समाचार

हनुमानढोका कागेश्वरी मन्दिरमा मेला

२०७२ असोज ४ गते १३:०७

काठमाण्डु, ४ असोज-काठमाण्डुको हनुमानढोकामा रहेको कागेश्वरी महादेवको मन्दिरमा सोमबार मेला लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमी (आजको दिन) त्यहाँ मेला लाग्ने परम्पराअनुसार भक्तजनको सहभागिता बढेको हो । सो मन्दिर एक वर्षमा एकपटक मात्र खुल्ने हुँदा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । यस...

राष्ट्रसंघबाट फर्किएपछि राजीनमा दिन्छुः कोइराला

२०७२ असोज ४ गते १२:४६

काठमाण्डु, ४ असोज– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघको महासभामा भाग लिएर फर्कनासाथ राजीनामा दिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री कोइरालाले संविधानमा भएको प्रावधान अनुसार राष्ट्रसंघको महासभाबाट फर्किएपछि सरकारबाट बाहिरीनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले संविधान...

किन जाँदैछन् प्रधानमन्त्री कोइराला न्युयोर्क ? के–के गर्नेछन् त्यहाँ ?

२०७२ असोज ४ गते १२:१७

काठमाण्डु, ४ असोज– प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन १८ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही आउँदो बुधबार न्युयोर्क प्रस्थान गर्ने छन् । प्रधानमन्त्री कोइरालाले महासभालाई यही असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । असोज ११ देखि...

नेपालको अवस्थाबारे ब्रिफिङ गर्न भारतीय राजदुत दिल्ली प्रस्थान

२०७२ असोज ४ गते १२:११

काठमाण्डु, ४ असोज– नेपालको संविधान २०७२ जारी भएलगत्तै पछिल्लो राजनीतिक अवस्थाको बारेमा ब्रिफिङ गर्न नेपालका लागि भारतीय राजदुत रण्जीत राय नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । सोमबार बिहान नयाँ दिल्ली गएका राजदुत रायले नेपालमा संविधान जारी भइसकेपछिको अवस्थाबारे भारत सरकारलाई ब्रिफिङ गर्ने बताइएको छ...

संविधान जारी भएको भोलिपल्टै बिभिन्न स्थानमा बम भेटियो

२०७२ असोज ४ गते ११:३५

काठमाण्डु, ४ असोज – नयाँ संविधान जारी भएको भोलीपल्टै देशका विभिन्न स्थानमा बम फेला परेको छ । सोमबार बिहान खोटाङको दिक्तेलस्थित उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुको घरमा बेवारिसे अवस्थामा फेला परेको बम सेनाको वम डिस्पोजल टोलीले निष्कृय पारेको छ । लयालुको घरको बरन्डामा...

कुवेतमा एक नेपालीको मृत्यु

२०७२ असोज ४ गते १०:५६

झापा, ४ असोज – वैदेसिक रोजगारीका लागि कुवेत पुगेका झापा, शिवसताक्षी नगरपालिका–८ बाइसबिघे निवासी गङ्गाप्रसाद योङहाङको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रोजगारीका क्रममा १६ महिना अघिदेखि कुवेतस्थित अल्मलिया कम्पनीमा कार्यरत योङहाङको दुई दिनअघि दुर्घटनामा परेर ज्यान गएको हो । मृतक योङहाङका श्रीमती,...

गोपालदास पुरस्कार पत्रकार चेमजोङलाई

२०७२ असोज ४ गते १०:५२

उदयपुर, ४ असोज– दुई दशकभन्दा लामो समयदेखि मोफसलमा बसेर निरन्तर पत्रकारिता गर्दै आएका उदयपुरका वरिष्ठ पत्रकार कौशल चेमजोङलाई यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । गोपालदास पुरस्कार प्रतिष्ठान र प्रेस काउन्सिल नेपालले पत्रकार चेमजोङलाई एक लाख रुपैयाँ नगदसहितको पुरस्कार दिने निर्णय...

नयाँ संविधानमा तीन तहको राज्यको संरचना सुनिश्चित

२०७२ असोज ४ गते ९:३९

काठमाण्डु,४ असोज- ‘नेपालको संविधान, २०७२’ ले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्यको संरचनालाई सुनिश्चित गरेको छ ।नेपालको राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्ने प्रावधान सुनिश्चित गर्दै संविधानमा स्थानीय तहअन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने र गाउँपालिका र...

सभासद् चम्पादेवी भन्छिन्, ‘पतिको सपना पूरा भयो’

२०७२ असोज ४ गते ८:५२

बागलुङ, ४ असोज -संविधानसभाको उपनिर्वाचनमा विजयी हुँदा सभासद् चम्पादेवी खड्कासँग एउटै सपना थियो, पतिको संविधान लेख्ने इच्छा पूरा गर्नु । आज उहाँको सपना मात्र साकार भएको छैन, करोडौँ नेपालीको पनि भाग्यको फैसला भएको छ । पति वियोगको कठिन घडीमा पनि उपनिर्वाचनमा होमिदाको पीडा अहिले...

संविधान निर्माण भएको खुसियालीमा सडक निर्माण गरे म्याग्दीका सर्वसाधारणले

२०७२ असोज ४ गते ८:४४

  म्याग्दी, ४ असोज – नयाँ संविधान निर्माण भएको खुसियालीमा बेनी नगरपालिका ३ र ४ का बासिन्दाले आइतबार श्रमदान गरेर बेनी–भकुण्डे सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छन् । संविधान निर्माण भएपछि देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सबै सरोकारवाला एकताबद्ध भएर आफ्नो जिम्मेवारी...

सांसद सीताराम भण्डारीको घरमा आगजनी

२०७२ असोज ४ गते ८:३२

  महोत्तरी, ४ असोज – नयाँ संविधान जारी भएको दुई घन्टा नबित्दै महोत्तरी क्षेत्र नं ६ का सांसद सीताराम भण्डारीको घरमा केही अज्ञात व्यक्तिको समूहले आगजनी गरेका छन् । गएराति ८ बजेको समयमा आधा दर्जनभन्दा बढी मोटरसाइकलमा आएका अज्ञात समूहले सांसद भण्डारीको निवास भरतपुरमा...

नेपालमा संविधान आएकामा भारतद्वारा शुभेच्छा व्यक्त

२०७२ असोज ३ गते २२:१५

काठमाण्डु, ३ असोज– दक्षिण छिमेकी भारतले नेपालमा संविधानसभाले संविधान जारी गरेकामा शुभेच्छा प्रकट गरेको छ । राष्ट्रपति रामवरण यादवले आइतबार संविधान कार्यान्वयनमा आएको घोषणा गरेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली जनतालाई शुभेच्छा प्रकट गरेको हो । भारतले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानका पक्षमा सहयोग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us