काठमाण्डु, १४ असोज-प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको अवरोध कूटनीतिक पहलबाट चाँडो खुलाउन प्रयास भइरहेको बताएका छन् । दुई देशको सीमा क्षेत्रमा जारी अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्याको समाधान र तराई मधेसको आन्दोलन वार्ताबाट निकास खोज्न आग्रह...
वीरगन्ज, १४ असोज– वीरगन्जलगायत आसपासका क्षेत्रमा नेपाली टेलिभिजन च्यानल प्रसारणमा रोक लगाइएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भारतीय टेलिभिजन च्यानलको प्रसारण काठमाण्डुलगायत पहाडी क्षेत्रमा बन्द गराइएको बिरोधस्वरुप मधेसी मोर्चाले वीरगञ्ज आसपासका क्षेत्रमा नेपाली टेलिभिजन च्यानल प्रसारणमा रोक लगाएको हो । मोर्चाले पत्राचार गरेर आग्रह...
बागलुङ, १४ असोज-नेपाली सेनाले जिम्मा लिएपछि कालीगण्डकी करिडोरको बागलुङखण्डमा निर्माण द्रुत गतिमा अघि बढेको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजनाको बागलुङखण्डमा गत असार दोस्रो सातादेखि नेपाली सेनाले काम सुरु गरेको हो । १२ किमीको मालढुङ्गा–टाकुरीखण्डको ६० प्रतिशत काम पूरा भइसकेको नेपाली सेनाको...
धनकुटा, १४ असोज-धनकुटाको डाँडाबजारमा गएराति देवरले भाला प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । डाँडाबजार– २ का ३२ वर्षीय कालीबहादुर याखाले भाउजू ३४ वर्षीया मोतिमाया याखालाई भाला प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । भाला प्रहारबाट शरीरका विभिन्न भागमा चोट लागेकी मोतिमायाको...
काठमाण्डु, १४ असोज – भूकम्प प्रतिरोधात्मक, कम ऊर्जा खपत हुने र वातावरणमैत्री सुधारिएको इँटा उद्योग स्थापना गर्न सकिने प्रविधिको विकास भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), नेपाल इँटा उद्योग महासंघ र मिनर्जी प्रालिको संयुक्त प्रयासमा सुधारिएको उद्योग संरचनाको विकास गरिएको हो...
काठमाण्डु, १४ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा नेपालका उपप्रधानमन्त्री प्रकाशमान सिंह र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेट्न अस्विकार गरेको खुलासा भएको छ । संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन न्यूयोर्क पुगेका सिंह र पाण्डेले मोदीलाई भेटेर नेपालमा जारी नाकाबन्दी हटाउन आग्रह गर्न चाहेक...
धनकुटा, १४ असोज – धनकुटाको डाँडाबजारमा गएराति देवरले भाला प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । डाँडाबजार– २ का ३२ वर्षीय कालीबहादुर याखाले भाउजू ३४ वर्षीया मोतिमाया याखालाई भाला प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । भाला प्रहारबाट शरीरका विभिन्न भागमा चोट...
काठमाण्डु, १४ साउन– एकीकृत माओवादी नेता एवं सिन्धुपाल्चोकका सांसद् अग्नि सापकोटा अवरुद्ध कोदारी राजमार्ग सुचारु गराउने प्रयासमा काठमाण्डुबाट तातोपानी भन्सार नाका पुगेका छन् । सापकोटा पार्टी युवा नेताहरु माधव सापकोटा, युवराज दुलाल, सरल साहयात्री तथा अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेत र दीपेश पुनलाई लिएर...
काठमाण्डु, १३ असोज– संविधानको विरोधमा आन्दोलनरत मधेसी मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टीमा सह–अध्यक्ष हृदयेश त्रिपाठीले नेपालमा भारतले नाकाबन्दी नगरेको दाबी गरेका छन् । बीबीसी नेपाली सेवाका लागि बुधबार राति रवीन्द्र मिश्रसँग कुरा गर्दै उनले नाकाबन्दीबारे आफूलाई थाहा नभएको बताए । भारतले अघोषित नाकाबन्दी...
काठमाण्डु, १३ असोज– बामपन्थी दलहरु सम्वद्ध विद्यार्थी संगठनहरुले राष्ट्रियताविरोधी गतिविधि गरेको आरोपमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको पुत्लादहन गरेका छन् । नेपालमा भारतले नाकाबन्दी नगरेको भन्ने मन्त्री रिजालको अभिव्यक्तिको विरोधमा विद्यार्थीले भृकुटीमण्डपमा प्रदर्शनसहित पुत्लादहन गरेका हुन् । विद्यार्थीले अपराह्न ४ बदेखि ५ बजेसम्म मन्त्री...
काठमाण्डु, १३ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा उत्पन्न राजनीतिक जटिलताका कारण आफू चैनसँग सुत्न नसेकको बताएका छन् । पार्टी प्रवक्ता दीनानाथ शर्मा द्वारा लिखित निबन्ध ‘हिम फुलेको रात’ को राजधानीमा बुधबार विमोचन गर्दै उनले संविधान जारी गर्ने ऐतिहासिक कार्यभार पुरा...
काठमाण्डु, १३ असोज– भारतले नाकाबन्दी गरेपछि सरकारले बिहीबारदेखि तीन दिनसम्म निजी सवारी साधनका लागि पेट्रोलियम पदार्थ वितरण नगर्ने भएको छ । गृह र आपूर्ति मन्त्रालय तथा सुरक्षा अधिकारीको बुधबार सिंहदरबारमा बसेको संयुक्त बैठकले तीन दिनसम्म निजी सवारीका लागि पेट्रोलियम पदार्थ वितरण नगर्ने निर्णय गरेको...