समाचार

पर्यटकीय क्षेत्र खुला भएपछि इलाममा पर्यटक आवागमन बढ्यो

२०७२ असोज ९ गते ११:४१

इलाम, ९ असोज–रेडपाण्डाको प्रजनन समय भएको भन्दै दार्जिलिङको वन विभागले तीन महिनादेखि लगाएको पर्यटक प्रतिबन्ध खुल्ला गरेको छ । दार्जिलिङको सिंहलिला नेसनल पार्कमा रहेका रेडपाण्डा र विभिन्न जनावर र चराचुरुङ्गीको प्रजननमा असर नपुगोस् भनेर बर्सेनि तीन महिनाका लागि पर्यटक प्रतिबन्ध लगाउने गरिएको छ ।...

गृहमन्त्री बामदेव गौतमबारे उनकै पत्नी तुलसाले गरिन् यस्तो खुलासा

२०७२ असोज ९ गते ११:२३

काठमाण्डु, ९ असोज– गृहमन्त्री बामदेव गौतम वास्तवमा कस्ता छन् ? यसको खुलासा उनकै पत्नी तुलसा गौतमले गरेकी छिन् । गृहमन्त्रालयको जिम्मेवारी तेस्रोपटक सम्हालेयता गौतम पटक पटक विवादमा परेका छन् । त्यस्ता विवाद पत्रपत्रिकामा नआउने कुरै भएन । तर गौतमले आफ्नो विवादास्पद समाचारलाई उनले ‘ठीक...

हिंसा होइन, वार्ताबाट समस्याको समाधान खोजः राष्ट्रपति

२०७२ असोज ९ गते ११:१५

काठमाण्डु, ९ असोज– राष्ट्रपति डा. रामवरण यादवले तराईमा जारी हिंसाले सामाजिक सद्भाव भड्किन सक्ने भन्दै सचेत बन्न तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरेका छन् । शनिबार शितलनिवासबोलाएर राष्ट्रपति यादवले तराईमा जारी बन्द हड्ताल र हिंसाका कारण सर्वसाधारण आक्रान्त बनेको भन्दै तत्काल समस्याको समाधान गर्न...

दसैं आओस् कि तिहार आओस्, भारतबाट एक छटाक सामान भित्रन दिन्नौंः महतो

२०७२ असोज ९ गते १०:५९

काठमाण्डु, ९ असोज– संविधानको विरोधमा आन्दोलनरत मधेस केन्द्रित दलले हिन्दू नेपालीको दुई ठूला चाड दसैं र तिहारमा समेत भारतबाट दैनिक उपभोग्य बस्तु आयात गर्ने नदिने भएको छ । केही दिनयता भारतीय सिमा नाकामा ढुवानीका साधन आवत जावतमा रोक लगाएको मोर्चाले दसैं र तिहारका लागिसमेत...

नयाँ संविधानसँगै उद्योग व्यवसाय फस्टाउने

२०७२ असोज ९ गते १०:४६

बैतडी, ९ असोज– नयाँ संविधान जारी भएसँगै उद्योग व्यवसायको क्षेत्रमा पनि सुधार हुने यहाँका व्यवसायीले बताएका छन् । बैतडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खीमानन्द भट्टले नेपाली जनताको लामो त्याग र तपस्यापछि संविधानसभाबाट संविधान जारी भएकाले अब देशमा शान्ति स्थापना हुने र शान्ति स्थापनासँगै औद्योगिक...

सामाजिक सद्भावको सन्देश लिएर प्रधानमन्त्री टीकापुरमा

२०७२ असोज ९ गते १०:४२

काठमाण्डु, ९ असोज– प्रधानमन्त्री सुशील कोइराला कैलालीको टीकापुर गएका छन् । गत भदौं ७ गते आन्दोलनरत थारुहरुको प्रदर्शनका क्रममा भएको त्रासदिपूर्ण घटनाका कारण आठ सुरक्षाकर्मीसहित नौ जना मारिएको स्थानमा प्रधानमन्त्री सुशील कोइराला पहिलो पटक जान लागेका हुन् । सरकारका तर्फबाट गृहमन्त्रीसमेत उपस्थित नभएको भन्दै...

जोगवनी नाकामा भारतले रोक्यो १५ सय ट्रक, ट्यांकर

२०७२ असोज ९ गते १०:०२

मोरङ, ९ असोज– भारतीय भन्सारले सामान जाँच पास नगर्दा भारतबाट सामान लिएर नेपाल आएका १ हजार ५ सय मालबाहक सवारीसाधन भारतमा अलपत्र परेका छन् । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरका अनुसार गत बुधबारदेखि कुनै पनि मालबाहक सवारीसाधन भित्रिएका छैनन् । भारतीय भन्सार...

जलेश्वरमा दिनमा निषेधाज्ञा हटाइयो

२०७२ असोज ९ गते ९:३७

महोत्तरी, ९ असोज– स्थानीय प्रशासन कार्यालयले महोत्तरीको सदरमुकाम जलेश्वरमा दिनमा लगाउँदै आएको निषेधाज्ञा (कफ्र्यु)आजबाट हटाएको छ । प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेका अनुसार आजदेखि जलेश्वरमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा हटाएको छ भने राति ९ बजेदेखि बिहान ५ सम्म मात्रै निषेधाज्ञा यथावत्...

झारफुकको भर पर्दा रेबिजका बिरामीको ज्यान गयो

२०७२ असोज ९ गते ९:२६

जाजरकोट, ९ असोज –रेबिज लागेका व्यक्तिलाई धामीझाँक्रीद्वारा झारझुक गराउँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको ढिमे गाविस–५ खुर्पाका २३ वर्षीय कर्णबहादुर वादीको शनिबार बिहान ४ बजे जिल्ला अस्पतालमा मृत्यु भएको हो । साउन महिनामा बहुलाएको कुकुरले वादीलाई टोकेको थियो । कुकुरले टोकेपछि...

रौतहटमा दङ्गाग्रस्त क्षेत्र हटाइयो

२०७२ असोज ८ गते १९:५९

रौतहट, ८ असोज-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हडताल र बन्दका कारण स्थानीय प्रशासनले घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र शुक्रबारदेखि हटाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले जिल्ला सदरमुकाम गौरको जनजीवन बिस्तारै सहज बन्दै गएपछि दङ्गाग्रस्त क्षेत्र हटाएको सहायक प्रजिअ रामराज सुवेदीले बताए । गौरमा...

गच्छादार भए सरकारसँग वार्ता गर्न तयार

२०७२ असोज ८ गते १८:५५

काठमाण्डु, ८ असोज-सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेस–थरुहटमा भइरहेको शान्तिपूर्ण आन्दोलनलाई निर्णायक रुपमा अघि बढाउन र अन्य मोर्चासँग सहकार्यका लागि वार्ता समिति गठन गरेको छ । मोर्चाका संयोजक विजयकुमार गच्छदारको अध्यक्षतामा शुक्रबार भएको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको संयोजक गच्छदारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ...

दिल्लीको कदमबारे राजदूत उपाध्यायले प्रधानमन्त्रीलाई दिए गोप्य सल्लाह

२०७२ असोज ८ गते १८:४१

काठमाण्डु, ८ असोज-प्रधानमन्त्री सुशील कोइरालालाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारतीय उच्च अधिकारीसँग भएको छलफलका विषयमा जानकारी गराएका छन् । सङ्घीय प्रदेशको सीमा निर्धारण र संविधानसभाबाट संविधान जारी भएसँगै तराई–मधेसमा जारी आन्दोलन र त्यसको प्रभावबारे नयाँदिल्लीमा भएका छलफलका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us