समाचार

अधिकारकर्मीले गरे मधेस घटनाको न्यायिक छानबिनको माग

२०७२ असोज ५ गते १६:२९

काठमाण्डु, ५ असोज– मानव अधिकारवादीहरुले मधेसमा भइरहेको हिंसा र ज्यान जाने गरी भएका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा आफूहरुले मधेसमा गरेको अनुगमनको अनुभव सुनाउँदै ह्यूमन राईट काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापाले तराइ आन्दोलनमा अत्याधिक...

विद्याको हत्यापछि घरमा आगो लगाइदिएको खुलासा

२०७२ असोज ५ गते १६:११

पाल्पा, ५ असोज-पाल्पा बौघागुम्बा गाविस–४ माथिल्लो छेलुङकी विद्याकुमारी दर्जीको हत्या सोही स्थानका चेतबहादुर बरालले गरेको रहस्य खुलासा भएको छ । हत्या गरी सोही दिन भारत पसेका बराललाई प्रहरीले हत्या भएको १० दिनपछि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले मंगलबार पत्रकार सम्मेलन गरी...

भारतको व्यहारले परिपक्व कुटनीतिक अभ्यास देखाएनः कुटनीतिज्ञ

२०७२ असोज ५ गते १५:५७

काठमाण्डु, ५ असोज – भारतले नेपालमाथि नाकाबन्दी लगाउने जस्तो गैरजिम्मेवार र अपरिपक्व नीति लिन नसक्ने परराष्ट्रविद्धहरुले औल्याएका छन् । मंगलबार रिपोर्टर्स क्लबले गरेको अन्तरक्रियामा परराष्ट्र मामिलका जानकारहरुले नेपालमा अशान्ति र अराजक गतिविधि बढ्दा भारतर्लाइ पनि फाइदा नहुने बताए । नेकपा एमालेका नेता तथा परराष्ट्रविद्व...

प्रचण्डसँग थारु नेताहरुको यस्तो आग्रह

२०७२ असोज ५ गते १५:४०

काठमाण्डु, ५ असोज-एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आदिवासी थारु समुदायले उठाएको राजनीतिक मागलाई सम्बोधन गर्न आफू प्रयत्नशील रहेको बताएका छन् । थारु सभासद् एवम् थारु नेताहरुसँग मंगलबार बिहान लाजिम्पाटमा भएको छलफलमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर...

मोर्चालाई मनाउने तीन दलको प्रयास असफल

२०७२ असोज ५ गते १५:३२

काठमाण्ठु, ५ असोज– प्रमुख तीन दलका नेता र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक निष्कर्ष बिहिन भएको छ । मंगलबार फोरम लोकतान्त्रिकको कार्यालय सानेपामा भएको छलफलमा शीर्ष नेताहरुले चित्त नबुझका कुरा संविधान संसोधन गरेर समाधान गर्न सकिने बताएका थिए । उनीहरुले जारी भएको संविधान पूर्ण...

भारतद्वारा महोत्तरीका तीनवटा नाका बन्द

२०७२ असोज ५ गते १५:२७

गौशाला, ५ असोज-भारतले मंगलबार बिहानदेखि महोत्तरी जिल्लाको तीनवटा सीमा नाकामा यातायात ठप्प गरेको छ । महोत्तरीको मुख्य भन्सार नाका भिठ्ठामोड, मटिहानी र सम्सीबाट भारत आवतजावत गर्ने सम्पूर्ण सवारी तथा मालबाहक गाडीलाई भारत बिहारको सीमा सुरक्षा बल ९एसएसबी०ले आज बिहानदेखि रोक लगाएको छ । भारतले...

भारतले गरेको नाकाबन्दीलाई समर्थन गर्न सक्छौंः गुप्ता

२०७२ असोज ५ गते १५:२५

काठमाण्डु, ५ असोज–तमलोपाका नेता बृजेश कुमार गुप्ताले भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समर्थन गर्न सक्ने बताएका छन् । मंगलबार काठमाण्डु टुडेसँग कुरानी गर्दै उनले आन्दोलनको स्वरुप परिवर्तन गर्ने र नयाँ दबाबका कार्यक्रम सार्वजनिक गर्न मोर्चाको बैठक बसिरहेको बताए । उनले भने, ‘हामी शान्तिपूर्ण वार्तार्फत नै...

भारतीय विज्ञप्तीबारे हामीलाई कुनै जानकारी छैनः ठाकुर

२०७२ असोज ५ गते १५:१४

विराटनगर, ५ असोज-तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताका लागि मार्गचित्रसहित सरकार अग्रसर हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सीमाङ्कन, समानुपातिक, समावेशीता जस्ता मधेसी मोर्चाले उठाएका मुद्दामा सरकार मार्गचित्रसहित वार्ताका लागि अग्रसर हुनुपर्ने स्पष्ट पारे । एक महिनाभन्दा...

गिर्जाघरमा बम पड्काउने तीनजना पक्राउ

२०७२ असोज ५ गते १५:०७

झापा, ५ असोज-गत भदौ २९ गते झापाको सुरुङ्गासहित दमक, खजुरजाछी र गौरादहमा रहेका गिर्जाघरमा बम विस्फोट गराउने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले उनीहरुलाई सार्वजनिक गरेको हो । हिन्दू मोर्चा नेपालको पर्चा छोडेर गिर्जाघरमा बम विस्फोट गराउनेहरुमा...

राष्ट्रसंघीय महासभामा नयाँ संविधानबारे छिटो जानकारी देऊ: विज्ञहरु

२०७२ असोज ५ गते १५:०१

काठमाण्डु, ५ असोज- विभिन्न राजनीतिक दलका नेताहरुले संयुक्त राष्ट्र सङ्घको महासभामा नेपालले नयाँ संविधान लागू भएको बारेमा सगर्व विश्व जगत्लाई जानकारी गराउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले नेपालले पहिलो पटक संविधानसभाबाट जारी गरेको ऐतिहासिक उपलब्धिलाई विश्वसामु राख्दै गरिबी निवारण, आतङ्कवाद निर्मूल, जलवायु परिवर्तनजस्ता विश्वका...

नाकाबन्दीबारे बोल्ने बेला भएको छैनः प्रचण्ड

२०७२ असोज ५ गते १४:५९

काठमाण्डु, ५ असोज– प्रमुख दलका शीर्ष नेताहरुले भारतले नाकाबन्दी लगाउन शुरु गरेको विषयमा अहिले नै बोल्न हतार हुने प्रतिक्रिया दिएका छन् । संयुक्त लोकतान्त्रि मधेसी मोर्चासँगको बैठकबाट बाहिरीने क्रममा एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले पेट्रोलियम पदार्थ बोकेको ट्यांकर...

एम्बुलेन्ससहित तीनवटा गाडीमा तोडफोड

२०७२ असोज ५ गते १४:३८

ताप्लेजुङ, ५ असोज-ताप्लेजुङमा गएराति एउटा एम्बुलेन्ससहित तीनवटा सवारी साधन तोडफोड गरिएको छ । बिरामी पु¥याएर पाँचथरको फिदिमबाट ताप्लेजुङतर्फ आइरहेको नेपाल ग्रामीण सेवा मञ्चको मे१च १९२६ नंको एम्बुलेन्समा तोडफोड भएको हो । ताप्लेजुङको दोखुमा पर्ने ल्याङ्वामा अज्ञात समूहद्वारा गाडी तोडफोड भएको प्रहरीले बताएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us