्कलन गर्ने बहानामा बझाङमा वन्यजन्तु चोरीसिकार गर्ने क्रम बढेको छ । अनियन्त्रित र अव्यवस्थित सङ्कलनका कारण यार्सा कम पाइन थालेपछि वन्यजन्तु मारेर तिनका अङ्ग र सुकुटी व्यापारमा स्थानीय लागेका छन् । बझाङको उत्तरी भेगस्थित काँडा गाविस वन्यजन्तु तस्करको व्यापारिक...

लोक सेवा आयोगको पाठ्यक्रम परिमार्जन

२०७२ साउन २९ गते १९:३३

काठमाण्डु, २९ साउन-लोक सेवा आयोगबाट एकीकृत र संयुक्त परीक्षा प्रणालीअन्तर्गत परीक्षा सञ्चालन हुने राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह, राजपत्र अनङ्कित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह र राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार वा सो सरह (अप्राविधिक) पदहरुको विद्यमान पाठ्यक्रम र...

‘दाङ नेपालकै राजधानीका लागि उपयुक्त’

२०७२ साउन २९ गते १९:१८

दाङ, २९ साउन– दाङ नेपालकै राजधानि बनाउने चर्चा चलीरहेका बेला प्रादेशिक राजधानी दाङ बनाउने प्रशस्तै आधार भएको जानकारहरुले बताएका छन् । एसियाकै सबैभन्दा ठूलो उपत्यका दाङ भौगोलिक तथा विभीन्न दृष्टीकोणले पनि उपयूक्त भएकाले प्रादेशीक राजधानि बनाउन दबाब आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । रिपोर्टर्स...

अष्ट्रेलियामा रहेका नेपालीबाट पूर्वलडाकु गोलेको उपचारमा ५० हजार

२०७२ साउन २९ गते १९:०८

काठमाण्डु– पूर्वलडाकु प्रवीणा गोलेको उपचारार्थ नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलिया र त्यहाँस्थित एमाओवादी समर्थकले ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । एमाओवादी विदेश विभाग सचिव एवं युवा नेता युवराज चौलागाईंले शुक्रबार ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल पुगेर गोलेलाई रकम हस्तान्तरण गरेका हुन्...

शिक्षा दिवस मनाउन आह्वान

२०७२ साउन २९ गते १९:०७

काठमाण्डु, २९ साउन-यस वर्षको राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय शिक्षा दिवस सफल बनाउन शिक्षा मन्त्रालयले सबै पक्षमा आग्रह गरेको छ ।   दिवस तयारीका लागि गठित मूल समिति मातहतको प्रचारप्रसार समितिको शुक्रबारको बैठकले सो आग्रह गरेको हो । त्यस्तै उपसमितिका संयोजक डा लवदेव अवस्थीको...

भदौ १५ भित्रै संविधान आउँछः राई

२०७२ साउन २९ गते १८:५२

धनकुटा, २९ साउन-नेकपा एमालेका युवा नेता शेरधन राईले आगामी भदौ १५ भित्र कुनै पनि हालतमा संविधान जारी हुने बताएका छन् ।   प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले संविधानको मस्यौदालाई अन्तिम रुप दिने काम चलिरहेकाले अब सानातिना विवाद र झमेलाको...

सुवेदीलाई कालोमोसो दलेपछि पक्राउ परेका विप्लवका कार्यकर्ता नछाडे…

२०७२ साउन २९ गते १८:१६

काठमाण्डु, २९ साउन– नेकपा माओवादीले आफ्नो गिरफ्तार नेता कार्यकर्ताको रिहाईको माग गर्दै बालाजुमा प्रर्दशन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो लगाएको आरोपमा प्रहरीले राष्ट्रिय युवा जनस्वयसेवकका केन्द्रीय संयोजक दिपक चलाउँने, पार्टीका भक्तपुर सेक्रेटरी क्षितिज मल्ल लगायत पाँच जनालाई गिरफ्तार गरेको छ...

योग्य र सक्षम न्यायाधीश नियुक्त गरिने

२०७२ साउन २९ गते १८:१३

काठमाण्डु, २९ साउन-न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठले योग्य र सक्षम व्यक्तिलाई मात्र न्यायाधीश नियुक्त गरिने बताएका छन् ।   सर्वोच्च अदालत बार एसोसिएसनले शुक्रबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले राजनीतिक आस्थालाई वास्ता नगरी सक्षम र योग्य न्यायाधीश नियुक्तिमा आफूले भूमिका खेल्ने बताए ।...

सस्तोमा डलर साटिदिन्छु भन्दै ठगी गर्ने पक्राउ

२०७२ साउन २९ गते १७:३७

काठमाण्डु, २९ साउन–सस्तोमा डलर साटिदिन्छु भनी रकम ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाण्डु काठमाण्डु बुढानिलकण्ठ बस्ने ३० वर्षीय राजु तामाङ भन्ने सोमबहादुर योन्जन रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाले बुढानिलकण्ठबाट बिहीबार पक्राउ गरेको...

राष्ट्रपतिकी छोरी अनिताको मन पग्लिएपछि…

२०७२ साउन २९ गते १७:२५

काठमाण्डु, २९ साउन-राष्ट्रपति रामवरण यादवकी पुत्री अनिता यादवको नेतृत्वमा रहेको बिपी सामाजिक केन्द्र धनुषाले भूकम्प प्रभावित सिन्धुपाल्चोकका जनताका लागि करिब १० लाख बराबरको राहत सामग्री उपलब्ध गराएको छ । उक्त केन्द्रले ती सामग्री सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीलाई शुक्रबार हस्तान्तरण गरेको हो ।...

कांग्रेसका युवा नेताले भने, ‘अब देशको नेतृत्व युवाले लिनुपर्छ ’

२०७२ साउन २९ गते १७:०९

काठमाण्डु, २९ साउन-नेपाली काँग्रेसका युवा नेताले अब देशको नेतृत्व युवाले लिनुपर्ने बताएका छन् ।   नेपाल प्रेस युनियन काठमाण्डु शाखाले शुक्रबार आयोजना गरेको ‘नयाँ संविधान, नेपाली युवा र अबको काँग्रेस’ विषयक विचार गोष्ठीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् नविन्द्रराज जोशीले देश विकासमा युवाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us