समाचार

भारतले नेपालीको भावनामाथि खेलवाड गर्‍यो : ज्ञवाली

२०७२ असोज १० गते १२:५८

शरद रेग्मी दाङ,  १० असोज–एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पेट्रोलियम पदार्थमा नाकाबन्दी गरेर भारतले तीन करोड नेपालीको भावनामाथि खेलावाड गरेको बताएका छन् । रिपोटर्स क्लव नेपाल दाङले आइतबार दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले नेपाली जनताले भारतको केही नबिगारेकोले तीन करोड नेपालीलाई अनाहकमा...

भारतले तराई–मधेसको आन्दोलनको सहयोग गरेको छः राई

२०७२ असोज १० गते १२:४७

इलाम, १० असोज – संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नयाँ संविधानप्रति असन्तुष्ट बनेर आन्दोलन गरीरहेका दलहरुलाई भारतले सहयोग गरेको बताएका छन् । संघीय प्रेस फोरम इलामले आइतबार गरेको पत्रकार सम्मेलनमा नेता राईले तराई–मधेस केन्द्रित दलहरुको पक्षमा नरहेको संविधानको विरोध गर्न आफूहरुलाई...

नाकाबन्दीको विरोधमा संयुक्त विद्यार्थी संगठनले भारतीय दूतावास घेर्ने

२०७२ असोज १० गते १२:४५

काठमाण्डु, १० असोज– विद्यार्थी संगठनहरुको संयुक्त  बैठकले भारतले नेपालमाथि घोषित/अघोषित रुपमा गरेको नाकाबन्दीका विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । आइतबार बागबजारमा अनेरास्ववियुको केन्द्रीय कार्यालयमा बसेको बैठकले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र त्यसमा सफल हुन नसकेपछि नाकाबन्दीमा उत्रिएको भन्दै त्यसको भत्र्सना गर्दै...

सक्कली बाबुरामले एमाओवादी छाडेकामा नक्कली बाबुरामको आपत्ति

२०७२ असोज १० गते १२:३९

काठमाण्डु, १० असोज– नेपाल टेलिभिजनबाट प्रसारित हुने हाँस्य टेलिऋंखला तीतो सत्य र मेरी बास्सैका कलाकार ज्योति काफ्ले अर्थात नक्कली बाबुराम भट्टराईले सक्कली बाबुरामले एमाओवादी छाडेकामा आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बाबुरामले पार्टी छाडेर गल्ती गरेको उल्लेख गरेका हुन् । उनले भीरबाट...

सप्तरीमा सयौं सवारीसाधनमा तोडफोड, ३ दर्जन यात्रु घाइते

२०७२ असोज १० गते १२:३६

सप्तरी, १० असोज– दंगाग्रस्त क्षेत्रको उलंघन गर्दै प्रदर्शनकारीहरुले आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह सडक खण्डमा सयौं सवारी साधन तोडफोड गरेका छन् । प्रर्दशनकारीहरुले हानेको ढुंगामुढाबाट बसमा सवार तीन दर्जनभन्दा बढी यात्रुहरु घाईते भएको प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा रहेको तीन जनालाई...

पश्चिमी नाकाबाट नेपाल आउने पर्यटकको संख्या बर्सेनि घट्दै

२०७२ असोज १० गते ११:५३

कञ्चनपुर, १० असोज– पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आउने विदेशी पर्यटकको संख्या घटेको छ । सन् २००९ पछिका छ वर्षमा पश्चिमी नाकाबाट आउने पर्यटकको संख्यामा कमी आएको हो । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन् २००९ मा दुई हजार ३४, सन्, २०१० मा एक...

आइतबारबाट देशभरका सवारी साधनमा जोर बिजोर प्रणाली शुरु

२०७२ असोज १० गते ११:२८

काठमाण्डु, १० असोज– सरकारले आइतबारदेखि देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्था अनुसार गते अनुसार जोर विजोर नम्बर भएका सवारीसाधन सञ्चालन हुनेछन् । गृह मन्त्रालयका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले निर्णय गरेको छ । अत्यावश्यकीय सवारीसाधनको...

बढ्यो कालोबजारी, एक सिलिन्डर ग्यासको मूल्य पाँच हजार !

२०७२ असोज १० गते ११:०२

भक्तपुर, १० असोज– भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भइरहेका बेला यहाँ ग्यासमा व्यापक कालोबजारी भएको छ । भक्तपुरका ग्यास डिपो सञ्चालकले अवैध रुपमा ग्यास लुकाएर कालोबजारी गर्दा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छैन । व्यापारीले एक साताअघिदेखि नै ग्यास लुकाएर कालोबजारी...

बाबुरामबारे धारणा बनाउन एमाओवादी केन्द्रीय समिति बैठक बस्दै

२०७२ असोज १० गते ८:५३

काठमाण्डु, १० असोज– लामो समयदेखि स्थगित एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । मध्याह्न १२ बजेपछि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा संविधान जारी भएपछि मुलुकका उत्पन्न असहज परिस्थिति र नेता बाबुराम भट्टराईको पार्टी परित्याग लगायत विषयमा छलफल हुने बताइएको छ...

भुटानी शरणार्थीबारे यसपटक पनि छलफल मात्रै

२०७२ असोज १० गते ८:२८

न्युयोर्क १० असोज–संयुक्त राष्ट्र संघको ७० औँ महासभाका सिलसिलामा नेपाल र भुटानबीच भुटानी शरणार्थी समस्यालाई मैत्रीपूर्ण तवरले समाधान गर्नुु दुवै देशको हितमा रहेको बारेमा छलफल भएको छ । नेपाली प्रतिनिधमण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच शनिबार न्युयोर्कमा भएको भेटवार्तामा...

एमाओवादीद्वारा पार्टीमा फर्कन बाबुरामलाई आग्रह

२०७२ असोज ९ गते २१:३२

काठमाण्डु, ९ असार– एकीकृत माओवादीले पार्टी परित्यागको घोषणा गरेका नेता बाबुराम भट्टराईलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । प्रवक्ता दीनानाथ शर्माद्वारा जारी विज्ञप्तिमा संविधानसभाबाट संविधान जारी भएपछि उत्पन्न असहज परिस्थितिमा भट्टराईले पार्टी त्यागको घोषणा गर्नुलाई पार्टीले गम्भीर र आश्चर्यका रुपमा लिइएको उल्लेख छ ...

बाबुरामले गलत निर्णय लिए: सापकोटा

२०७२ असोज ९ गते २०:२२

काठमाण्डु, ९ असोज-एकीकृत नेकपा माओवादीले वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुले आश्चर्यमा पारेको बताएका छन् । सो पार्टीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले भट्टराईको बहिर्गमनबाट आफू आश्चर्यमा परेको र सो निर्णय गलत भएको बताए । मुलुकले नयाँ संविधान जारी गरिसकेको र त्यसलाई सहज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us