म्याग्दी, १५ असोज–म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरधाममा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट एक सयभन्दा बढी लाभान्वित भएका छन् । गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग, जेरिअटिक सोसाइटी अफ काठमाण्डुको आयोजना र गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको व्यवस्थापनमा भएको शिविरमा ज्येष्ठ नागरिकसहित ११० जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य...
पाँचथर, १५ असोज–जिल्लामा आव ०७१/७२ को भदौ सम्ममा ४९१ जनाले निःशुल्क एचआइभी एड्ससम्बन्धी जाँच तथा परामर्श लिएका छन् । त्यसमा एकजनामा पनि एचआइभी एड्स पोजेटिभ नभेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस आवको भदौ महिनामा मात्रै २६ जनालाई एचआइभी एड्ससम्बन्धी निःशुल्क जाँच गरिएको...
काठमाण्डु, १५ असोज– व्यवस्थापिका संसदको हिउँदे अधिवसेन शुक्रबार १ बजेदेखि सुरु हुँदैछ । अधिवेसनलगत्तै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत पदको निर्वाचन प्रक्रिया औपचारिक रुपमा अघि बढ्नेछ । यस अधिवेसनले सुरुमै प्रधानमन्त्री निर्वाचनका लागि संसदको नियमावली अनुमोदन गर्नेछ । छोटो अवधिकालागि अनुमोदन हुने यो नियमावलीमा टेकेर...
काठमाण्डु, १४ असोज–सरकारले संविधानको विरोधमा आन्दोलन गरिरहेका मधेस केन्द्रित दलले वार्तामा बस्न राखेका सबै सर्त स्विकार गरेको छ । बिहीबार राति अबेर सकिएको मन्त्रिपरिषद् बैठकले वार्ताको वातावरण बनाउन भन्दै आन्लोरत पक्षका पाँचवटै सर्त स्विकार गरेको हो । बैठकले आन्दोलनका क्रममा मारिएकाका...
काठमाण्डु, १४ असोज– सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपालमा भारतविरोधी भावना बढ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै जोलीले नेपालमा जारी भारतविरोधी प्रदर्शनप्रति आपत्ति जनाएका छन् । भारतले नेपालमा नाकाबन्दी गरेको बरु नेपालको सम्प्रभुताको सम्मान गर्ने दाबी गरेका...
काठमाण्डु, १४ असोज– काठमाण्डु–तराई फास्ट्रयाक निर्माणको ठेक्का अवैध रुपमा भारतलाई दिने भौतिक योजना तथा सहरी विकासमन्त्री विमलेन्द्र निधिको राष्ट्रघाती प्रस्ताव एमाले मन्त्रीहरुको विरोधका मन्त्रीपरिषदबाट पारित हुन सकेन । बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री निधिले फास्ट्रयाक निर्माणसम्बन्धी ठेक्का भारतको आइएल एसएच कम्पनीलाई दिने ठाडो...
काठमाण्डु, १४ असोज-प्रभु मनी ट्रान्सफर अन्तर्गत प्रभु म्यानेजमेन्ट प्रालि र निर्धन उत्थान बैङ्कबीच बिहीबार विप्रेषण सम्झौता भएको छ । उक्त सम्झौतानुसार बैंकका देशैभरिका १७६ वटै शाखाबाट अब विप्रेषण कारोबार गर्न सकिने छ । प्रालिका तर्फबाट प्रबन्ध निर्देशक कुसुम लामा तथा बैंकका तर्फबाट नायब महाप्रवन्धक...
काठमाण्डु, १४ असोज-वामपन्थी नेताहरूले भारतले गरेको अघोषित नाकाबन्दी नेपाल–भारत पारवहन सन्धि, नेपाल भारत व्यापार सन्धि र भूपरिवेष्ठित मुलुकले पाउने हक र अन्तर्राष्ट्रिय सन्धिसम्झौता विपरीत भएको बताएका छन् । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा मालेका दीनानाथ घिमिरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका...
काठमाण्डु, १४ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि सिफारिस गरेको उर्जामन्त्रीलाई सरकारले बर्खास्त गरेको छ । एमालेबाट मन्त्रिपरिषदमा गएका उर्जामन्त्री राधा ज्ञवालीले राजीनामा दिन नमानेपछि प्रधानमन्त्री सुशील कोइरालाले उनलाई बर्खास्त गरेका हुन् । अख्तियारले पदीय दुरुपयोग गरेको आरोप लगाउँदै प्रधानमन्त्री कोइरालालाई कारबाहीका लागि...
विराटनगर, १४ असोज-नेपाली काँग्रेसका युवा नेता गगन थापाले राष्ट्रको धरोहरको रुपमा रहेको नयाँ संविधानमाथि तुषारापात हुन नदिन सबैलाई ऐक्यबद्ध हुन आग्रह गरेका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको आन्तरिक विवादलाई वार्ताद्वारा छलफल गरी संसद्बाट संशोधन गर्न सकिने...
काठमाण्डु, १४ असोज– एमाओवादीबाट बाहिरिँदा बाबुराम भट्टराई एक्लै पत्रकार सम्मेलन गरेर बाहिरिए पनि सो पार्टीका अन्य नेताहरु पनि उनको पछि लागेको खुलासा भएको छ । बाबुरामका सबैभन्दा नजिकका भनिएका टोपबहादुर रायमाझीले साथ नदिएपनि अन्य केही नेताले उनलाई समर्थन गरेको बुझिएको छ । रायमाझीले भने...
भक्तपुर, १४ असोज– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज भेटवार्ता भएको छ । कमल विनायकस्थित नेमकिपा अध्यक्ष बिजुक्छे निवासमा डेढघन्टा भएको भेटवार्तामा वर्तमान राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको छ । भेटका क्रममा एमाले अध्यक्ष ओलीले...