काठमाण्डु, ६ असोज– विभिन्न माओवादी पार्टीहरुमा आवद्ध युवाले भारतीय हस्तक्षेपविरुद्ध बुधबार राजधानीमा प्रदर्शन गरेका छन् । ‘ब्याक अफ इण्डिया’ लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका करिब दुई सय युवाले प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य...
म्याग्दी, ६ असोज– तपाईं वर्षमा कति दिन मौन व्रत बस्न सक्नुहुन्छ ? एक दिन, दुई दिन अथवा अझ बढी । तर धेरैलाई आश्चार्य लाग्न सक्छ निरन्तर १५ वर्षसम्म मौन व्रत बसेको थाहा पाउँदा । म्याग्दीका एक व्यक्ति भने विगत १५ वर्षदेखि मौन व्रतमा छन्...
पर्वत, ६ असोज–संविधानसभाबाट नयाँ संविधान पारित भएपछि सबैभन्दा खुसी सहिद परिवार देखिएका छन् । विसं २०६२\६३ को जनआन्दोलनका सहिद गोविन्दनाथ शर्माकी पत्नी भगवतीले भनिन्‘ श्रीमान्को निधन हुँदा जति पीडा थियो, त्यति नै पीडा संविधान नबन्दा भइरहेको थियो ।’ संविधान नबन्दा सहिदको सपना साकार नहुने...
काठमाण्डु, ६ असाेज– प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन् । संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन प्रधानमन्त्री कोइराला बुधबार साँझ न्यूयोर्क जाने कार्यक्रम थियो । यसअघि मंगलबार राति अबेरसम्म बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा मुलुक...
पर्सा, ६ असोज –जिल्लाको सुरक्षा व्यवस्थामा क्रमिक सुधार देखिएपछि स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञालाई बुधबार बिहान ६ देखि राति १० बजेसम्मका लागि हटाएको छ । जिल्ला सुरक्षा समितिको बुधबार बिहान बसेको बैठकले दङ्गाग्रस्त क्षेत्रलाई कायम राख्दै वीरगन्जबाट १६ घन्टाका लागि निषेधाज्ञा हटाउने निर्णय गरेको...
विराटनगर, ६ असोज –सुतली बम र पेट्रोल बमसहित एक युवकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विराटनगरको महावीरचौकबाट विराटनगर–१५ बस्ने १८ वर्षीय अमर मरिक डुमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ती विस्फोटक पदार्थ बोकी हिँडिरहेको अवस्थामा प्रहरीलाई शंका लागेर...
काठमाण्डु, ५ असोज– एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालमा नाकाबन्दी लगाउन नसक्ने बताएका छन् । नयाँ संविधानको स्वागतमा एमालेले मंगलबार दशरथ रंगशालामा गरेको चियापानमा ओलीले भारतले नाकाबन्दी गर्छ भन्ने विश्वास नरहेको उल्लेख गरे । भारतले नेपालमाथि नाकाबन्दी गरे त्यो नेपाल र भारत दुवैको...
काठमाण्डु, ५ असोज-गैरआवासीय नेपाली सङ्घ बेलायत र नेपाल पत्रकार महासङ्घ बेलायतको सक्रियतामा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५’ ‘इमेज च्यानल टिभी’का होमप्रसाद लम्साल र ‘अन्नपूर्ण पोष्ट’की दीपा दाहाललाई संयुक्त रुपमा दिइने भएको छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको अध्यक्षतामा गठित पुरस्कार...
काठमाण्डु, ५ असोज– नेपालमा संविधान जारी भएकामा असन्तुष्ट दक्षिण छिमेकी भारतले जनजाति नेताहरुलाई दिल्ली बोलाएको छ । परराष्ट्र मन्त्रालयले जनजाति आन्दोलनका अगुवालाई छलफलका लागि भन्दै दिल्ली बोलाएको हो । भारतले यसअघि तराई केन्द्रित दलका नेतालाई दिल्ली बोलाएको थियो । संविधानमा आफूहरुका माग नसमेटिएको भन्दै...
काठमाण्डु, ५ असोज-मुख्यसचिव डा सोमलाल सुवेदीले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय र केन्द्रलाई सङ्घीयता कार्यान्वयन गर्ने सन्दर्भमा पाँचबुँदे निर्देशन दिएका छन् । मुख्य सचिव डा सुवेदीले मंगलबार सबै मन्त्रालय, आयोग र सचिवालयलाई संविधानले तोकेको तीन तहको कार्यसूची र सहवर्ती अधिकारबमोजिम आआफ्नो जनशक्ति, स्रोत...
काठमाण्डु, ५ असोज-उपराष्ट्रपति परमानन्द झा चीनको सान्सी प्रान्तको सियान सहरमा आयोजना हुने ‘युरो–एसिया आर्थिक मञ्च २०१५’ को छैटौँ बैठकमा भाग लिन नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । यही असोज ६ देखि ९ गतेसम्म आयोजना हुने सो मञ्चमा सहभागी...
काठमाण्डु, ५ असोज- कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरी आचार्यले संविधानको घोषणा कामको समाप्ति नभएर प्रारम्भ भएको बताएका छन् । नेपालको संविधान, २०७२ जारी भएको खुसीयालीमा मन्त्री आचार्य स्वयंद्वारा मंगलबार शङ्खपार्कमा आयोजित चियापान कार्यक्रममा उनले संविधानको कार्यान्वयन यथाशीघ्र गर्र्दै जानुपर्ने बताए ।...