समाचार

मानव साङ्लोमा सहभागी उमेशको मृत्यु

२०७२ असोज १४ गते १७:३८

गौशाला, १४ असोज-मानव साङ्लोमा सहभागी हुन गएका एक पुरुषको बिहिबार महोत्तरीको मनरा गाविसमा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिस्वाकटैया गाविस–८ सहसराम गाउँ बस्ने ४५ वर्षीय उमेश कापर रहेको उनका छिमेकी राधेश्याम तिवारीले जानकारी दिएका छन् । मनरा–७ स्थित बाटोमा मानव साङ्लोमा सहभागी...

नेम्वाङले भने, ‘नयाँ संविधान निर्माणमा मधेसवादी दलहरुको पनि ठूलो सहयोग छ’

२०७२ असोज १४ गते १७:१०

पोखरा, १४ असोज-सभामुख सुवास नेम्वाङले नयाँ संविधान मधेसी दलसमेतको पसिनाको परिणामबाट बनेकाले यसलाई सहर्ष स्वीकार गर्न सबैसँग आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालको ‘राष्ट्रिय भेला तथा संविधान प्राप्तिपछिका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई बिहीबार यहाँ सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्...

युवा तथा खेलकुद मन्त्री पौडेलले राजीनामा दिए

२०७२ असोज १४ गते १७:०८

काठमाण्डु, १४ असोज– युवा तथा खेलकुदमन्त्री पुरुषेत्तम पौडेलले राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको सिफारिस गरेका मन्त्री पौडेलले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई आफ्नो राजीनामा बुझाएका हुन् । राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिव नियुक्त गर्दा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान...

प्राचार्य श्रेष्ठमाथि आक्रमण

२०७२ असोज १४ गते १७:०१

दमक, १४ असोज-झापाको दमक–१४ स्थित सरस्वती उच्चमाविका प्राचार्य दिलीप श्रेष्ठ बिहीबार बिहान एक हूल युवाको आक्रमणबाट सख्त घाइते भएका छन् । विद्यालयमा पढाइ भइरहेका बेला उक्त समूह एक्कासि विद्यालय प्रवेश गरी प्राचार्यमाथि आक्रमण भएको हो । लाठी, मुङग्राको आक्रमणबाट सख्त घाइते भएका श्रेष्ठको धरानस्थित...

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको सात अर्ब के हेरेर बसेको छ ?

२०७२ असोज १४ गते १६:२४

काठमाण्डु, १४ असोज– भूकम्पपीडितको सहयोगार्थ विभिन्न क्षेत्रबाट अहिलेसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा छ अर्ब ८८ करोड सात लाख ७६ हजार आठ सय ५८ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत वैशाख १२ मा आएको भूकम्प र त्यसपछिका परकम्पले धनजनको ठूलो क्षति...

मधेसी मोर्चा वेलहिया नाका बन्द गर्न असफल

२०७२ असोज १४ गते १६:०६

भैरहवा, १४ असोज-मधेसी मोर्चाले विगत सात दिन देखि भन्सार नाकालाई बन्द गर्ने उद्देश्यका साथ यस भन्सार नाकामा आन्दोलन गरेपनि मङ्गलबारदेखि उनीहरु नाका बन्द गर्न असफल भएका छन् । मङ्गलबार, बुधबार र बिहीबार आंशिक रुपमा भारतीय सीमाक्षेत्रबाट बेलहिया नाका हुँदै मालवाहक गाडीहरु भित्रने क्रम जारी...

चीनले पेट्रोलिमय पदार्थ दिन खोज्यो, सरकारले मानेन

२०७२ असोज १४ गते १५:४९

काठमाण्डु, १४ असोज– भारतले नाकाबन्दी गरेर ढुवानी रोकेपछि उत्तर छिमेकी चीनले पेट्रोलिय पदार्थ दिन चाहे पनि नेपालले लिन अस्विकार गरेको खुलासा भएको छ । नेपालका लागि चिनिया राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री र आपूर्तिमन्त्रीसहित प्रमुख दलका नेतासमक्ष इन्धन दिन चीन तयार रहेको प्रस्ताव गरेका थिए...

यसो भने तातोपानी नाकाका चिनियाँ सुरक्षाप्रमुखले

२०७२ असोज १४ गते १५:४०

काठमाण्डु, १४ असोज– भारतले अघोषित नाकाबन्दी गरेपछि चीनको नाका खुलाउनुपर्ने सर्वत्र बहस भैरहेका बेला एनेकपा माओवादीका नेता अग्नि सापकोटाको नेतृत्वमा तातोपानी नाका खुलाउन बिहीबार त्यहाँका सरोकारवाला पक्षसँग छलफल भएको छ । स्थलगत निरिक्षणका क्रममा सो पार्टीका भातृसंगठन वाइसिएल र अखिल क्रान्तिकारीका प्रतिनिधी सहित त्यहाँ...

नयाँ सरकार गठनका लागि दलहरुबीच अनौपचारिक छलफल शुरु

२०७२ असोज १४ गते १५:२६

काठमाण्डु, १४ असोज– प्रमुख तीन दलले नयाँ सरकार गठनका लागि अनौपचारिक छलफल शुरु गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले नयाँ संविधानको प्रावधान अनुसार सरकार गठनको तयारी शुरु गरेका हुन् । बैठकमा नेताहरुले रुपान्तरित व्यवस्थापिका संसद बैठक सञ्चालनका...

यस्तो छ नेपाल र भारतको अन्तिम तयारी

२०७२ असोज १४ गते १५:२१

काठमाण्डु टुडे डेस्क/काठमाण्डु, १४ असोज– नेपालको संविधानमा असन्तुष्ट जनाउँदै भारतले नेपालमा नाकाबन्दी गरेपछि त्यसको घाटा भारतले नै ब्यहोर्नु परेको छ । नाकाबन्दी भएको दुई हप्ता पुग्दा भारतीय ब्यापारीलाई त्यसको नकारात्मक असर त पुगेको छ नै भारत सरकारले पनि थुप्रै आलोचना खेप्नु परेको छ ।...

एक पाथी चामलले दसैं र तिहार मनाउनुपर्ने यो कस्तो नियति !

२०७२ असोज १४ गते १५:०७

जाजरकोट, १४ असोज-खाद्य डिपोमा चामल आएको सुन्ने बित्तिकै रोकायगाउँ मुलसामकी सङ्गीता शाही आठ महिनाको बच्चा च्यापेर दिनभरि हिँडेर नायकवाडाको घाट डिपोमा पगिन् । त्यहाँ नायकवाडा, सक्ला, रामीडाडाँ, रोकायगाउँका सबै घरबाट एक–एकजनाका दरले चामल लैजान आएका थिए । तर गोदाममा रहेको चामल भागबन्डा लगाएर सकिएपछि...

आयोजना बन्द हुँदा ७० परिवारको बिजोग

२०७२ असोज १४ गते १४:४७

बैतडी, १४ असोज-बैतडीको शङ्करपुर–९ मा रहेको सुर्नया लघुजलविद्युत् आयोजना बन्द भएको दुई महिनाभन्दा बढी व्यतित भइसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । नौ किलोवाट क्षमता भएको सो आयोजना बन्द हुँदा शङ्करपुर १, २ र ९ का ७० परिवार अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us