समाचार

संविधान आएपछि रिक्साचालक उत्साहित

२०७२ असोज ७ गते १३:३८

मोरङ, ७ असोज– मधेसवादी दलले आह्वान गरेको बन्दबाट पीडित यहाँका रिक्सा चालक संविधान जारी भएपछि उत्साहित भएका छन् । दैनिक बिहान–बेलुका रिक्सा चलाएर छाक टार्ने विराटनगरको भट्टीमोडमा बस्दै आउनुभएका ६५ वर्षीय मोहम्मद जमिलले नयाँ संविधान आएकामा धेरै खुसी लागेको बताए । विगत ३० वर्षदेखि...

जनजातिको माग पूरा नगरेको भन्दै अमात्यद्वार एमाले परित्याग

२०७२ असोज ७ गते १३:२५

काठमाण्डु, ७ असोज–आदिवासी÷जनजाति समुदायको माग पूरा नगरी संविधान जारी भएकोमा असन्तुष्टि जनाउँदै एमाले ललितपुरका पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य वासुदेव अमात्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बिहीबार एक विज्ञप्ति प्रकाशन गर्दै उनले संविधानले उत्पीडित समुदायलाई अधिकार दिन नसकेको बताएका छन् । अमात्यले...

चीनसँगको नाका खोल्न सरकार तयार छः महत

२०७२ असोज ७ गते १३:१७

हुम्ला, ७ असोज– अर्थमन्त्री डा. रामशरण महतले चीनसँगका विभिन्न व्यापारीक नाका खोल्न सरकार तयार रहेको बताएका छन । हुम्लाको सदरमुकाम सिमिकोटमा बिहीबार गरिएको कार्यक्रममा अर्थमन्त्री महतले चीनको नाका खोल्दा आवश्यक वस्तु आयात गर्न सजिलो हुने भएकाले हिल्सा नाका खोल्न आवश्यक पर्ने सहयोग गर्न सरकार...

नेपालमा जल्यो मोदीको पुत्ला

२०७२ असोज ७ गते १३:१०

कञ्चनपुर, ७ असोज– भारतले नेपालको आन्तरिक विषयमा हस्तक्षेप गर्न थालेपछि यतिबेला चारैतिरबाट त्यसको विरोध भइरहेको छ । सोही क्रममा बिहीबार कञ्चनपुरमा क्रियाशील विभिन्न ६ विद्यार्थी संगठनले विराध स्वरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । ९१ प्रतिशत जनप्रतिनीधिको समथनर्मा बनेको संविधानको स्वागत गर्नुको...

आन्दोलन फिर्ता लिएर वार्तामा आए माग पूरा गर्छौंः तीन दल

२०७२ असोज ७ गते १३:०५

काठमाण्डु, ७ असोज– प्रमुख तीन दलका नेताहरुले बन्द हड्ताल फिर्ता लिएर वार्तामा आए माग पूरा गर्ने बताएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले तराईमा जारी आन्दोलन फिर्ता लिएर वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरेका हुन् । उनीहरुले...

मधेस आन्दोलनको कुनै तुक छैनः ज्वाला

२०७२ असोज ७ गते १२:२७

दाङ, ७ असोज – नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले मधेसमा जारी आन्दोलनको कुनै तुक नभएको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले बिहीबार गरेको पत्रकार सम्मेलनमा ज्वालाले मधेसवादी दलहरुले माग बिनाको आन्दोलन गरेको बताए । ‘मधेसवादी दलहरुले उठाएका सबै माग सम्बोधन भइसकेका छन्...

ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको नौ वर्ष पूरा

२०७२ असोज ७ गते १२:१२

ताप्लेजुङ, ७ असोज– ‘पुनःनिर्माण गरौँ थातथलो, गर्दै संरक्षणमा हातेमालो’ भन्ने नाराका साथ बिहीबार राष्ट्रिय संरक्षण दिवस मनाइँदैछ । सो दिवसको अवसरमा बिहीबार बिहान ताप्लेजुङको संरक्षण पार्कमा वृक्षारोपण तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । पार्कमा बनाइएको संरक्षणविद्हरुको सालिकमा माल्यार्पण पनि गरिएको छ । वातावरण...

फिर्ता भयो पूर्वको बन्द

२०७२ असोज ७ गते १२:०८

ताप्लेजुङ, ७ असोज– आन्दोलनकारी र प्रमुख तीन दलबीच सहमतिपछि आइतबारदेखि जारी पूर्वका नौ जिल्लाको आमहड्ताल तथा बन्दका कार्यक्रम फिर्ता भएको छ । झापामा भएको वार्तामा आन्दोलनकारी सङ्घीय लिम्बूवान पार्टी नेपालसहितका आन्दोलनरत पक्ष र प्रमुख तीन दलबीच सहमति भएपछि बन्दका कार्यक्रम फिर्ता भएको हो ।...

वीरगञ्ज भन्सारमा मधेसी मोर्चाको धर्ना

२०७२ असोज ७ गते ११:५७

वीरगञ्ज, ७ असोज– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनलाई थप सशक्त बनाउने निर्णयसँगै आन्दोलनकारीले बिहीबार बिहानदेखि वीरगन्जस्थित भारतीय नाकामा धर्ना दिएका छन् । वीरगन्ज र रक्सौलको बीचमा पर्ने मितेरी पुलमा आन्दोलनकारीहरुले धर्ना दिएर भन्सार क्षेमा नाकाबन्दी गरेका हुन् । धर्नामा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल...

नेपाली प्रतिनिधिमण्डल दोहाबाट न्युयोर्क प्रस्थान

२०७२ असोज ७ गते १०:५३

दोहा, ७ असोज– उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल दोहाबाट न्युयोर्कका लागि प्रस्थान गरेको छ । संयुक्त राष्ट्रसङ्घका ७०औँ महासभामा भाग लिन न्युर्योक जाने सिलसिलामा नेपाली प्रतिनिधिमण्डल हिजो राति कतार आइपुगेको थियो । उनहरुलाई कतारका लागि नेपाली कार्यवाहक राजदूत मणिरत्न...

नाकाबन्दी गरे चुप लागेर बस्दैनौं : अर्थमन्त्री

२०७२ असोज ७ गते १०:४३

सुर्खेत, ७ असोज– अर्थमन्त्री डा. रामशरण महतले नयाँ संविधान जारी भएपछि अब नेपालले आर्थिक विकासलाई मुख्य एजेन्डा बनाउनुपर्ने बताएका छन् । विकास निर्माण कामको अवलोकन गर्न सुर्खेत आएका अर्थमन्त्री डा। महतले नेपाल प्रेस युनियन सुर्खेतले बिहीबार आयोजना गरेको पत्रकारसम्मेलनमा राजनीतिक सङ्क्रमणका कारण आर्थिक एजेन्डा...

संविधानको स्वागत गरेको भन्दै मधेसी मोर्चाले चीनको झण्डा जलायो

२०७२ असोज ७ गते १०:४२

काठमाण्डु, ७ असोज– संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सुनसरीको सदरमुकाम इनरुवामा बुधबार चीनको झण्डा जलाइएको छ । यो विषयले मोर्चामा आवद्ध दलका नेताहरु पनि झस्केका छन् । बुधबार नै मोर्चाको बैठकमा चीनको झण्डा जलाउँदा आन्दोलनलाई अन्तर्राष्ट्रिय समर्थन प्राप्त नहुँदै गलत भएको केही नेताहरुले बोलेका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us