समाचार

भारतीय मिडियामा समाचार, ‘भारतले नेपालमाथि नाकाबन्दी लगाएको आरोप झुट’

२०७२ असोज १५ गते १२:५२

काठमाण्डु, १५ असोज– भारतले नेपालमाथि नाकाबन्दी लगाएर नेपालको दैनिक जनजीवन असमान्य बनिरहेको सबैलाई थाहै छ । तर, यस्तोमा भारत भने यसलाई स्वीकार्न तयार छैन । उसले नाकाबन्दी हुनुमा उल्टै नेपाललाई नै दोषी ठहर्याउँदै आफू पन्छिन खोजेको छ । भारतको न्यूज २४ ले भारतले नेपालमा...

प्रधानमन्त्रीले राजीनामा नदिने, सत्ताको आयु लम्ब्याउन खोजेको एमालेको आरोप

२०७२ असोज १५ गते १२:२८

काठमाण्डु, १५ असोज–प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार प्रधानमन्त्री पदबाट राजीनामा नदिने भएका छन् । नयाँ संविधानको धोषणापछि शुक्रबारबाट संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । नयाँ संविधान अनुसार संसद अधिवेशन सुरु भएको ७ दिनभित्र नयाँ सरकार गठन गर्ने प्रावधान छ । अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले...

दक्ष जनशक्तिलाई प्राथमिकता दिनुपर्ने माग

२०७२ असोज १५ गते १२:०१

काठमाण्डु, १५ असोज–नेपाल रेडियोलोजिकल सोसाइटीले अस्पतालमा शैक्षिक योग्यता र दक्ष जनशक्तिलाई प्राथमिकता दिनुपर्ने माग गरेको छ । सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले एक विज्ञप्ति जारी गरी अस्पतालमा हुने भिडियो एक्स–रे, एमआरआई, सिटीस्क्यानलगायत सेवामा दक्ष व्यक्तिलाई प्राथमिकता दिन सम्बन्धित स्वास्थ्य संघ संस्थासँग आग्रह गरेका छन् ।...

राष्ट्रसंघको महासभामा नेपालले भन्यो, ‘भूपरिवेष्टित देशलाई निर्वाध मालसामान प्रवाहको सुनिश्चितता हुनुपर्छ’

२०७२ असोज १५ गते ११:२६

अमेरिका, १५ असोज– उपप्रधानमन्त्री प्रकाशमान सिंहले भूपरिवेष्टित विकासोन्मुख मुलुकलाई मालसामानको निर्वाध प्रवाह सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा वस्तु र सेवा प्रवाहलाई अवरोध गर्न नहुने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७०औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डला प्रमुख रहेका मन्त्री सिंहले भूपरिवेष्टित विकासोन्मुख...

चियाखेतीमा कृषक आकर्षित

२०७२ असोज १५ गते १०:५६

ताप्लेजुङ, १५ असोज– ताप्लेजुङमा चिया प्रशोधन केन्द्रको स्थापनासँगै चियाखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । अलैँचीखेतीबाट समेत आम्दानी लिँदै आएका किसानले अलैँची नहुने क्षेत्रमा चियाखेती सुरु गरेका छन् भने उनीहरुले उत्पादन गरेको चिया पनि ताप्लेजुङमै प्रशोधन हुन थालेको छ । पछिल्लो समय अलैँचीमा देखिएका...

कालोबजारी गर्ने दुई पक्राउ, १५ सिलिन्डर ग्यास बरामद

२०७२ असोज १५ गते ९:५७

चितवन, १५ असोज– खाना पकाउने ग्यासको अभाव भएको अवस्थाको गलत फाइदा उठाई बालोबजारी गरेको आरोपमा चितवनमा दुईजना ग्यास विक्रेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनीहरुलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा भरतपुर–...

नेपालले आग्रह गरे कोदारी राजमार्ग खुलाउन चीनले सघाउने

२०७२ असोज १५ गते ९:३७

काठमाण्डु, १५ असोज– उत्तर छिमेकी चीनले अवरुद्ध कोदारी राजमार्ग पुनःनिर्माण गरी तातोपानी भन्सार नाकाबाट आपूर्ति सुचारु गराउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि तातोपानी नाका खुलाउने प्रयासमा खासा पुगेका एमाओवादी नेता तथा सिन्धुपाल्चोकको सभासद् अग्नि सापकोटासँगको भेटमा चिनियाँ...

कापीकलमका लागि गिट्टी कुट्न बाध्य छन् डडेल्धुराका बालबालिका

२०७२ असोज १५ गते ९:१९

डडेल्धुरा, १५ असोज – गरिब परिवारका बालबालिकाका लागि सुदूरपश्चिमका राजमार्गहरु आर्थिक उपार्जनको माध्यम बनेका छन् । विद्यालय जाने उमेरका न्यून आयस्रोत भएका परिवारका बालबालिका कलम कापी किन्नका लागि राजमार्गका सडकमा गिट्टी कुट्ने गरेको पाइन्छ । आफ्ना आमा, हजुरआमा, दाजुभाइ, दिदीबहिनीसँगै गिट्टी कुटेर दैनिक ५०...

सेती परियोजना जोड्ने छोटो सडक निर्माणमा तीव्रता

२०७२ असोज १५ गते ९:१३

बैतडी, १५ असोज – प्रस्तावित सेती परियोजनालाई जोड्ने सबैभन्दा छोटो सडक निर्माण कार्यले तीव्रता पाएको छ । बैतडीको सिद्धपुरबाट ढुंगाड जोड्ने सडक विफ्याकटालदेखि ढुंगाडसम्म पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको सो सडक सिद्धपुरको नेटा बजारसम्म पुगेको युवा संघका महाकाली अञ्चल संयोजक देवेन्द्र कुँवरले बताए । जिल्ला...

खेलकुदमन्त्रीबाट राजीनामा दिएका पौडेलले भने, ‘लोकमानले समानान्तर सरकार चलाए’

२०७२ असोज १५ गते ९:१०

काठमाण्डु, १५ असोज– प्रधानमन्त्री सुशील कोइरालाको दिर्नेशनमा पदबाट राजीनामा दिएका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानान्तर सत्ता सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्री कोइरालालाई बिहीबार बुझाएको राजीनामा पत्रमा उनले आयोगले आग्रहका आधारमा प्रधानमन्त्रीको क्षेत्राधिकारमा हस्तक्षेप...

ब्लड बैंक भवन निर्माणका लागि सहयोग

२०७२ असोज १५ गते ९:०७

भद्रपुर, १५ असोज – नेपाल रेडक्रस सोसाइटी झापा शाखा र उपशाखा बिर्तामोडद्वारा संयुक्त रुपमा सञ्चालित ब्लड बैंक भवन निर्माणका लागि बी एन्ड सी मेडिकल कलेज एवम् टिचिङ हस्पिटलले संयुक्त रुपमा एक लाख २१ हजार सहयोग बिहीबार प्रदान गरेको छ । हस्पिटलमा आयोजित कार्यक्रममा हस्पिटलका...

वर्षाले अवरुद्ध दिक्तेल–हलेसी सडक सञ्चालनमा

२०७२ असोज १५ गते ८:५८

खोटाङ, १५ असोज – वर्षाका कारण गत असारदेखि अवरुद्ध खोटाङको दिक्तेल–हलेसी सडक सञ्चालनमा आएको छ । वर्षाको भलबाढीले हिलाम्मे र खाल्डाखुल्डी भएपछि असार २१ गतेबाट पूर्ण रुपमा अवरुद्ध सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएसँगै शुक्रबारबाट नियमित यातायात सेवा सुरु गरिएको खोटाङ यातायात...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us