समाचार

हिन्दू राष्ट्र घोषणा नगरेपछि कांग्रेसभित्रका हिन्दूवादी आक्रोशित

२०७२ असोज ३ गते १४:३३

काठमाण्डु३ असोज– संविधानसभाबाट जारी हुन गईरहेको नेपालको संविधान २०७२ मा नेपाल सनातन हिन्दू राष्ट्र घोषणा हुनपर्छ भन्ने आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै कांग्रेस सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानले आपत्ति जनाएको छ । पूर्वगृहमन्त्री खुमबहादुर खड्का नेतृत्वको महाअभियानले आइतबार एक विज्ञति जारी गर्दै यस्तो आपत्ति...

यसरी गर्दैछ एमालेले चियापानको भव्य तयारी

२०७२ असोज ३ गते १४:२९

काठमाण्डु, ३ असोज-नेकपा एमालेले संविधानसभामार्फत नयाँ संविधान बनेको ऐतिहासिक अवसरमा यही असोज ५ गते आयोजना गर्ने चियापान कार्यक्रममा विशिष्ट व्यक्तिदेखि कार्यकर्तासम्म गरी ४० हजारलाई निम्तो दिएको छ । चियापान कार्यक्रमको तयारीबारे आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ऐतिहासिक अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा...

क्याम्पस र पाँच विकास टोलहरु मिलेर दीपावली गर्ने

२०७२ असोज ३ गते १४:२१

तनहुँ, ३ असोज-नेपालको संविधान, २०७२ घोषणा हुने खुसियालीमा भानुभक्त क्याम्पस र भादगाउँ, हाई स्कुल टार र निर्मल नगर र छिमेकी टोल विकास संस्थाहरु मिलेर क्याम्पस प्राङ्गणमा आइतबार साँझ ६ बजे दीपावली गर्ने भएका छन् । क्याम्पसमा आइतबार बिहान बसेको क्याम्पस प्रशासन र टोल विकास...

गणेशमान सिंहको स्मृतिमा अस्पताल बन्ने

२०७२ असोज ३ गते १४:१७

झापा, ३ असोज-लौहपुरुष गणेशमान सिंहको नामबाट झापाको झिलझिलेमा स्थापित गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यावसायिक शिक्षालयले झिलझिलेमा एकसय श्ययाको अस्पताल निर्माण गर्ने भएको छ । अस्पताल निर्माणका लागि झिलझिले बजार पूर्व उत्तर पूर्वपश्चिम राजमार्गसँग जोडिएको १० बिगाहा जमिन उपलब्ध भइसकेको र अस्पताल निर्माणका...

प्रहरी र प्रदर्शनकारीबीच झडप

२०७२ असोज ३ गते १४:१७

वीरगंज, ३ असोज– वीरगंजको घण्टाघर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनले वीरगंजमा लगाएको कर्फ्यु प्रर्दशनकारीले तोडेपछि वीरगंज तनावग्रस्त बनेको हो । भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।...

संविधान घोषणाबारे मन्त्रिपरिषद्मा छलफल

२०७२ असोज ३ गते १३:३७

काठमाण्डु , ३ असोज-मन्त्रिपरिषद्को आइतबारको बैठकमा राष्ट्रपति डा रामवरण यादवबाट ‘नेपालको संविधान, २०७२’ घोषणा गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा भएको बैठकमा राष्ट्रपति डा यादवले संविधान प्रारम्भ भएको घोषणा गर्ने विषयमा छलफल भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजालले जानकारी...

कस्ले गाड्यो कालो झन्डा ?

२०७२ असोज ३ गते १३:१२

दाङ, ३ असोज– नयाँ संविधानको विरोधमा थरुहट–थरुवान संयुक्त संघर्ष समितिले देउखुरीका विभिन्न सार्वजनिक स्थलमा कालो झन्डा गाडेको छ । आइतबार साँझ जारी हुन लागेको नेपालको संविभानमा आफूहरुको अधिकार नसमेटिएकाले त्यसको विरोध स्वरुप झन्डा गाडेको समितिका प्रवक्ता प्रकाश चौधरीले जानकारी दिए । समितिले आइतबार विराध...

यात्रुवाहक बसमा पेट्रोल बम प्रहार

२०७२ असोज ३ गते १३:०३

काठमाण्डु, ३ असोज–काठमाण्डुको पुरानो बसपार्कमा रोकिराखेका दक्षिणकाली यातयातको एक बसमाथि पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट भएको अगालागीपछि बा३ख २९०९ नम्बरको उक्त बस पूर्णरुपपमा क्षतिग्रस्त बनेको छ । \ बसमा कसले बम प्रहार ग¥यो भन्ने विषयमा छानबिन भइरहेको र बम प्रहार...

प्रहरी चौकीमा सिलिन्डर बम विस्फोट

२०७२ असोज ३ गते १२:३४

दाङ, ३ असोज–पूर्वपश्चिम राजमार्गमा पर्ने लमही नगरपालिकाको वडा नं १ नर्तीमा रहेको अस्थायी प्रहरी चौकीमा अज्ञात समूहले शनिबार राति सिलिन्डर बम विस्फोट गराएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण शाहीले दिएको जानकारीअनुसार बम विस्फोटबाट कुनै पनि मानवीय क्षति नभए पनि प्रहरी पोष्ट...

संविधान जारी गर्ने दिन गरेको बन्दको प्रतिकार

२०७२ असोज ३ गते १२:२३

गोरखा, ३ असोज – संविधान जारी गर्ने दिन नै नेपाल बन्दको आह्वान गरीएको भन्दै स्थानीयबासीले प्रतिकार गरेका छन् । बन्दको आह्वान गर्दै हरमटारी चोकमा हिँडेका नेकपा–माओवादी, नेकपा माओवादी र संघीय समाजवादी फोरमका नेता कार्यकर्तालाई आफ्नो पेशा व्यवसाय निर्वाद रुपमा गर्न पाउनुपर्ने भन्दै स्थानीयवासीले बन्दकर्ताको...

मातृका यादव र जयप्रकाश गुप्ता पनि उतैतिर लागे

२०७२ असोज ३ गते १२:२३

काठमाण्डु, ३ असोज– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बृहत् बनाउने अभियान सुरु भएको मोर्चाले जनाएको छ । मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चामा अन्य मधेसी दल तथा सङ्गठनहरुलाई थपेर बृहत् बनाउने अभियान सुरु गरिएको जानकारी दिए । सोही अभियानअन्तर्गत नेकपा माओवादीका अध्यक्ष...

संविधानसभाको अन्तिम दिन के हुँदैछ नयाँ बानेश्वरमा ?

२०७२ असोज ३ गते ११:५४

काठमाण्डु, ३ असोज– राष्ट्रपति डा. रामवरण यादव संविधानसभा भवनमा आइतबार साँझ ठिक ५ बजे पुग्नेछन् । राष्ट्रपति यादव झकिझकाउ कारगेडका साथ भवन परिसरमा पुग्ने बित्तिकै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पुष्पगुच्छा दिएर स्वागत गर्नेछन् । लगत्तै नेपाली सेनाको एक टुकडीले राष्ट्रगानसहित राष्ट्रपतिसमक्ष सम्मान गारथ अर्पण गर्नेछ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us