धनुषा, ३ असोज– धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरमा आइतबार बिहान एक जनाको सडक दुर्घटनामा मृत्यु भएको छ । तरकारी खरिद गर्न साइकलमा आएका एक व्यक्तिको महेन्द्रनगरको सडक किनारको नालामा लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरी बेलगाछी– ५ हाल जनकपुर उपमहाननगरपालिका–...
काठमाण्डु, ३ असोज–संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुन लागेको खुसियालीमा सहर तथा गाउँ, बस्ती सरसफाइ गरिएको छ । आफ्ना जनप्रतिनिधिद्वारा संविधान जारी हुन लागेको खुसियालीमा गाउँ, बस्ती, टोल, वडाका स्थानीयवासी आज बिहानै घर, चोक, आँगन सरसफाइमा जुटेका छन् । राजनीतिक दलका प्रतिनिधि,...
काठमाण्डु, ३ असोज– संविधान जारी हुने दिन आइतबार बिहानै काठमाण्डुका विभिन्न स्थानमा बम फेला परेको छ । ललितपुरको महालक्ष्मीस्थान र पुल्चोक तथा काठमाण्डुको रवीभवनमा बम भेटिएको प्रहरीेल जनाएको छ । महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा र पुल्चोकको सुजुकी सोरुम अघि बम भेटिएको थियो । नेपाली...
काठमाण्डु, ३ असोज– आइतबार बिहान पनि भूकम्पको पराकम्पन गएको छ । बिहान ४ बजेर ५ मिनेट जाँदा दोलखाको गौरीशङ्कर संरक्षण क्षेत्र आसपास केन्द्रबिन्दु भएको ४ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि आजसम्म ४ रिक्टर...
काठमाण्डु, ३ असोज – जनताका प्रतिनिधिले पहिलोपटक लेखेको संविधान नेपालमा आइतबार अपराहन् पाँचबजेदेखि कार्यान्वयन हुँदैछ । ०६३ सालमा बनाइएको नेपालको अन्तरिम संविधानलाई यस नयाँ संविधानले प्रतिस्थापन गर्दै छ । संविधानसभाको दुईतिहाई भन्दा बढी मतले सभाबाट पारित नेपालको संविधान धेरै अर्थमा नयाँ र महत्वपूर्ण पनि...
काठमाण्डु, ३ असोज– संविधान जारी हुने दिन आइतबारका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको आमहड्तालको असर काठमाण्डुमा परेका छैन । आइतबार बिहानैदेखि मोटरसाइकल, ट्याक्सी, भाडाका सवारी साधन, यात्रुबाहक बस, टेम्पो निर्वाधरुपमा सञ्चालन भइरहेका छन् । बन्दको आह्वान गरिएपनि बन्दकर्ता कतै पनि...
काठमाण्डु, २ असोज-नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तराईलाई पहाड र हिमालबाट अलग गर्नुपर्छ भन्ने मागलाई कुनै पनि हालतमा सम्बोधन गर्न नसकिने बताएका छन् । एमाले सिन्धुली–काठमाण्डु सम्पर्क मञ्चको नवौँ सम्मेलनको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले कुनै जाति र क्षेत्र...
काठमाण्डु, २ असोज-व्यवस्थापिका–संसद्को वर्षे अधिवेशन शनिबार मध्यरातबाट अन्त्य हुने भएको छ । राष्ट्रपति डा रामवरण यादवले पठाउनु भएको अधिवेशन अन्त्यसम्बन्धी पत्र आज बसेको व्यवस्थापिका–संसद्को बैठकमा सभामुख सुवास नेम्बाङले वाचन गरेर सुनाएका थिए । प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा यादवले संसद् अधिवेशन...
काठमाण्डु, २ असोज– प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीले संविधान निर्माण प्रक्रिया बहिस्कार गरेका असन्तुष्ट मधेस केन्द्रित दललाई आइतबार हुने संविधान घोषणा समारोहमा सरिक हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पत्रकार सम्मेलन गरी काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, एमाले...
काठमाण्डु, २ असोज-संविधानसभाले पारित गरेको नेपालको संविधान २०७२ यही असोज ३ गते जारी हुने खुसियालीमा असोज ४ गते दिउँसो १ बजे काठमाण्डु टुडिखेलस्थित सैनिक मञ्चमा आयोजना हुने भव्य समारोहमा उपस्थित हुन सरकारले सबैसँग अनुरोध गरेको छ । सरकारका तर्फबाट सूचना तथा सञ्चार मन्त्रालयले शनिबार...
लहान, २ असोज-सिरहाको गोलबजार नगरपालिका–९ मा शनिबार मध्याह्न एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार मृत्यु हुनेमा गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया सुरेखाकुमारी महतो छिन् । दाउरा र झिक्राझिक्री खोज्न निस्किएकी सुरेखालाई दाउरा खोज्दै गर्दा हाइटेन्सन...
काठमाण्डु, २ असोज-राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपाल समानान्तरका सहअध्यक्ष दीलविकास राजभण्डारीको नेतृत्वमा ८१ जना कार्यकर्ता शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० मा प्रवेश गरेका छन् । शनिबार आयोजित कार्यक्रममा राप्रपाका पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उनीहरूलाई पार्टी प्रवेश गराउँदै मुलुकको राष्ट्रियता, सामाजिक एकता कमजोर भइरहेको अहिलेको अवस्थामा राष्ट्रवादी...