समाचार

खैरो हेरोइनसहित कर्ण पक्राउ

२०७२ असोज ११ गते १७:५९

काठमाण्डु, ११ असोज– काठमाण्डु महानगरपालिका–१४ कलंकीस्थित सडक किनाराबाट अबैध लागूऔषध खैरो हेरोइन ६० ग्रामसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही खैर्वा गाबिस–६ का ५१ वर्षीय देबेन्द्रलाल कर्णलाई लागू औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ...

नाकाबन्दीबारे वार्ता गर्न मन्त्री भारत उडे

२०७२ असोज ११ गते १७:५०

काठमाण्डु, ११ असोज– वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा नेपाल–भारत वाणिज्य मन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार नयाँ दिल्ली प्रस्थान गरेका छन्। तीनदिने सो बैठकमा दुई मुलुकको वाणिज्य तथा आपूर्तिका विविध विषयमा छलफल हुनेछ । नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै...

‘संविधानको पक्षमा मतदान गर्ने ६७ मधेसी, २१ थारु र १४ मुस्लिम को हुन् ?’

२०७२ असोज ११ गते १७:२४

काठमाण्डु, ११ असोज– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालमा भारतले अघोषित नाकाबन्दी गरिराखे कुटनीतिक र अन्तर्राष्ट्रिय कानून अनुसार सरकारले विकल्प खोज्ने स्पष्ट पारेका छन । उनले तीन दलले सरकारलाई त्यसबारेमा सुझाव दिएको जानकारी दिए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले नेपाल माथिको...

विदेशी भूमिबाट नेपालीमाथि ढुंगा बर्साउनेहरु उतै गए हुन्छः पण्डित

२०७२ असोज ११ गते १७:१९

काठमाण्डु, ११ असोज– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तराई–मधेसमा जारी बन्द हड्ताललाई १५ दिनका लागि नेपाल घुम्न आउने पर्यटकलाई बंशजका आधारमा नागरिकता दिने मागसहित भएको आन्दोलनको संज्ञा दिएका थिए । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले त्यस्तो आन्दोलनको नेतृत् वगर्नेलाई कायरको संज्ञा दिए । आफ्नो...

मलेखुमा माछा महोत्सव हुने

२०७२ असोज ११ गते १७:१२

धादिङ, ११ असोज-माछा बजारका रुपमा प्रख्यात धादिङको मलेखुमा माछा महोत्सव आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय वाणिज्य सङ्घ धादिङको आयोजनामा मलेखुबजारमा आगामी पुस ९ देखि १९ गतेसम्म राष्ट्रिय महोत्सव तथा माछा मेला आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लोकनाथ डल्लाकोटीले जानकारी दिए । जिल्लाको...

अघोषित नाकाबन्दीमा पनि खाद्यान्नको अभाव छैन

२०७२ असोज ११ गते १७:०८

काठमाण्डु, ११ असोज-अघोषित नाकाबन्दीले यहाँ पिठो, चामल र दाललगायत अन्य कुनै खाद्यान्नको समस्या नरहेको धारणा व्यक्त गरिएको छ । मिडिया इन्टरनेसनलले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले सरकारले ठूला व्यापारी, तथा थोक विक्रेताको खाद्यान्न भण्डारको अवलोकन गर्न सरकारलाई...

यी हुन् मोदीलाई कहिल्यै भोकै नराख्ने नेपाली युवा

२०७२ असोज ११ गते १६:५९

यसबेला नेपालमा भारतले नाकाबन्दी लगाएको छ । भारतमा प्रधानमन्त्री  नरेन्द्र मोदी रहेका छन् । तर उनै नरेन्द्र मोदीलाई यहाँसम्म रातदिन नभनी यो उचाईमा ल्याउन एउटा नेपाली युवाले पसिना बगायो । उनको हेरचाह ग¥यो । उसले आफ्नो जिन्दगी दियो तर उनै मोदी अहिले उनै नेपाली युवाको...

माधव नेपालले पनि दिए भारतलाई चेतावनी

२०७२ असोज ११ गते १६:५८

काठमाण्डु ११ असोज– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको अन्तरिक मामलामा हस्तक्षेप नगर्न छिमेकी भारतलाई चेतावनी दिएका छन् । नेता नेपालले आफूहरु मुलुकको विकास र समृद्धिका लागि छिमेकीसहित विश्वसका सबै मुकुसँग सहकार्य गर्न तयार रहे पनि अनावश्यक हस्तक्षेप स्विकार्य नहुने बताए । एमाले प्रचार...

खुल्यो बेलहीया नाका, ५० बढी गाडी नेपाल भित्रिय

२०७२ असोज ११ गते १६:३७

रुपन्देही, ११ असोज– आइतबार रुपन्देहीको बेलहीया नाका अबरुद्ध गर्दै धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीयले प्रतिकार गरेर भगाएपछि सो नाकाबाट सवारीका साधन नेपाल भित्रन थालेका छन् । मधेसी मोर्चाका कार्यकर्ताले नाका अबरोध गर्दै भारतबाट खाद्यान्न, तेल, ग्यास लगाएतका अत्यावश्यक वस्तुमा रोक लगाएपछि स्थानीयले त्यसको...

नाका अबरोध गर्नेलाई स्थानीयले लखेटे

२०७२ असोज ११ गते १६:०२

रुपन्देही, ११ असोज– रुपन्देहीको बेलहिया नाका अबरुद्ध गर्दै धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीयले भगाएका छन् । मोर्चाका नेता तथा कार्यकर्ताले धर्नामा बसेर नाका अबरुद्ध पारेपछि आक्रोशित बनेका भैरहवाबासीले उनीहरुको प्रतिकार गरेका हुन् । त्यहाँ स्थिति असामान्य बन्न थालेपछि नेपाल र भारतका सुरक्षाकर्मीले दुबै...

भूकम्पको पीडा भुल्न यस्तो सुविधा

२०७२ असोज ११ गते १५:३७

गोरखाबजार, ११ असोज-भूकम्पले दिएको पीडा भुलाउन गोरखामा सामुदायिक केन्द्र स्थापना गरिएको छ । अमार्कको सहयोगमा रेडियो गोरखाले गोरखा नगरपालिका–४ स्थित सतिपिपलमा रहेको आफ्नै भवनमा केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको सोमबार सामुदायिक रेडियो प्रसारक सङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष किशोरजङ्ग थापाले उद्घाटन गरे । भूकम्पले...

बाधा अड्काउ फुकाउबाट तराई–मधेसको माग पूरा गरः उपराष्ट्रपति झा

२०७२ असोज ११ गते १५:२३

काठमाण्डु, ११ असोज– उपराष्ट्रपति परमानन्द झाले संवैधानिक व्यवस्था अनुसार बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरेर भएपनि मधेस केन्द्रीत आन्दोलनको माग पूरा गर्न आग्रह गरेका छन् । उपराष्ट्रपति झाले सोमबार विज्ञप्ती जारी गरेर तत्काल संविधान संसोधनको संभावना नरहेकाले बाधा अड्काउ फुकाउको अधिकार प्रयोग गरेर भएपनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us