गोरखाबजार, ४ असोज-ब्याडमिन्टन खेलिरहेको अवस्थामा एक्कासि बेहोस भई भुइँमा ढलेपछि गोरखा सदरमुकामको भैरवी दल गणस्थित फूलबारी ब्यारेकमा कार्यरत एक सैनिकको मृत्यु भएको छ । लमजुङ सुन्दरबजार घरभएका ३५ वर्षीय चित्रबहादुर तामाङको सोमबार बिहान मृत्यु भएको हो । उनी हुद्दा पदमा कार्यरत रहेका थिए ।...
काठमाण्डु, ४ असोज– नेकपा एमालेका अध्यक्ष केपी ओलीले दोश्रो संविधानसभाले धेरै वाधा र व्यावधानहरुलाई पन्छाउँदै सफलता प्राप्त गरेको बताएका छन् । नयाँ संविधान जारी भएकै भोलिपल्ट (सोमबार) सैनिक मञ्चमा आयोजित भव्य स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले नयाँ...
काठमाण्डु, ४ असोज– ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ एनेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सैनिक मञ्च टुडिखेलमा आयोजित संविधानको विशेष स्वागत कार्यक्रममा माधव घिमिरेको यो कविता भन्दै आफ्ना कुरा सुरु गरे । तीन दलले संविधानको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै...
काठमाण्डु, ४ असोज-नेपाल भ्रमणमा रहेका डेनिस राजकुमार फ्रेडरिक एन्ड्रे हेनरिक नेपाल रेडक्रसको केन्द्रीय कार्यालय कालिमाटीमा सोमबार जानु भई सोसाइटीका गतिविधिबारे जानकारी लिएका छन् । डेनिस रेडक्रसको मानार्थ कमिसनरको हैसियतमा उनी अनौपचारिक भ्रमणमा भदौ ३१ गते नेपाल आएका थिए । सो अवसरमा मानवीय सेवामा सोसाइटीले...
काठमाण्डु, ४ असोज– प्रमुख तीन दलले नेपालको संविधान २०७२ को स्वागतका लागि आयोजना गरेको कार्यक्रममा एमाओवादी नेता बाबुराम भट्टराई उपस्थित भएनन् । सोमबार काठमाण्डुको सैनिक मञ्चमा गरेको कार्यक्रममा एमाओवादीका नेता भट्टराई, नारायण्काजी श्रेष्ठ र नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा उपस्थित भएनन् । पूर्व...
काठमाण्डु, ४ असोज-नयाँ संविधान जारी भएको खुसियालीमा आयोजना गरिएको विशेष स्वागत समारोह केही बेरपछि सैनिक मञ्च टुँडिखेलमा सुरु भएको छ । समारोहमा सहभागी हुन प्रमुख तीन राजनीतिक दलले विभिन्न स्थानबाट झाँकीसहितको ¥याली सुरु गरेका छन् । नयाँ संविधानको स्वागतका लागि नेपाल सरकारले सोमबार सार्वजनिक...
जाजरकोट, ४ असोज-यहाँको एक दुर्गम गाविसका ज्येष्ठ नागरिक भत्ता नभएको भन्दै सङ्र्घष समिति गठन गरी आन्दोलनको घोषणा गरेका छन् । जिल्लाको मजकोट–६ का धनवीर शाहीको संयोजकत्वमा २५ सदस्यीय सङ्र्घष समिति बनाई आन्दोलन गर्ने भएका हुन् । गत वर्षदेखि अहिलेसम्म एक वर्षको भत्ता नभएको भन्दै...
अछाम, ४ असोज-मदिरा सेवनका कारण अछाममा एक शिक्षकको ज्यान गएको छ । जिल्लाको विधा प्रवोधनी उच्चमाध्यमिक विद्यालयमा मावि तहमा कार्यरत शेरा गाविसको वडा नं ७ निवासी ३७ वर्षीय पदम भण्डारीको मदिरा सेवनका कारण ज्यान गएको हो । जिल्लाको कमलबजारमा बर्सेनि लाग्ने घाँसे मेला हेर्न...
पोखरा, ४ असोज-पोखरा उद्योग वाणिज्य सङ्घको आह्वानमा सोमबार बिहान बन्दको अवज्ञा गर्दै मोटरसाइकल ¥याली निकालिएको छ । ‘बन्दलाई सदाका लागि बन्द गरौँ, पोखरालाई बन्दमुक्त क्षेत्र घोषणा गरौँ’ भन्दै सङ्घको प्राङ्गण गैरापाटनबाट सुरु भएको ¥यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । पहिचान बिनाको संविधान...
काठमाण्डु, ४ असोज-नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालालाई सोमबार सम्मान गरिएको छ । नेपाली काँग्रेसको वन तथा वातावरण विभागले नेत्री कोइरालालाई दक्षिण एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को महिला विभागको सहअध्यक्षमा निर्वाचित भएको भन्दै सम्मान गरेको हो । उक्त कार्यक्रममा नेत्री कोइरालाले नयाँ संविधानले सङ्घीय...
विराटनगर, ४ असोज– नयाँ संविधानको विरोध गर्दै आन्दोलनमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा ३ जना घाइते भएका छन् । सोमबार बिहानैदेखि प्रर्दशनमा उत्रिएका आन्दोलनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा विराटनगरको महावीर चोकमा प्रहरीले चलाएको गोली लागी तीन जना घाइते भएका हुन् ।...
धनगढी, ४ असोज-सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्रमा सोमबार दिउँसो ११ बजेदेखि अपराह्न ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । सुरक्षाका कारण भन्दै नगर क्षेत्रमा आइतबार दिउँसो ११ बजेदेखि अपराह्न ४:३० बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । यसैगरी, चौबीस...