काठमाण्डु, ७ असोज– एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तराइ–मधेस जलिरहँदा पहाड–हिमाल चैनले सुत्न नसक्ने बताएका छन् । बिहाबार एक विज्ञप्ति प्रकाशित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले आधा जनसंख्या बसोबास गर्ने तराई–मधेस जलिरहँदा हिमाल–पहाड चैनले सुत्न नसक्ने बताएका छन् । भारतीय हस्तक्षेपको बारेमा...
भैरहवा, ६ असोज-विगत ४१ दिनदेखि भइरहेको बन्दका कारण दोहोरो चेपुवामा परेका भैरहवा क्षेत्रबाट प्रकाशित पत्रिका र एफएम रेडियो बन्द हुन पुगेका छन् । प्रशासन र आन्दोलनकारीले चेपुवामा पारेको भन्दै भैरहवा सञ्चालित दुई एफ र पाँच पत्रिका बिहिबारदेखि बन्द गरिएको मिडिया सञ्चालकहरुले जनाएका छन् ।...
दाङ, ७ असोज-गत भदौ १८ गते उपचारका क्रममा अमेरिकामा निधन भएका विश्वकै होचा व्यक्ति दाङका चन्द्रबहादुर डाँगीको शव अझै नेपाल ल्याउन नसकिएको उनको परिवारले जनाएको छ । अमेरिकामा बसिरहेका नेपाली योगेन्द्र क्षेत्रीले डाँगीको शव र उनीसँगै अमेरिका गएका भतिज दोलखलाई नेपाल पठाउन पहल गरिरहनु...
रौतहट, ७ असोज-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले मंगलबार गौर भन्सार कार्यालय नजिकको क्षेत्रमा धर्ना दिएपछि प्रहरीले धर्नामा संलग्न आठजनालाई पक्राउ गरेको छ । गौर भन्सार क्षेत्रमा धर्ना सुरु गरेको केही समयपछि प्रहरीले सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य रामकिशोर यादवसहित आठजनालाई पक्राउ गरेको हो ।...
परासी, ७ असोज-नवलपरासीमा स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणाको समयावधि आगामी असोज १४ गतेसम्मका लागि थप गरेको छ । यसअगावैको समय सकिएपछि बिहिबार बसेको सुरक्षा समितिको बैठकले निषेधित क्षेत्र घोषणाको समय असोज १४ गते राति १० बजेसम्मका लागि थप गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले...
दाङ, ७ असोज-गत साउन २७ गतेदेखि जारी दाङ देउखुरी बन्द बिहिबार दिउँसोदेखि खुलेको छ । थारुवान र थरुहट सङ्घर्ष समितिले गर्दै आएको बन्द खुलेसँगै देउखुरीमा चहलपहल बढेको छ । बन्द खुलेसँगै देउखुरीका लमही, भालुवाङ, गढवा, सिसहनियालगायतका प्रमुख तथा स्थानीय बजारमा चहलपहल बढेको छ भने...
काठमाण्डु, ७ असोज-संघीय समाजवादी फोरम नेपालले अध्यक्ष उपेन्द्र यादवको नाम जोडेर गलत प्रचार गरेकोमा आपत्ति जनाएको छ । बिहीबार पार्टीका प्रेस संयोजक महेश चौरसियाले एक विज्ञप्ति प्रकाशित गर्दै सप्तरीको राजविराजमा सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकको निर्णयलाई लिएर केही संचारमाध्यम र प्रायोजित व्यक्तिहरुले यादवलाई...
सप्तरी, ७ असोज-संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण पूर्व–पश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका ६०० सवारीसाधनलाई सप्तरी प्रहरीले बिहिबार सुरक्षा घेरा दिएर गन्तव्यतर्फ पठाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा रोकी राखिएका २७९ गाडीलाई सप्तरी हुँदै सुनसरी पु¥याइएका छन् । सुनसरीको कोसी ब्यारेजबाट सप्तरी...
कञ्चनपुर, ७ असोज-विद्युत् कटौती नघटाएको भन्दै कञ्चनपुरका विभिन्न विद्यार्थी सङ्गठनले विद्युत् कार्यालय कञ्चनपुरका प्रमुखको कुर्सी जलाएका छन् । बिहिबार कञ्चनपुरका विभिन्न सङ्गठनले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका प्रमुख पुष्पराज पन्तको कुर्सी जलाएका हुन् । नेवि सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, वैद्यरविप्लव क्रान्तिकारी र अखिल...
काठमाण्डु, ७ असोज– दलित नागरिक समाज, दलित भातृसंगठन एवं दलित अधिकारकर्मीहरुको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै हालै जारी नयाँ संविधानमा प्राप्त उपलव्धिको रक्षा गर्न आन्दोलन गर्नुको विकल्प नभएका बताएका छन् । विज्ञप्तिले अन्तरिम संविधानले स्थापित गरेको निर्वाचन प्रणाली र प्रतिनिधित्वको व्यवस्थालाई घटाएको, न्यायालय र...
पोखरा, ७ असोज-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो देशको हितमा निर्णय लिन नेपाली जनता सक्षम रहेको बताएका छन् । नेकपा एमाले क्षेत्र नं ४ ले नयाँ संविधान जारी भएको खुसियालीमा बिहीबार आयोजित चियापान समारोहमा उनले नेपाली जनताको यस्तो निर्णयलाई छिमेकी ठूला प्रजातान्त्रिक मुलुकले...
नर्वे– नर्वे अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासका साथै भूकम्पपछिको पुनःनिर्माणमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । स्थानीय निर्वाचन पर्यवेक्षणको प्रतिवेदन बुझाउन विदेश मन्त्रालयमा एकत्रित भएका नेपाल, श्रीलङ्का, मोजाम्बिक र केन्याका प्रतिनिधिमण्डलसँग सामूहिकरुपमा हालै भएको भेटवार्तामा उक्त मन्त्रालयका एक उच्च अधिकारीले त्यस्तो प्रतिबद्धता व्यक्त...