काठमाण्डु, १२ असोज– पेट्रोलियम पदार्थको अभावलाई न्यूनीकरण गर्न र वातावरण सुधारका लागि काठमाण्डुलाई साइकल सिटीका रुपमा विकास गर्नुपर्ने माग गरिएको छ । काठमाण्डु महानगरपालिकाअन्तर्गत पर्यटन तथा सम्पदा महाशाखाले आयोजना गरेको छलफल कार्यक्रममा तराईको आन्दोलनसँगै नेपाल र भारतको सीमानामा भएको नाकाबन्दीका कारण हाल नेपालमा देखिएको...
काठमाण्डु, १२ असोज– नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालको नयाँ संविधानप्रति भारतको कुनै असहमति नरहेको बताएका छन् । नेपाल–भारत मैत्री समाजले मंगलबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रम बोल्दै उनले नेपाल–भारत सीमावर्ती क्षेत्रमा भैरहेका आन्दोलनले भारत असुरक्षित बनेको बताए । उनले भने, ‘नेपालको संविधानमा भारतको...
नेपालगन्ज, १२ असोज– रुपेडिया नाकामा धर्ना दिएर नाका अवरोध पार्ने मधेसी नेतालाई प्रहरीले पक्राउ गरेको छ । विहानैबाट नाकामा धर्ना दिएपछि दिउँसो बाँके प्रहरीले पाँच जिल्ला नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष हिरालाल लोहिया, मीना बुढा क्षेत्री, प्रभा मिश्रा,...
भक्तपुर, १२ असोज-मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार वार्ता भएको छ । सानोठिमीस्थित ठाकुर निवासमा भएको उक्त वार्तामा दुई नेताबीच तराई आन्दोलन, भारतले गरेको अघोषित नाकाबन्दी र तीन दलले गठन गरेको वार्ता टोलीसँग हुने...
काठमाण्डु, १२ असोज-उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकार असफल हुने दाबी गरेका छन् । व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा उपप्रधानमन्त्री गौतमले २०४५ सालमा नेपालमा नाकाबन्दी लगाएपछि त्यसबेलाको भारतीय काँग्रेस नेतृत्वको सरकार असफल भएको प्रसङ्ग उल्लेख गरे । यसपटक...
मोरङ, १२ असोज-बन्दकर्ताको दबाबपछि बन्द भएका केही विराटनगरका पसल मंगलबार मोरङ प्रहरीले खुलाएको छ । मोरङ प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालका अनुसार विराटनगरमा बजार, पसल बन्द गराउँदै हिँडेका बन्दकर्तालाई प्रहरीले पक्राउको तयारी गरेपछि बन्द गराउन छाडेर भागेका कारण आन्दोलनकारीले बन्द गराएका पसल प्रहरीले खुलाएको हो...
चितवन, १२ असोज-सभामुख सुवासचन्द्र नेम्वाङले भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन स्वयम् आन्दोलनरत दलहरुसमेत जिम्मेवार बन्नुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घको केन्द्रीय सम्मेलनलाई उद्घाटन गर्दै सभामुख नेम्वाङले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । अहिले मधेसवादी दलका कारण देशमा ठूलो समस्या...
काठमाण्डु, १२ असोज– सरकारले संविधान संसोधनका लागि आन्दोलनरत मधेस केन्द्रीत दलहरुसँगको वार्तालाई तीव्र पारेको छ । प्रमुख तीन दलले गठन गरेको वार्ता टोलीले संविधान संसोधन गर्ने उनीहरुका माग सम्बोधन गर्ने बारेमा छलफल शुरु गरेको हो । वन मन्त्री महेश आचार्य, एमाले मुख्य सचेतक अग्नि खरेल...
गौशाला, १२ असोज-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा जारी अनिश्चितकालीन मधेस बन्दका कारण विगत ४६ दिनदेखि महोत्तरीको जनजीवन ठप्प रहेको छ । प्रादेशिक सीमाङ्कनको विरोधमा मोर्चाले साउन ३० गतेदेखि नै जिल्लाका विभिन्न हाटबजार, कलकारखाना, उद्योग व्यापार, सङ्घसंस्था, स्कुल, कलेज, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी...
महोत्तरी, १२ असोज-गाउँकै एक युवतीको हत्यामा संलग्न भएको आरोपमा नेपाली काँग्रेस महोत्तरी क्षेत्र नं ६ का क्षेत्रीय सभापति रामश्रेष्ठ महतोलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । सुन्दरपुर–७ सिंहासनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी सबिताकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा सभापति महतोलाई महानगरीय प्रहरी वृत्त...
काठमाण्डु, १२ असोज– भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएका कारण नेपालको जनजीवन असमान्य बन्दै गइरहेको छ । भारतले नेपालको संविधानमा असन्तुष्टी जनाउँदै नाकाबन्दी गरेपछि अहिलेनेपालको अवस्था असामान्य बन्दै गएको हो । भारतको नाकाबन्दीसँगै चीनसँग सीमा जोडिएका नाका तत्काल संचालनमा ल्याउनुपर्ने आवाज पनि चारैतिरबाट उठेको छ...
काठमाण्डु, १२ असोज- नेपालीहरूको महान चाड दसैँ नजिकिँदै गर्दा बजारमा देखिएको पेट्रोलियम पदार्थको अभावका कारण जनजीवन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरू केही दिनयता भारतीय सीमामा रोकिएपछि नेपालमा पेट्रोलियम पदार्थको अभावसँगै यही असोज १० गतेदेखि जोर बिजोर प्रणालीमा सवारी साधन चलाउन थालेसँगै...