समाचार

संविधान संशोधन गरेर असन्तुष्टहरुको माग पूरा गर्दै जान्छौं : आचार्य

२०७२ असोज ९ गते १५:०९

काठमाण्ड, ९ असोज– कानून मन्त्री नरहरी आचार्यले संविधान संशोधन गरेर असन्तुष्टहरुको माग पूरा गर्दै जाने बताएका छन् । राष्ट्रिय नागरिक सरोकार केन्द्रले राजधानीमा आयोजित गरेको कार्यक्रमलाई सम्वोधन गर्दै संविधानको कार्यान्वयनमा केही चुनौति रहे पनि त्यसलाई छलफल, संवाद र सहमतिको माध्यमबाट कार्यान्वयन गर्दै जाने स्प्ष्ट...

तराई–मधेसका २५ लाख जनता संविधानको पक्षमाः नेपाल

२०७२ असोज ९ गते १५:०७

काठमाण्डु, ९ असोज– नेकपा एमालेका नेता माधवकुमार नेपालले तराई–मधेसका अधिकांस जनता नयाँ संविधानको पक्षमा रहेका दाबी गरेका छन् । शनिबार नेकपा–एमाले पाँचथर–काठमाण्डु सम्पर्क मञ्चले गरेको कार्यक्रमर्लाइ सम्बोधन गर्दै नेता नेपालले केही मधेस केन्द्रित नेताहरुले बिरोध गरेपनि तराई–मधेसका २५ लाख मतदात नयाँ संविधानको पक्षमा रहेको...

राष्ट्रपतिले प्रचण्डलाई भने, ‘संकट समाधानको नेतृत्व तपाईंले लिनुस्’

२०७२ असोज ९ गते १४:५६

काठमाण्डु, ९ असोज– राष्ट्रपति रामवरण यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तराई–मधेसमा जारी समस्याको वार्ताबाट खोज्न आग्रह गरेका छन् । शनिबार शीतलनिवास बोलाएर राष्ट्रपतिले समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्न प्रचण्डलाई आग्रह गरेका हुन् । ‘तराई–मधेसमा जारी आन्दोलनको अन्त्य वार्ताबाटै होओस् , राष्ट्रपतिको...

बाह्र घन्टाका लागि दङ्गाग्रस्त क्षेत्र खुल्ला

२०७२ असोज ९ गते १४:२५

सप्तरी, ९ असोज-सप्तरी प्रशासनले घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र शनिबार बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मका लागि हटाएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले दिनुभएको जानकारीअनुसार सप्तरी जिल्लाको पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजदेखि लहानको बलान खोलासम्मका जनजीवन विस्तारै सहज बन्दै गएपछि दङ्गाग्रस्त क्षेत्र हटाएको...

आन्दोलन त्यागेर वार्तामा आउः देउवा

२०७२ असोज ९ गते १४:२१

ललितपुर, ९ असोज– नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तराई–मधेसमा आन्दोलनरत दललाई बिना सर्त वार्तामा आउन आग्रह गरेका छन् । शनिबार पार्टी मुख्यालय सानेपामा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले वार्ताको विकल्प नभएकोमा जोड दिए । ‘संविधान संशोधन गरेर तपाईहरुका माग पूरा...

सर्बदलीय बैठक बस्दै

२०७२ असोज ९ गते १४:०४

काठमाण्डु, ९ असोज– प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका संसदमा रहेका सबै राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन् । शनिबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । बैठकमा आगामी...

थामखर्क विमानस्थलमा नियमित उडान हुने

२०७२ असोज ९ गते १३:४७

खोटाङ, ९ असोज-दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा यही असोज १५ गतेदेखि नियमित उडान हुने भएको छ । गत जेठदेखि उडान अवरुद्ध भएको थियो । नजिकिँदै गरेको दशैं तथा तिहारलाई ध्यानमा राखेर नेपाल वायुसेवा निगमले नियमित उडान भर्ने तालिका सार्वजनिक गरेको स्टेसन इन्चार्ज नरेन्द्र उदासले...

सात बुँदे माग संयुक्त मधेसी मोर्चाको होइनः यादव

२०७२ असोज ९ गते १३:४६

विराटनगर, ९ असोज – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको वातावरण बनाउन सरकारले नै ठोस पहल गर्नुपर्ने बताएका छन् । शनिबार आफनो निवासमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजनीतिक मुद्दाको समाधान राजनीतिक प्रक्रियाबाट नै हुने भएकाले वार्ताको वातावरण बनाउनका लागि सेना र...

जलेश्वरमा निषेधाज्ञा हटाइयो

२०७२ असोज ९ गते १३:२०

गौशाला, ९ असोज-स्थानीय प्रशासन कार्यालयले महोत्तरीको सदरमुकाम जलेश्वरमा दिनमा लगाउँदै आएको निषेधाज्ञा (कफ्र्यु)शनिबारबाट हटाएको छ । प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेका अनुसार शनिबारदेखि जलेश्वरमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा हटाएको छ भने राति ९ बजेदेखि बिहान ५ सम्म मात्रै निषेधाज्ञा यथावत् नै...

डोरीमा झुण्डिएर वृद्धले गरे आत्महत्या

२०७२ असोज ९ गते १३:१३

इनरुवा, ९ असोज-सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार ७२ वर्षीय वृद्धले आत्महत्या गरेका छन् । इनरुवा–७ बस्ने ७२ वर्षीय खटर मेहताले आफ्नै घरमा रहेको मचानको वासमा नाइलनको डोरीले पासो लगाई आत्महत्या गरेको सुनसरी प्रहरीले जनाएको छ । मेहताले २०६९ कात्तिक ६ गतेसमेत विष सेवन गरी आत्महत्या...

रुपैडिया नाकामा तनाव

२०७२ असोज ९ गते १२:५८

नेपालगञ्ज, ९ असोज– नेपालगञ्जको रुपेडिया नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच ढुंगा हानाहन भएको छ । शनिबार बिहान रुपेडिया भन्सारमा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि तनाव उत्पन्न भएको हो । प्रदर्शनकारीहरु दशगजा क्षेत्रमा बसेर प्रहरीमाथी ढुंगा प्रहार गरेकमा थिए ।...

भारतका कारण मधेसको समस्या समधानमा बाधा : नारायणकाजी

२०७२ असोज ९ गते १२:१८

काठमाण्डु, ९ असोज–एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भारतका कारण तराइ–मधेसको समस्या समधानमा प्रतिकूल असर परेको बताएका छन् । आाफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उपाध्यक्ष श्रेष्ठले छिमेकी राष्ट्र भारतले नयाँ संविधानको स्वागत गर्नुको सट्टा हस्तक्षेप गरेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘छिमेकी मित्र राष्ट्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us