समाचार

चीनबाट सामान ल्याउनुस् भन्दा झोक्किए आपूर्तिमन्त्री

२०७२ असोज १२ गते २२:०८

काठमाण्डु, १२ असोज– आपूर्तिमन्त्री सुनीलबहादुर थापाले नेपालमा जारी नाकाबन्दी हटाउन भारतीय अधिकारीहरु सकारात्मक रकेको दाबी गरेका छन् । नाकाबन्दी हटाएर आपूर्ति र आवत जावत खुलाउन भन्दै प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा सोमबार दिल्ली गएका थापाले त्यहाँका अधिकारीसँग भेटवार्ता जारी राखेका छन् । मंगलबार राति बीबीसी...

मोदीद्वारा नेपालका प्रधानमन्त्रीसँग फोन वार्ता अस्वीकार

२०७२ असोज १२ गते १८:२५

काठमाण्डु, १२ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग फोन वार्ता गर्न अस्वीकार गरेका छन् । भारतद्वारा एक सातायता जारी नाकाबन्दी हटाउने प्रयासमा कोइरालाले मोदीसँग टेलिफोन वार्ता गर्न चाहेका थिए । कोइरालाले तीन विगत दिनदेखि विभिन्न च्यानलमार्फत टेलिफोन वार्ताका लागि गरेको आग्रहबारे...

करेन्ट लागेर अधिकारीको मृत्यु

२०७२ असोज १२ गते १८:२२

उदयपुर, १२ असोज-भलायाडाँडा गाविस–९ मैनीटारमा माछा पार्ने क्रममा करेन्ट लागेर मंगलबार अपराह्न मैनीटारका पर्वत अधिकारीको मृत्यु भएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

नेपालमा नयाँ भूकम्पको धक्का

२०७२ असोज १२ गते १८:०७

काठमाण्डु, १२ असोज– दार्चुला जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हिमालय पर्वतमा गइरहने नियमित प्रकारको भूकम्प दिउँसो ३ बजेर १२ मिनेटमा दार्चुलालाई केन्दबिन्दु बनाएर गएको हो । ‘गोरखा भूकम्पको परकम्प नभई नयाँ...

बिजुक्छेले भने, ‘नाकाबन्दी गर्न विदेशीलाई गुहार्नेहरु कसरी देशभक्त हुन सक्छन् ?’

२०७२ असोज १२ गते १७:५३

भक्तपुर, १२ असोज-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मधेसमा भइरहेको आन्दोलनका नेतृत्व गर्नेहरु देशभक्त नभएको बताएका छन् । रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आफ्नो देशमा नाकाबन्दी गर्न छिमेकीलाई हारगुहार गर्ने र नाकाबन्दी गराउने काम गर्ने काम देशभक्तले गर्नै नसक्ने...

मधेसी मोर्चाद्वारा बाबुरामको मञ्चमा आगजनी

२०७२ असोज १२ गते १७:५०

जनकपुर, १२ असोज– पूर्वमाओवादी नेता बाबुराम भट्टराईले जनकपुरमा आन्दोलनरत मधेसी मोर्चाको विरोधको सामना गनुपरेको छ । मधेस आन्दोलनप्रति ऐक्यबद्धता जनाउन भन्दै भट्टराई एमाओवादी र संसद सदस्य त्यागेको चार दिनपछि मंगलबार जनकपुर पुगेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले जनकपुरको गोपाल धर्मशाला परिसरमा आयोजित सभालाई सम्बोधन...

‘पाँच हजार आन्दोलनकारी भारतमा छन्’

२०७२ असोज १२ गते १७:४७

काठमाण्डु, १२ असोज– सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले राज्यले दमनका कारण अहिले पाँच हजार आन्दोलनकारी भारतको भूमिमा आश्रय लिईरहेको खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा नेपाल मानवअधिकार सङ्गठनले आयोजना गरेको अन्र्तक्रिया बोल्दै महासचिव सुमनले संविधानले मधेशी जनतालाई अधिकार विहिन बनाएको आरोप लगाउँदै सरकार...

काठमाण्डुमा पनि हिन्दी टेलिभिजन च्यानल बन्द

२०७२ असोज १२ गते १७:४३

काठमाण्डु, १२ असोज-भारतले अघोषित नाकाबन्दी गरेपछि त्यसको विरोधमा मंगलबार बिहान १० बजेदेखि नेपालमा हिन्दी टेलिभिजन च्यानल बन्द भएका छन् । नेपाल केबुल टेलिभिजन सङ्घ र नेपाल केबुल टेलिभिजनको सोमबार बसेको संयुक्त बैठकले हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको थियो । नेकपा माओवादीले भारतले नेपालमाथि...

भारतीय नाकाबन्दी विरोधमा विद्यार्थीले पठाए वान कि मुनलाई पत्र

२०७२ असोज १२ गते १७:३३

काठमाण्डु, १२ असोज– विभिन्न नौ विद्यार्थी संगठनले नेपालमाथि भारतद्वारा लगाइएको अघोषित नाकाबन्दी खुलाइदिन माग गर्दै संयुक्त राष्ट्रसंघसमक्ष अपिल गरेका छन् । विद्यार्थी संगठनहरुले मंगलबार पुलचोकस्थित राष्ट्रसंघीय कार्यालय पुगी भारतले पारवहन सन्धिसहित अन्तर्राष्ट्रिय कानूनविपरीत नेपालमा नाकाबन्दी गरेको भन्दै तत्काल खुलाइदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन्...

नयाँ शक्ति खोज्न मधेसमा आएको हुँः भट्टराई

२०७२ असोज १२ गते १७:३३

जनकपुर, १२ असोज– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस एमाले र एमाओवादी पूराना पार्टी भएकाले नयाँ शक्ति निर्माण गर्न आफू जनकपुर आएको बताएका छन् । मंगलबार जनकपुरको सभालाई सम्बोधन गर्न पुगेका नेता भट्टराईले मधेस आन्दोलनप्रति ऐक्यवद्धता जनाउन जनकपुर आएको बताए । एमाओवादी पार्टी परित्याग गरेको...

बिहीबारसम्म तातोपानी नाकाबाट मालबाहक गाडी नेपाल भित्रन सक्ने

२०७२ असोज १२ गते १७:०७

काठमाण्डु, १२ असोज– बिहीबारसम्म नेपाल–चीनको नाकाक्षेत्र तातोपानीबाट मालबाहाक गाडी नेपाल भित्रिने संकेत देखिएको छ । वैशाखमा गएको भूकम्पका कारण अवरुद्ध रहेको तातोपानी नाक नजिकैसम्म अवरोध पन्छाउने काम सकिएकाले छिट्टै नाका खुल्ने संकेत देखिएको हो । नाकाभन्दा २ किलोमिटर अघिसम्म रहेको अवरोध हटिसकेको र बाँकी...

धनुषाका विद्यालय खुल्न थाले

२०७२ असोज १२ गते १६:३९

धनुषा, १२ असोज-डेढ महिनादेखि मधेस बन्दको चपेटामा परेर बन्द रहँदै आएका धनुषाका संस्थागत विद्यालय खुल्न थालेका छन् । यद्यपि सामुदायिक विद्यालय भने अझै बन्द नै रहेका छन् । सदरमुकाम जनकपुरसहित वरपरका संस्थागत विद्यालय खुल्न थालेका छन् । विद्यालयले विद्यार्थीलाई विद्यालय पोसाकमा नै आउन भने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us