काठमाण्डु, ३ असोज-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा सबै क्षेत्र र वर्गको सुरक्षा र सम्मानको प्रत्याभूति गरिएकाले यसमा असन्तुष्ट हुन आवश्यक नभएको बताएका छन् । संविधान घोषणा हुने समारोहमा प्रवेश गर्नु अघि अध्यक्ष ओलीले धेरै समयपछि दोस्रो संविधानसभाले संविधान ल्याउने सफलता पाएकाले...
१. पारित भएको संविधान राष्टपतिलाई हस्तान्तरण गर्ने २. हस्ताक्षर गरिएको संविधान राष्ट्रपतिले जारी गरी जेपाली जनता समक्ष नयाँ संविधान प्रारम्भ भएको घोषण गर्ने ३. सभाध्यक्षबाट धन्यावादको प्रस्ताव पारित गर्ने (सम्माननिय राष्ट्रपति महोदयद्वारा संविधानसभाबाट पारित नोपलको संविधानमा २०७२ साल असोज ३ गते आइतबारका दिन हस्ताक्षर...
राष्ट्रपति डा. रामवरण यादव संविधानसभा संविधानसभा भवनतर्फ हिडेका छन् । उनलाई कार्यालयबाट बबरमहल आउन १० मिनेट लाग्ने समय तय गरिएको छ । त्यहाँबाट बग्गीमा संविधानसभा भवनमा पुग्न १७ मिनेट लाग्ने बताइएको छ ।...
काठमाण्डु, ३ असोज–‘नेपालको संविधान २०७२’ घोषणा समारोहमा सहभागी हुन प्रधानमन्त्री लगायत प्रमुख दलका शीर्ष नेताहरु संविधानसभा भवन बानेश्वरमा पुगिसकेका छन् । त्यस्तै पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुखहरु, सभासदहरु लगायत आमन्त्रित अन्य विदेशी र स्वदेशी विशिष्ठ पाउनाहरु पनि संविधानसभा भवनमा पुगिसेका छन् । राष्ट्रपति...
काठमाण्डु, ३ असोज– केही बेरमा नेपालको संविधान जारी हुँदै छ । यतिबेला स्रविधानसभा भवन बाहिर नयाँ वानेश्वर आसपासमा हजारौँको संख्यामा मानिसहरु जम्मा भइ नेपाल–नेपाल भन्दै नारा लगाइरहेका छन् । बाहिरको माहोल निकै रमाईलो छ । मानिसहरु आपसमा खुसी आदानप्रदान गरिरहेका छन् । उनीहरुले नेपालको...
काठमाण्डु, ३ असोज– राष्ट्रपति रामवरण यादव यसबेला संविधान घोषणा पछिको मन्तव्य व्यक्त गरिरहनुभएको छ । संविधानसभा भवनमा आयोजित समारोहमा उनले नेपालको नयाँ संविधान जारी गरेलगत्तै नेपाली जनता सार्वभौम र राज्यशक्ति जनतामा स्थापित भएको बताए ।...
भक्तपुर, ३ असोज– भूकम्पले घर भत्काएर टहराको बास भए पनि देशले संविधान पाउने भएपछि भूकम्पको पीडालाई बिर्सिएर रमाएका छन् भक्तपुरका भूकम्पपीडित । संविधान पाउने भएपछि देशमा शान्ति स्थापना हुने र विकासले फड्को मार्ने विश्वासमा यहाँका भूकम्पपीडित खुसीले रमाएका हुन् । ‘आज संविधान जारी हुने...
काठमाण्डु, ३ असोज– संविधान जारी गर्ने समारोहमा सहभागीताका लागि आएका विदेश पाहुनाहरु अहिले संविधानसभा भवनमा प्रवेश गर्न थालेका छन् । विभिन्न देशका सरकारका प्रतिनिधिहरु, कूटनिितक नियोगका प्रमुख र प्रतिनिधिहरु अहिले संविधान घोषणा समाराहमा भाग लिन संविधानसभा भवन बानेश्वरमा पुगेका हुन । त्यस्तै देशभित्रकै विभिन्न...
काठमाण्डु, ३ असोज– संविधान जारी गर्न यसअघि राष्ट्रपति डा. रामवरण यादव साँझ ५ बजे संविधानसभा भवन जाने मिडियामा आएको थियो । तर, राष्ट्रपति सो समयमा त्यहाँ नपुगने भएका छन् । राष्ट्रपतिका पे्रस सल्लाहाकार राजेन्द्र दाहालका अनुसार ५ बजेको समय फिक्स समय नभएको र राष्ट्रपतिलाई...
काठमाण्डु, ३ असोज–उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संविधान जारी भएपछि त्यसको कार्यान्वयनका क्रममा सबैले सहकार्य गर्नुपर्ने बताएका छन् । संविधानसभाको बैठक कक्ष प्रवेश गर्ने क्रममा केही विदेशी सञ्चारमाध्यमका प्रतिनिधिको जिज्ञासामा गृहमन्त्री गौतमले नेपालको सङ्घीय गणतन्त्रात्मक संविधान आउन लागेकाले यसमा सबै पक्षको सहयोग र सहकार्य...
काठमाण्डु, ३ असोज–संविधान जारी हुँदै गर्दा अहिले चारैतिर खुसीयालीको रौनक छाएको छ । अबको केही बेरमा नेपालको संविधान २०७२ राष्ट्रपतिरामबरण यादवले जारी गर्दैछन् । बानेश्वर चोकमा अहिले विभिन्न पार्टी संवद्धकार्यकर्ता तथा बहुसंख्यक जनताहरु स्वतंस्फूर्त रुपमा नयाँ संविधानको स्वागतका लागि नारावाजीसहित तयार भएर बसेका छन्...
चितवन, ३ असोज-नयाँ संविधान, २०७२ को स्वागतमा सोमबार नारायणगढमा हुन गइरहेको बृहत् स्वागत ¥यालीमा चितवनका थारु समुदायको पहिचान झल्कने सांस्कृतिक झाँकी प्रदर्शन गरिने भएको छ । सो क्रममा लाठी नाच, झाम्टा नाच र डम्फु नाच देखाउन लागेको थारु नाचका संयोजक फूलमान महतोले बताए ।...