कांग्रेसका युवा नेताले भने, ‘अब देशको नेतृत्व युवाले लिनुपर्छ ’

काठमाण्डु टुडे २०७२ साउन २९ गते १७:०९ मा प्रकाशित

Political leaders and Journalists during an interaction program on the 'New Constitution, Nepali Youth and Nepali Congress' held in the capital organize by Nepal Press Union. Photo: Kumar Shrestha, RSS
काठमाण्डु, २९ साउन-नेपाली काँग्रेसका युवा नेताले अब देशको नेतृत्व युवाले लिनुपर्ने बताएका छन् ।

 

नेपाल प्रेस युनियन काठमाण्डु शाखाले शुक्रबार आयोजना गरेको ‘नयाँ संविधान, नेपाली युवा र अबको काँग्रेस’ विषयक विचार गोष्ठीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् नविन्द्रराज जोशीले देश विकासमा युवाको ठूलो भूमिका रहेकाले अब देशको नेतृत्व युवाको काँधमा आएको बातए । उनले बेरोजगार युवालाई भत्ताको सट्टा रोजगारी दिनुपर्ने उल्लेख गरे ।

 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै युवा नजागेसम्म देशको परिवर्तन सम्भव नहुने बताए ।

 

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कल्याण गुरुङले बेरोजगारीका कारण देशका थुप्रै युवा विदेश पलायन भएको वर्तमान समयमा नयाँ बन्ने संविधानले युवाको अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताए ।

 

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष एवम् सभासद् उदयशमशेर राणाले संविधानमा युवा लक्षित केही कार्यक्रम ल्याएको भए पनि त्यो पूर्ण नभएकाले त्यसलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष एवम् सभासद् रञ्जीत कर्णले संविधानमा आर्थिक एजेन्डा र विकासको एजेन्डालाई समेट्न सकेमात्र युवाको समस्या समाधान हुने बताए ।

 

युनियनका अध्यक्ष नकुल अर्याल, केन्द्रीय अध्यक्ष बद्रि सिग्देल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायतले युवाले पर्याप्त अवसर नपाएकाले थप दबाब बढाउनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त हुनुभएकोमा पोषण केसी र युवा प्रतिभा पत्रकारिता सम्मानबाट सम्मानित हुनुभएकोमा युनियनका सल्लाहकार जीवन भण्डारीलाई दोसल्ला ओढाएर बधाई ज्ञापन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us