समाचार

तीन दलको बैठक बस्दै, मधेस आन्दोलनबारे छलफल हुने

२०७२ असोज ७ गते ९:२५

काठमाण्डु, ७ असोज– मधेसमा जारी आन्दोलनबारे छलफल गर्ने र वार्ताको वातावरण बनाउन प्रमुख तीन दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तीन दलको बैठकमा शीर्ष नेताहरु सहभागी हुँदैछन् । आन्दोलनमा रहेका दलहरुको चित्त बुझाउन प्रमुख तीन दलले ठोस प्रस्ताव अगाडि सार्ने...

टीकापुरको दंगाग्रस्त क्षेत्र हटाइयो

२०७२ असोज ७ गते ८:२८

धनगढी, ६ असोज–कैलालीको टीकापुर नगरपालिका र भजनी नगरपालिकासहित आसपासका गाविस क्षेत्रमा गएको एक महिनादेखि घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र राति १२ बजेबाट हटाइएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइंँले स्थानीय प्रशासन ऐनअनुसार एक महिनासम्म दङ्गाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेकोमा...

ट्रकमा आगजनी गर्ने तीन युवक पक्राउ

२०७२ असोज ७ गते ८:१९

इलाम, ७ असोज –मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–९ भालुझोडामा बुधबार साँझ ट्रकमा पेट्रोल छर्किएर आगजनी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शान्तिनगर–१ का सुरज थेवे, सुजन लिम्बू र अरुण मावो रहेका छन् । शान्तिनगरबाट सातजनाको समूहमा आएका युवाको समूहले धुलाबारीबाट इलामतर्फ...

अंगीकृत नागरिकता लिएका विदेशी नेपालको राष्ट्रपति हुनुपर्ने भारतको माग

२०७२ असोज ६ गते २०:१४

काठमाण्डु, ६ असोज– नेपालमा संविधानसभाबाट संविधान बनेकामा असन्तुष्ट दक्षिण छिमेकी भारतले संविधानमा समेटिनुपर्ने भन्दै सात बुँदा सार्वजनिक गरेको छ । भारतले संविधान संशोधनका लागि नेपालका राजनीतिक दललाई सात बुँदे प्रस्ताव पठाएको हो । भारतले पठाएका हरेक बुँदा सिमांकनको विरोधमा आन्दोलनरत मधेसी मोर्चाको मागसँग ठ्याक्कै...

निधनको एकवर्ष पुग्दा पनि भएन अझै नन्दप्रसादको अन्तिम संस्कार

२०७२ असोज ६ गते १९:२९

काठमाण्डु, ६ असोज– आफ्ना छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दागर्दै आमरण अनशन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको एक वर्ष पुगिसक्दा पनि अन्तिम संस्कार अझै हुन सकेको छैन ।   छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको १२ वर्ष पुगिसक्दा पनि अझै अधिकारी...

भारत बिरुद्ध यसरी खनियो सामाजिक संजाल

२०७२ असोज ६ गते १९:०१

काठमाण्डु, ६ असोज– यतिबेला भारत र नेपालको सम्बन्धबारे चारैतिर चर्चा छ । भारतले नेपालको स्वतन्त्रता र सर्वभौममाथि हस्तक्षेप गरेको भन्दै विश्वब्यापी रुपमा भारतको आलोचना सुरु भएको छ । यसै क्रममा ‘ब्याकअफइंडिया’ भन्ने भनाइलाई नारा बनाएर विश्वभरी भारतको विरोध गरिएको छ । भारतले नेपालले आफै...

प्रवक्ता कार्कीले सम्हाले जिम्मेवारी

२०७२ असोज ६ गते १८:२९

काठमाण्डु, ६ असोज– सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक तथा प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले बुधबारबाट आफ्नो जिम्मेवारी सम्हालेका छन् । यसअघि सो पदमा जिम्मेवारी सम्हाल्दै आउनुभएका सहायकरथी जगदीशचन्द्र पोखरेलले निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी कार्कीलाई कार्यभार हस्तान्तरण गरेका हुन् । पदभार हस्तान्तरण गर्दै पोखरेलले सञ्चार जगत्को...

नाकाबन्दी गरेर भारतको प्रतिरोधमा उत्रने विप्लवको घोषणा

२०७२ असोज ६ गते १८:२७

काठमाण्डु, ६ असोज– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतले नेपालमा नाकाबन्दी गरे प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले नेपालको राष्ट्रिय अखण्डतामाथि बाधा पु¥याउने नियतका साथ भारतीय शासक वर्गले नेपालमाथि हस्तक्षेप बढाएको बताए । ‘भारतले जनतालाई संकटमा पार्ने...

नयाँ संविधानले सबै नेपालीको आकांक्षालाई समेटेको छ : अर्थमन्त्री

२०७२ असोज ६ गते १८:१६

बागलुङ, ६ असोज– अर्थमन्त्री डा. रामशरण महतले नेपालले उत्कृष्ट संविधान पाएको बताएका छन् । चीन–भारत जोड्ने कालीगण्डकी करिडोरको अवलोकनपछि बुधबार बलेवामा आयोजित कार्यक्रममा उनले भने, ‘समावेशिताको दृष्टिकोणबाट विश्वमै हाम्रो संविधान उत्कृष्ट छ, सबै जनता अधिकार सम्पन्न भएका छन् ।’ संविधानले सबै नागरिकका सामाजिक, आर्थिक...

नागरिक समाजले गरायो सरकारको ध्यानकर्षण, ‘बल प्रयोग गरेर समस्याको समधान हुँदैन’

२०७२ असोज ६ गते १८:०८

काठमाण्डु, ६ असोज–एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको उपस्थितिमा नागरिक अधिकारकर्मीले राजधानीमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेका छन् । बुधबार राजधानीमा सम्पन्न अन्तक्र्रिया कार्यक्रमपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभाबाट नयाँ संविधान घोषणा भएको छ । तर, संविधान निर्माणको समग्र प्रक्रियामा संविधानसभाभित्र...

भन्सार र राजमार्ग केन्द्रीत आन्दोलन गर्ने मोर्चाको निर्णय

२०७२ असोज ६ गते १७:०१

सप्तरी, ६ असोज– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई– मधेसमा जारी आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । सप्तरीको सदरमुकाम राजविराजमा मंगलबार र बुधबार बसेको बैठकले ४० दिनदेखि जारी तराईमा जारी बन्द हड्ताल यथावत राख्ने निर्णय गरेको हो । बैठकले आन्दोलनलाई अझ सशक्त पार्न आन्दोलनरत...

एमाओवादीले बोलायो केन्द्रिय कमिटी बैठक

२०७२ असोज ६ गते १६:४९

काठमाण्डु, ६ असोज– एकीकृत नेकपा माओवादीले आगामी असोज १० गते सल्लाहकार परिषद् सहितको केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको एमाओवादीको पदाधिकारी बैठकले आउँदो १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । बैठकले भर्खरै जारी भएको नेपालको संविधानप्रति आफ्नो पार्टी भित्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us