समाचार

निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र हटाइयो

२०७२ असोज १३ गते १९:११

वीरगन्ज, १३ असोज– जिल्ला प्रशासन कार्यालय पर्साले सदरमुकाम वीरगन्जमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा बुधबारदेखि हटाएको छ । जिल्ला सुरक्षा समितिको बसेको बैठकले यसअघि मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा चोकको पूर्वतर्फको बाटो, कभर्ड हल पूर्वदेखि बनारसी चोकको पूर्व गुह्येश्वरा...

मोदी भारत आइपुगे, नाकाबन्दीका विषयमा नेपालसँग वार्ता हुने

२०७२ असोज १३ गते १८:५२

काठमाण्डु, १२ असोज– संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिएर बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्युयोर्कबाट भारत आइपुगेका छन् । मोदीले यसअघि न्यूयोर्कबाट फर्किएपछि नेपालमा भएको नाकाबन्दीका विषयमा छलफल गर्ने बताएका थिए । छलफलका लागि वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा अहिले भारतमै मोदीलाई कुरेर...

भन्सारले छाड्न खोज्दा पनि एसएसबीले रोक्यो सिमामा नेपाली गाडी

२०७२ असोज १३ गते १८:४८

विराटनगर, १३ असोज– भारतीय सीमा सुरक्षा बल एसएसबीले पूर्वाञ्चलको प्रमुख भन्सार नाका पानी ट्याङकीबाट पेट्रोलियम पदार्थ बोकेका ट्याङकर नेपाल त्रिभन रोकेको छ । रानी भन्सार र भारतीय अन्सारका अधिकारीबीच ढुवानी सुचारु गर्ने विषयमा बुधबार भएको वार्ता सकारात्मक भए पनि एसएसबीले अवरोध गरेको हो ।...

थरुहट कार्यकर्ता र प्रहरीबीच झडप

२०७२ असोज १३ गते १८:३१

बर्दिया, १३ असोज– बर्दियाको मैनापोखरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच भएको झडपमा तीन प्रहरी र पाँच जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि सडक खुलाउन सदरमुकामबाट प्रहरी उपरीक्षकको नेतृत्वमा गएको टोलीमाथि ढुङ्गामुढा भएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी...

फेसबुकमा नेपालीले यसरी देखाउन थाले नेपालीपन

२०७२ असोज १३ गते १८:०४

भारतले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै अघोषित नाकाबन्दी गरेपछि आक्रोशित बनेका नेपालीले फेसबुकमा नेपालीपन देखाउन थालेका छन् । सामाजिक संजाल फेसबुक प्रोफाइलमा प्रयोगकर्ताले आफ्नो फोटोको अगाडि चन्द्र र सुर्य अंकित राष्ट्रिय झन्डाको फोटो राख्ने अभियान चलेको हो । हेरौँ यसरी दखाइदै छ नेपालीपन ।...

बालुवाटारमा हाम्रो समस्या हाम्रै समाधानका लागि दबाब

२०७२ असोज १३ गते १७:५२

काठमाण्डु, १३ असोज– युवाहरुको एक समूहले जारी राजनीतिक तथा आयात निर्यात अवरोध समस्या समाधानको लागि दबाब दिन बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । हाम्रो समस्या हाम्रै समाधान भन्ने मुल नारासहित सहभागी युवाहरुले सबै नेताहरुलाई एकठाउँमा आएर समस्या वार्तामार्फत समाधान गर्न आग्रह गरे । स्वस्फूर्त...

भारतको नाकाबन्दीको विरोधमा माओवादीको प्रदर्शन

२०७२ असोज १३ गते १७:३८

काठमाण्डु, १३ असोज– नेकपा–माओवादीले भारतको अघोषित नाकाबन्दीको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ । शान्तिबाटिकाबाट नारा, जुलुससहित सुरु भएको प्रदर्शन बागबजार, प्रदर्शनीमार्ग, शहिदगेट, न्यूरोड, असन हुँदै भोटाहिटी चोकमा आएर कोणसभामा परिणत भएको थियो । जुलुसका सहभागीहरुले भारतीय नाकाबन्दीको विरोधमा चर्को नारबाजी गरेका थिए । कोणसभालाई...

राजदूतलाई भेटेर चीनसँगको नाका शीघ्र सञ्चालन गर्न आग्रह

२०७२ असोज १३ गते १७:१३

काठमाण्डु, १३ असोज– सरकारले भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालनका लागि सहयोग गर्न चीनसँग आग्रह गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइलाई बुधबार वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बोलाएर भूकम्पपछि प्रभावित भएको व्यापारलाई सहज...

नेपाल–भारत सम्बन्धमा खलल पुग्न खोजेकामा चिन्ता

२०७२ असोज १३ गते १७:११

काठमाण्डु, १३ असोज– नेपाल– भारत मैत्री संघले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा खलल पर्न लागेका भन्दै चिन्ता ब्यक्त गरेको छ । संघले बुधवार पत्रकार सम्मेलन गरेर दुई मुलुकबीचको प्रगाढ सम्बन्धमा पछिल्लो खलल पुग्न लागेकोमा चिन्ता व्यक्त गर्दै दुई मुलुकको जनस्तरमा रहेको सद्भाव र मित्रतालाई...

यसरी झुक्दैछ भारत

२०७२ असोज १३ गते १६:५२

काठमाण्डु, १३ असोज– नेपालका लागि भारतका राजदूत रणजित रायले नेपालमा हाल उत्पन्न समस्या चाँडो समाधान हुने विश्वास व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध पुरानै अवस्थामा फर्कनेमा आफू ढुक्क रहेको बताएका छन् ।   भारतीय दूतावासमा पत्रकार सम्मेलन गरेर उनले दुई मुलुकबीचको अहिलेको असमझदारी शीघ्र अन्त्य...

भारतको अघोषित नाकाबन्दीको विरोध

२०७२ असोज १३ गते १६:३४

खोटाङ, १३ असोज– अनेरास्ववियु खोटाङले भारतको अघोषित नाकाबन्दीको विरोध गरेका छन् । अन्तर्राष्ट्रिय सहमति विपरीत विभिन्न स्थानमा नाकाबन्दी गरेको भन्दै अनेरास्ववियुले दिक्तेल बहुमुखी क्याम्पसमा विरोधसभा गरेको हो । भारतले नेपालको स्वतन्त्रता र आन्तरिक मामिलामाथि ठाडो हस्तक्षेप गरेकाले विरोधमा उत्रनुपरेको अनेरास्ववियु खोटाङका अध्यक्ष ओमप्रकाश घिमिरेले...

मोर्चाका कार्यकर्ताले नेपालकै पुरानो चिनी मिलमा झन्डा गाडे

२०७२ असोज १३ गते १५:२६

महोत्तरी, १३ असोज– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको रामनगरस्थित एभरेष्ट सुगर मिललाई अनिश्चितकालको लागि बन्द गरेको छ । सिमाङ्कनको विरोधमा ४७ दिनदेखि आन्दोलनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ताले चिनी मिलको तीनवटै द्वारमा टायर बालेर मिलको हरेक कामकाज बन्द गराएका हुन् । उनीहरुले मिलको मुलद्वारलगायत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us