समाचार

आइतबार हजारौँ नेपालीले यसरी धोका खाए !

२०७२ असोज ११ गते १५:०९

काठमाण्डु, ११ असोज– आइतबार फेसबुक मुख्यालय हेडक्वार्टरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेसबुकका संस्थापक मार्क जुकरबर्गसँग ५० मिनेट प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागि भए । कार्यक्रमाबारे केही दिनअघि देखिनै प्रचारप्रसार भएको थियो । नेपाल र भारतको सम्बन्ध बिग्रिरहेका बेला मोदीलाई प्रश्न राख्नु र उत्तरको अपेक्षा गर्नु...

भारतीय हस्तक्षेपविरुद्ध हस्ताक्षर अभियान

२०७२ असोज ११ गते १५:००

बारा, ११ असोज– बाराको सिमरामा युवाहरुको समूहले भारतले नेपालमा अघोषित रुपमा लगाएको नाकाबन्दीको बिरोधमा हस्ताक्षरमार्फत सचेतीकरण अभियान शुरु गरेका छन् । भारतले संविधान निर्माणप्रति असन्तुष्टी जनाउँदै गरेको अघोषित नाकाबन्दी गलत भएको भन्दै उनीहरुले त्यसबिरुद्ध हस्ताक्षर अभियान सुरु गरेका हुन् । स्वतन्त्र युवा समाजले अभियान...

आन्दोलनका नाममा भगवान बुद्धलाई समेत लत्याएपछि…

२०७२ असोज ११ गते १४:५६

लुम्बिनी, ११ असोज- विश्व शान्तिको मुहान भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित तराईका जिल्लाहरु विगत डेढ महिनादेखि बन्द र हडतालले निकै अशान्त छ । विश्वका विभिन्न मुलुकबाट अशान्त मनलाई शान्त बनाउन लुम्बिनी आउने हजारौँ पर्यटक लुम्बिनी पनि अशान्त बनेपछि चाहेर पनि यहाँ आउन सकेका छैनन् ।...

बलात्कारपछि बालिकाको हत्या

२०७२ असोज ११ गते १४:०८

गौशाला, ११ असोज-महोत्तरीको एकरहिया गाविसमा सोमबार बिहान बलात्कार गरी हत्या गरिएको अवस्थामा एक बालिकाको मृत शरीर फेला परेको छ । नाम, थर र ठेगाना नखुलेका अन्दाजी वर्ष ११ की बोल्नसमेत नसक्ने ती बालिकाको शव एकरहिया– ३ स्थित भिक्सको रुखको बगैँचामा बलात्कारपछि मारिएको अवस्था फेला...

सुरक्षा घेरा दिएर ४०० सवारीसाधन गन्तव्यमा

२०७२ असोज ११ गते १३:३८

सप्तरी, ११ असोज– नयाँ संविधान र सीमाङ्कनको विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको आज ४५औँ दिनमा पनि सप्तरी प्रहरीले पूर्व–पश्चिम राजमार्गमा अलपत्र परेका करिब ४०० सवारीसाधनलाई सुरक्षा घेरा दिएर गन्तव्यमा पठाएको छ । बस, मालबाहक ट्रक र साना ठूला सवारीसाधन...

राप्रपामा पनि केसी बाहिरिए

२०७२ असोज ११ गते १३:३५

कास्की, ११ असोज-उद्योगपति एव्म राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीले पार्टी परित्याग गरेका छन् । पोखरामा पत्रकार सम्मेलन गरी उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । झन्डै तीन दशक लामो समयको राजनीतिक जीवनमा उनले पार्टीमा कोषाध्यक्ष र...

अवरुद्ध सबै नाका तत्काल खुलाउन पहल गर्छुः चिनियाँ राजदुत

२०७२ असोज ११ गते १३:३१

काठमाण्डु, ११ असोज– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले गरेको नाकाबन्दीका कारण नेपालमा परेको समस्याका बारेमा चिनियाँ राजदुत ऊ चुन्ताईसँग छलफल गरेका छन् । सोमबार प्रचण्डले आफ्नै निवासमा राजदुत उलाई बोलाएर चिनसँगको नाका खोल्ने बारेमा छलफल गरेका थिए । भेटमा प्रचण्डले भारतले...

बिजुक्छेले भने,‘भारतले साम्प्रदायिक युद्ध शुरु गरेको छ’

२०७२ असोज ११ गते १३:२८

भक्तपुर, ११ असोज-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपालसँग साम्प्रदायिक युद्धको सुरुवात गरेको बताएका छन् । नेपाल क्रान्तिकारी युवा सङ्घले आयोजना गरेको उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कार दिँदै उनले भारतले नेपालसँग साम्प्रदायिक र जातीय भड्काउ युद्ध सुरु गरेको बताएका...

आयल निगमद्वारा कोटा प्रणाली सुरु

२०७२ असोज ११ गते १३:२०

काठमाण्डु, ११ असोज- नेपाल आयल निगमले मौज्दात रहेको पेट्रोलियम पदार्थको आपूर्तिलाई व्यवस्थित तुल्याउन तथा न्यायोचित वितरणका लागि आजदेखि कोटा प्रणाली सुरु गरेको छ । ठूलो सङ्ख्यामा पेट्रोलियम पदार्थ भरेका ट्याङ्करहरू भारतीय सीमा नाकामा रोकिएपछि नेपाली बजारमा बढ्दै गएको पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राखी निगमसँग...

वार्ताका लागि तीनदलद्वारा समिति गठन

२०७२ असोज ११ गते १३:२०

काठमाण्डु, ११ असोज– नयाँ संविधानप्रति असहमति दर्शाई आन्दोलन गरिरहेका मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीनदलले तीन सदस्यीय एक समिति गठन गरेका छन् । सो समितिमा नेपाली काँग्रेसका तर्फबाट वन मन्त्री महेश आचार्य, नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल तथा एकीकृत...

क्यान्सर अस्पतालले दियो ६२ करोडको निःशुल्क सेवा

२०७२ असोज ११ गते १३:१५

चितवन,११ असोज-चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गएको एक वर्षमा बिरामीलाई ६२ करोड १० लाख बराबरको निःशुल्क सेवा प्रदान गरेको छ । अस्पतालका कार्यकारी निर्देशक चिनबहादुर पुनले बर्सेनि निःशुल्क सेवा दिने क्रम बढिरहेको बताए । उनले दिएको जानकारीअनुसार सबैभन्दा बढी रक्त क्यान्सर...

प्रचण्डले सार्वजनिक गरे बाबुरामले लेखेको सम्बन्ध विच्छेदको पत्र

२०७२ असोज ११ गते ११:४८

काठमाण्डु, ११ असोज–  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार अचानक पत्रकार सम्मेलनमार्फत एकीकृत माओवादी र संसद् सदस्य परित्यागको घोषणा गरे ।   बाबुरामको माओवादी परित्यागले माओवादीभित्र मात्र होइन सिंगो नेपाली राजनीतिमै ठूलै तरंग पैदा गरेको छ ।     बाबुरामले एकीकृत माओवादीको औचित्य सकिएको घोषणासहित आफूसँगको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us