समाचार

जनार्दन भन्छन्, ‘स्वतन्त्र नेपालीको निर्णयमा बाह्य हस्तक्षेप हुनै सक्दैन’

२०७२ असोज ५ गते १०:५३

पोखरा, ५ असोज– एमाओवादीका नेता जनार्दन शर्माले नेपाली जनताको भावना र हितको पक्षमा नयाँ संविधान घोषणा भएकाले यसको विरुद्धमा कसैले पनि देशमा नाकाबन्दी र ताल्चा लगाउन नसक्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ कास्कीले मंगलबार बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले...

रामपुर नगरपालिकाका एक हजारभन्दा बढी घरमा शौचालय नै छैनन्

२०७२ असोज ५ गते ९:१७

पाल्पा, ५ असोज– जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुर नगरपालिकाभित्रका एक हजारभन्दा बढी घर छन् । जिल्ला विकास समिति पाल्पाले सन् २०१५ भित्र जिल्लालाई खुला दिसामुक्त बनाउने योजना लिए पनि रामपुर नगरपालिकाभित्र ठूलो संख्यामा शौचालय नबनेको घरधुरी पाइएको छ । रामपुर नगरपालिका घोषणाको बखत आठ...

प्रहरीकै गोली प्रहारबाट अर्को प्रहरीको मृत्यु

२०७२ असोज ५ गते ८:५९

चौतारा, ५ असोज–सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीमा एक प्रहरीको गोली प्रहारबाट अर्को प्रहरीको मृत्यु भएको छ । सोमबार राति १० बजे जिल्लाकै सुनखानी गाविस निवासी प्रहरी जवान अशोक बरालले थ्री नट थ्री राइफलले गोली प्रहार गर्दा जिल्लाकै पुल्चोक गाविस निवासी प्रहरी जवान रेशमबहादुर थापाको मृत्यु...

विरोधका बीचमै निस्कियो खुसियाली जुलुस

२०७२ असोज ४ गते १९:४३

इनरुवा, ४ असोज-नयाँ संविधान घोषणा भएसँगै सुनसरी सदरमुकाम इनरुवामा सोमबार खुसियाली जुलुस निकालिएको छ ।   प्रमुख तीन राजनीतिक दलका नेता तथा कार्यकर्ताले निकालेको संयुक्त जुलुसमा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।   गाउँ गाउँबाट नेपालको झन्डासहित निस्केको जुलुसले इनरुवा नगरका विभिन्न भागको परिक्रमा गरेको...

यी हुन् नयाँ संविधान जारी हुँदा यो धर्तीकै सबैभन्दा बढी खुसी हुने व्यक्ति !

२०७२ असोज ४ गते १९:३९

काठमाण्डु, ४ असोज-अन्तरिम मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले मुलुकले संविधानसभाबाट संविधान पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताएका छन् । संविधान प्रारम्भ भएको खुसियालीमा सोमबार सिंहदरबारमा आयोजित चियापान कार्यक्रममा रेग्मीले प्रतिक्रिया दिँदै भने, ‘संविधान जारी हुँदा म जतिको खुसी मान्छे यो नेपाली धर्तीमा...

भारतीय दबाबमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारको राजीनामा

२०७२ असोज ४ गते १९:२९

काठमाण्डु, ४ असोज– प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार प्रतीक प्रधानले पदबाट राजीनामा दिएका छन् ।   प्रधानले नयाँ संविधान जारी भएको भोलिपल्ट सोमबार राजीनामा दिएका हुन् । प्रधानको राजीनामा प्रधानमन्त्री कोइरालाले सोमबारै स्विकृत गरेका छन् ।     स्रोतका अनुसार प्रधानले भारतीय दबाबमा राजीनामा...

प्रधानसेनापतिले पूर्वका सैनिक जवानलाई दिए यस्तो निर्देशन

२०७२ असोज ४ गते १८:५०

काठमाण्डु, ४ असोज-प्रधानसेनापति राजेन्द्र क्षेत्रीले धनकुटास्थित नवनिर्मित निशान भगवती मन्दिरको सोमबार उद्घाटन गरेका छन् । उनले सोमबारनै पूर्वी पृतना हेडक्वाटर अन्तर्गतको नं २ बाहिनी अड्डा तथा सो अन्तर्गतका श्रीमेहर गणको निरीक्षण भ्रमणसमेत गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो अवसरमा सकल दर्जालाई सम्बोधन...

नयाँ संविधानको वैधानिकतामाथि कसैले चुनौती दिन सक्दैनः पौडेल

२०७२ असोज ४ गते १८:४१

बुटवल, ४ असोज-नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले नयाँ संविधानको वैधानिकतामाथि कसैले चुनौती दिन नसक्ने बताएका छन् ।   प्रेस चौतारी नेपाल रुपन्देहीले सोमबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभासद् पौडेलले संविधानको सफल कार्यान्वयन र रक्षा गर्ने जिम्मेवारी सबै राजनीतिक दलको काँधमा आएको बताए...

नयाँ संविधान नेपालको इतिहासमै महत्वपूर्ण उपलव्धी: नर्वे

२०७२ असोज ४ गते १८:३२

काठमाण्डु, ४ असोज-नर्वेले संविधान घोषणा भएकामा नेपाली जनतामा हार्दिक बधाई ज्ञापन गर्दै त्यसलाई नेपालको इतिहास र लोकतान्त्रिक विकासमा महत्वपूर्ण उपलब्धि भएको बताएको छ । यहाँस्थित शाही नर्वेली दूतावासले सोमबार एक विज्ञप्ति जारी गरी नेपालको सामाजिक एवम् आर्थिक विकासको भविष्य सुनिश्चित गर्न सबै राजनीतिक दलका...

नयाँ संविधानको विरोध गर्दै महतोले आत्महत्या गरे

२०७२ असोज ४ गते १८:१२

महोत्तरी, ४ असोज– आइतबार साँझ घोषणा भएको नयाँ संविधानको विरोध गर्दै महोत्तरी गौशालामा एक व्यक्तिले आत्महत्या गरेका छन् । गौशाला ५ का ५० बर्षीय रामप्रदिप महतोले घर नजिकै रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आइतबार साँझ घरबाट हराएका महतोको शव...

दुर्घटनामा दुईको मृत्यु

२०७२ असोज ४ गते १७:४५

  धादिङ, ४ असोज– पृथ्वी राजमार्गअन्तर्गत पिडा गाविसमा पर्ने घाटबेंसीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार गजुरीतर्फ जाँदै गरेको बा ४१ प ४५५६ नंको मोटरसाइकल सोही दिशामा गइरहेको ना ३ ख २९४६ नंको ट्रकसँग ठोकिँदा भएको...

यसरी गरियो देशभरि नयाँ संविधानको स्वागत

२०७२ असोज ४ गते १७:३१

काठमाण्डु, ४ असोज-नयाँ संविधान, २०७२ घोषणा भएको अवसरमा सोमबार पनि देशभरि खुसियाली मनाइँदै गरेका समाचार प्राप्त भएका छन् । जिरी (दोलखा): दोलखाको दोस्रो ठूलो बजार जिरीमा नेपालको संविधान, २०७२ जारी भएको खुसियालीमा ¥याली निकालिएको छ । ¥यालीमा राजनीतिक दल, विभिन्न सामाजिक सङ्घसंस्था, विद्यार्थी, सर्वसाधारणको सहभागिता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us