समाचार

दुईवटा टयांकर छाडेर भारतले देखायो यस्तो नाटक !

२०७२ असोज ८ गते १८:१९

झापा, ८ असोज-नेपालको पूर्वी नाका काँकडभिट्टाबाट शुक्रबार अपराह्न पेट्रोलियम पदार्थ बोकेका दुई ट्याङ्कर नेपाल प्रवेश गरेका छन् । भारतीय सीमा पानीटङ्कीमा सुरक्षा जाँचको बहानामा तीन दिनदेखि सयौँ नेपाली मालवाहक ट्रक तथा ट्याङ्करलाई रोकिएकामा शुक्रबार ती ट्याङ्करलाई भारतीय पक्षले छाडिदिएको मेची भन्सार कार्यालयले जनाएको छ...

प्रेसरकुकर बम बिष्फोट

२०७२ असोज ८ गते १८:००

  सिराहा, ८ असोज– सिराहा नगरपालिका–७ स्थित जिल्ला अदालतको पुर्बपट्टी खाली जग्गामा बिहीबार साँझ प्रेसरकुकर बम बिष्फोट भएको छ । बिष्फोटबाट नजिकैको स्थानीयको घरको सिसा फुटेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...

संविधान संशोधन गर्न सकिने भएकोले आन्दोलनरत दलले चित्त बुझाउनुपर्छ: महत

२०७२ असोज ८ गते १७:४७

पाल्पा, ८ असोज-नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले संविधान जारी भएपछि नेपाली जनतामा खुसी ल्याएको बताएका छन् । संविधान घोषणासँगै देश आर्थिक समृद्धितिर अघि बढ्ने उनको भनाइ थियो । नेपाल जेसिस क्षेत्र घ सम्मेलनको शुक्रबार पाल्पामा उद्घाटन गर्दै उनले भने, ‘दुइतिहाई बहुमतले संविधान...

मधेसवादी दललाई खनालले भने, ‘अघाउन्जेल आन्दोलन गर्नुस्, हिंसा गरे अप्ठ्यारो पर्ला ।’

२०७२ असोज ८ गते १७:२७

काठमाण्डु, ८ असोज– पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले नाकाबन्दी जस्तो अवस्था आउनुमा भारतकै कमजोरी भएको दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने–भारतमै सामान रोक्ने कुरा मधेसवादी दलहरुले गर्न सक्दैनन ।  खनालले नेपालको पारवहन अधिकार भारतको कृपाको...

भक्तपुरमा टिपरको ठक्करबाट न्यौपानेको मृत्यु

२०७२ असोज ८ गते १७:२२

भक्तपुर, ८ असोज-काठमाण्डुबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४५ प ३१९२ नम्बरको मोटरसाइकललाई ना ३ ख ९०९५ नम्बरको टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीमा स्थानीय पेट्रोल पम्पमा तेल हालेर बाहिरिँदै गरेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–१५ कौसलटार बस्ने भुवन...

सुन्नी र वहबी समुदायबीच विवाद भएपछि…

२०७२ असोज ८ गते १६:२१

दाङ, ८ असोज-दाङको घोराहीमा रहेका सुन्नी मुस्लिम समुदायले शुक्रबार वकर इद पर्व सडकमै मनाएका छन् । घोराहीको फुर्सेखाली जाने सडक छेउमा रहेको कब्रस्थानमा नमाज पढ्ने विषयमा विवाद भएपछि सुन्नी समुदायका मुसलमानले घोराहीको नेपाल टेलिकम कार्यालयको अगाडि चौराहमा नमाज पढेका हुन् । कब्रस्थान अर्थात् शवदाहस्थलमा...

ओलीले भने, ‘आन्दोलनका नाममा निर्दोष व्यक्ति र प्रहरीमाथि आक्रमण स्वीकार्य छैन’

२०७२ असोज ८ गते १५:५६

काठमाण्डु, ८ असोज-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारीपछि राजनीतिक सङ्क्रमणकाल समाप्त भएकाले केही दलले असन्तुष्टि व्यक्त गर्ने क्रममा गरेको हिंसात्मक गतिविधि अस्वीकार्य भएको बताए । नेपाल पर्यटन राष्ट्रिय व्यवसायी सङ्गठनको प्रथम महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले विश्वका कुनै पनि मुलुकका भन्दा...

लालबाबुले भने, ‘नयाँ संविधानले समृद्धिको बाटो खुलेको छ’

२०७२ असोज ८ गते १५:३५

काठमाण्डु, ८ असोज-सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नयाँ संविधानले नेपालको समृद्धिको मार्ग प्रशस्त गरेको बताएका छन् । डिकुरा पब्लिकेसन र रिड एन्ड ग्रो रिचको आयोजनामा देखि भृकुटीमण्डपमा सुरु दोस्रो बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव–२०७२ को शुभारम्भ समारोहमा उनले संविधानले देशलाई समृद्धि र विकासको मार्गमा...

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

२०७२ असोज ८ गते १५:२३

काठमाण्डु, ८ असोज-सरकारसँग भएको ११ बुँदे सहमति पालना नभएको भन्दै आमरण अनशनरत त्रिविवि शिक्षण अस्पताल हाडजोर्नी विभागका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । छैठौँ अनशनले बिग्रिएको स्वास्थ्य तङ्ग्रिन नपाउँदै असोज २ गते शनिबार दिउँसोबाट सातौँ अनशन सुरु गरेका डा...

तीन ठूला दलसँगको सम्झौताबारे यसो भने उपेन्द्रले

२०७२ असोज ८ गते १५:१७

सप्तरी, ८ असोज-सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा मधेसवादी दलसँग भएको सम्झौता कार्यान्वयन भएमात्र अविलम्ब वार्ता हुनसक्ने बताएका छन् । उनले शुक्रबार सप्तरीको सदरमुकाम राजविराजमा पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै अहिले मधेसमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी र प्रशासनबाट भइरहेको दमन तत्काल रोक्नुपर्ने, छावनीबाट...

एनआरएनएमा अमेरिकाबाट सातजनाको उम्मेदवारी

२०७२ असोज ८ गते १५:०८

अमेरिका, ८ असोज-गैरआवासीय नेपाली संघ (एनआरएनए) को असोजमा काठमाण्डुमा हुन गइरहेको महाधिवेशनबाट चुनिने नयाँ कार्य समितिका लागि विश्वभरिबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । दश हजारभन्दा बढी सदस्य सङ्ख्या बनाएको अमेरिकाले यस पटक आफ्नो देशबाट समेत राम्रो उपस्थिति खोजेको अवस्थामा सबैभन्दा धेरै प्रतिनिधि...

ओलीको अगाडि उपरखुट्टी लगाएर बसे भारतीय राजदूत (तस्बिरसहित)

२०७२ असोज ८ गते १४:२५

काठमाण्डु, ८ असोज– भारतीय राजदुत रञ्जित रायले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा राय ओली अगाडि उपरखुट्टी लगाएर बसेका थिए । यसरी कुटनीतिक भेटघाटमा उपरखुट्टी लगाएर बस्नुलाई हेपेको वा असन्तुष्टी ब्यक्त गरेको भनेर बुझ्ने गरिन्छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us