समाचार

पूर्वाधारसम्बन्धी सार्क क्षेत्रीय सम्मेलन हुने

२०७२ असोज १० गते १६:०७

काठमाण्डु, १० असोज-डिप्लोमा इन्जिनियर्स एसोसिएसन (डिन) नेपाल र सार्क इन्जिनियर्स फोरमको संयुक्त आयोजनामा आर्थिक विकासका लागि पूर्वाधारसम्बन्धी सार्क क्षेत्रीय सम्मेलन हुने भएको छ । डिन नेपालले शनिबार पत्रकार सम्मेलन गरी सार्क राष्ट्रसँग आबद्ध देशले स्तर वृद्वि गर्नका लागि गर्दै आएको प्रयास र यससँग सम्बन्ध...

अघोषित नाकाबन्दी फिर्ता गर्न आग्रह

२०७२ असोज १० गते १५:५१

काठमाण्डु, १० असोज-छिमेकी मुलुक भारतबाट नेपाली भन्सार नाकाहरुमा लगाइएको अघोषित नाकाबन्दी तथा बन्द हडताल फिर्ता गर्न उपभोक्ता मञ्चले आग्रह गरेको छ । बन्द हडतालका कारण इन्धनलगायत अत्यावश्यक वस्तुका मालबाहक गाडीहरु रोक लगाई आयात ठप्प पारिएका कारण नेपाली बजारमा तत्काल पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको...

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

२०७२ असोज १० गते १५:४५

दाङ, १० असोज-तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट आइतबार एक महिलाको मृत्यु भएको छ । तुलसीपुरको वीरेन्द्र चोक नजिकै दिउँसो रा१प ४०२९ नम्बरको मोटरसाइकले ठक्कर दिँदा तुलसीपुर–२० सुकौरा निवासी ४२ वर्षीया रिसाली चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।...

प्रचण्ड र बाबुरामबीच १० मिनेट टेलिफोन वार्ता

२०७२ असोज १० गते १५:४०

काठमाण्डु, १० असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी परित्यागको घोषणा गरेका नेता बाबुराम भट्टराईलाई टेलिफोन गरेका छन् । भट्टराईले पार्टी छाडेको भोलिपल्ट आइतबार टेलिफोन गरेका हुन् । दुई नेताबीच करिब १० मिनेट टेलिफोन कुराकानी भएको स्थायी समिति सदस्य अग्नि सापकोटाले काठमाण्डु...

केही दिनभित्रै समस्या समाधान हुन्छ: सिटौला

२०७२ असोज १० गते १५:३२

भक्तपुर, १० असोज-नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले मधेसको समस्या केही दिनभित्रै समाधान हुने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ भक्तपुरले नेपालको संविधान, २०७२ जारी भएको खुसियालीमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले भारत र नेपालबीचको समस्या र मधेसवादी दलहरुबीचको समस्या समाधान गर्न पहल...

कसले थमायो ओलीको हातमा सर्वोच्च शिखर सगरमाथाको ढुङ्गा ?

२०७२ असोज १० गते १५:२९

काठमाण्डु, १० असोज– लामो दुरिका धावक एवं कीर्तिमानी विश्व पर्वतारोही संजय पण्डितले आइतबार विश्वकै सर्वोच्च शिखर सगरमाथा एवं अमेरिका महादेशको सर्वोच्च शिखरको ढुङ्गा एमाले अध्यक्ष केपी ओलीलाई उपहार स्वरुप प्रदान गरेका छन् । भक्तपुरको बालकोटमा आयोजित कार्यक्रममा संजयले नयाँ संविधान बनाउन प्रमुख भूमिका खेलेको...

बाबुरामका हस्ती रायमाझी र पौडेल एमाओवादी बैठकमा सहभागी

२०७२ असोज १० गते १५:२५

काठमाण्डु, १० असोज– एकीकृत माओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका हस्ती मानिने टोपबहादुर रायमाझी र देवेन्द्र पौडेले पार्टी स्थायी समिति बैठकमा सहभागी भएका छन् । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लाजिम्पाटस्थित निवासमा आइतबार बिहान बसेको बैठकमा रायमाझी र पौडेल सहभागी...

भट्टराई पक्षका सबै नेता केन्द्रीय समिति बैठकमा सहभागी

२०७२ असोज १० गते १५:१६

काठमाण्डु, १० असोज– एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेपनि उनलाई विगतमा समर्थन र सहयोग गर्दै आएका नेताहरुले भने पार्टी छाडेका छैनन् । आइतबार बसेको केन्द्रिय समितिको बैठकमा भट्टराई पक्षका करिव एक दर्जन नेताहरु बैठकमा उपस्थित भएका छन् । पार्टीको...

नेपालमा भारतीय टिभी च्यानल बन्द !

२०७२ असोज १० गते १५:१४

काठमाण्डु, १० असोज– भारतले गरेको नाकाबन्दीको विरोधमा चितवनमा भारतीय च्यानलहरु बन्द भएका छन् । भारतले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको भन्दै शनिबार साँझबाट भारतीय च्यानल बन्द गरिएका हुन् । । नेपालको आन्तरिक विषयमा हस्तक्षेप गरेको विरोधमा एमाले निकट अनेरास्ववियुले चितवन युनिक केबुल प्रालिलाई...

महन्थ ठाकुरले कांग्रेस नेतालाई घरमै डाकेर दिए यस्तो सल्लाह

२०७२ असोज १० गते १५:०१

भक्तपुर, १० असोज-नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य र केन्द्रीय सदस्य आनन्द ढुङ्गाना तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, नेताहरु हृदयश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्लबीच आइतबार भेटवार्ता भएको छ । सानोठिमीस्थित तमलोपाका अध्यक्ष ठाकुर निवासमा भएको भेटवार्तामा...

पाकिस्तानीहरुले लेखे ‘भारतीय हस्तक्षेप नाश होस् । संप्रभु नेपाल अमर रहोस् ।’

२०७२ असोज १० गते १५:००

काठमाण्डु, १० असोज– नेपालको संविधानमा भारतको चिसो प्रतिक्रियापछि पाकिस्तानीहरुले सामाजिक सञ्जालहरुमार्फत नेपालको समर्थन गरेका छन् । नयाँ संविधानविरुद्ध भारतसँग जोडिएको नेपालको दक्षिण सीमामा जारी प्रदर्शनमा भारतले चिन्ता जाहेर गरेको छ । नेपाल र भारतबीच तनाव बढीरहेको छ । नेपालका कैयन मालवाहक ट्रक भारतीय सीमामा फसेका...

वाग्मती नदी किनार वरिपरि सुन्दर बँगैचा निर्माण गरिने

२०७२ असोज १० गते १४:३९

काठमाण्डु, १० असोज-वाग्मती नदीलाई मुहानस्थलदेखि नै सफा बनाउने अभियानअन्तर्गत गुह्येश्वरी मन्दिरभन्दा माथि जोरपाटीसम्मको नदी किनारमा २५० वृक्षरोपण गरिएको छ । नदी किनारमा बगैँचा बनाउन जुटेका यस क्षेत्रका सङ्घसंस्था एवम् व्यक्तित्वको सक्रियतामा रुद्राक्ष, कपुर, समी र शिरिस गरी २५० वृक्षरोपण गरिएको हो । पुडासैनी मैत्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us