समाचार

नाका खुलाउन भारतलाई प्रधानमन्त्रीको आग्रह

२०७२ असोज १५ गते १८:३२

काठमाण्डु, १५ असोज– प्रधानमन्त्री सुशील कोइरालाले भूपरिवेष्ठित राष्ट्रको पारबहन सन्धिअनुसार अधोषित रुपमा लगाउँदै आएको नाकाबन्दी खुलाउन भारतलाई आग्रह गरेका छन् । शुक्रबार संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले भारतलाई पारवहन सन्धिको पालना गर्न अनुरोध गरेका हुन् । नेपाल संविधान निर्माणको चरण पूरा गरी विकासको...

अब वामदेबलाई तीन मन्त्रालयको जिम्मा

२०७२ असोज १५ गते १८:२२

काठमाण्डु, १५ असोज– खाली रहेका युवा तथा खेलकुद र उर्जा मन्त्रालयको जिम्मा उपप्रधान तथा गृहमन्त्री वामदेब गौतमले पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि सिफारिस गरेपछि बिहीबार युवा तथा खेलकुदमन्त्री पुरुषेत्तम पौडेलले राजीनामा दिएका थिए । त्यस्तै, उर्जामन्त्री राधा ज्ञवालीले राजीनामा दिन...

प्रधानमन्त्रीले दिएनन् राजीनामा

२०७२ असोज १५ गते १८:१४

काठमाण्डु, १५ असोज–प्रधानमन्त्री सुशील कोइरालले शुक्रबार संसदलाई विशेष सम्बोधन गर्दै आफूले संसदबाट राजीनमा नदिइ प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन् । कोइरालाले सरकारको नेतृत्व लिने बेलामा र सत्तारुढ दल एमालेसँग सत्ता साझेदारी गर्ने बेलामा संविधान बनेपछि आफूले राजीनामा दिने समझदारीको विपरीत राजीनामा नदिएका हुन्...

जलेश्वरमा निषेधाज्ञा हटाइयो

२०७२ असोज १५ गते १८:१०

महोत्तरी, १५ असोज-जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुरक्षा स्थिति राम्रो बन्दै गएपछि शुक्रबारदेखि जलेश्वर नगरपालिकामा निषेधाज्ञा हटाएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय वरपरको ५०० मि क्षेत्रमा भने निषेधित क्षेत्र कायमै रहेको प्रजिअ दीपक काफ्लेले जानकारी दिए । गत भदौ २३ गते...

यी किसान बेच्छन् वर्षमा एक करोड बढीको रुद्राक्ष

२०७२ असोज १५ गते १७:५६

भोजपुर, १५ असोज-भोजपुरको अधिकांश गाउँ तथा बजारमा रुद्राक्षको नयाँ कारोबार सुरु भएसँगै किसानको आम्दानी बढ्दै आएको छ । स्थानीयका अनुसार अघिल्लो वर्षको तुलनामा रुद्राक्षको मूल्यमा गिरावट आएपनि एकै परिवारले एक वर्षमा एक करोडसम्म बिक्री गर्ने गरेका छन् भने अधिकांश व्यापारीले त किसानको बगैँचा नै...

अखिल क्रान्तिकारी चीनसँगको नाका खुलाउन तातोपानी र रसुवा जाने

२०७२ असोज १५ गते १७:४४

काठमाण्डु, १५ असोज–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष पुर्णबहादुर सिंहले अखिल क्रान्तिकारी सम्मेलनबाटै समानान्तर समिति बनेको भन्ने हल्ला निराधार भएको बताएका छन् । असोज १२ र १३ गते चितवनमा सम्पन्न २० औं राष्ट्रिय सम्मेलनको निर्णय र भारतको अघोषित नाकाबन्दीविरुद्ध...

भारतले गरेको नाकाबन्दी घोषित हो : दीक्षित

२०७२ असोज १५ गते १७:३३

काठमाण्डु, १५ असोज–वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले भारतको नाकाबन्दी घोषित भएको दाबी गरे । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ र नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघको संयुक्त आयोजनामा संवाद डबलीमा भएको अन्तरक्रिया कार्यक्रमा बोल्दै दीक्षितले तराइका नाका बन्द हुनुमा ठूला राजनीतिक दल नेतृत्व दोषी रहेको आरोप...

पूर्व भूमिसुधार मन्त्री चौधरीको निधन

२०७२ असोज १५ गते १७:१४

काठमाण्डु, १५ असोज- एमाओवादी नेता तथा पूर्व भूमिसुधार मन्त्री रामचरण चौधरीको शुक्रबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित चौधरीको नेपालगन्जमा उपचारकै क्रममा निधन भएको हो । बर्दिया घर भएका चौधरी झलनाथ खनालको पालामा भूमिसुधार तथा व्यवस्थामन्त्री बनेका थिए ।...

प्रधामन्त्रीले १६ बुँदेको मर्म अनुरुप बोल्नुहुन्छ : नेम्वाङ

२०७२ असोज १५ गते १६:५१

काठमाण्डु, १५ असोज–सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दा १६ बुँदको मर्म र भावनाअनुरुप गर्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख नेम्वाङले दलहरुका बीचमा भएका औपचारिक अनौपचारिक सहमतिलाई ख्याल गर्दै प्रधानमन्त्रीले बोल्ने आफूले अपेक्षा गरेको बताएका हुन् । संविधान...

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

२०७२ असोज १५ गते १६:३५

रौतहट, १५ असोज– रौतहटको चन्द्रनिगाहपुरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । पूर्वपश्चिम राजमार्ग बन्द गराउन आएको जुलुसलाई रोक्न खोज्दा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तासँग प्रहरकिो झडप भएको हो ।   थारु र मुस्लिमसहित हजारौंको संख्यामा आएका बन्दकर्तालाई रोक्ने क्रममा प्रहरीले १८...

प्रचण्ड र बाबुरामबीच एक अर्कालाई गाली नगर्ने सहमति

२०७२ असोज १५ गते १६:३४

काठमाण्डु, १५ असोज–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हालै पार्टी छाडेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच एक अर्कालाई गाली गलौज नगर्ने सहमति भएको छ । राजधानीको एक होटेलमा शुक्रबार उद्योगी–व्यवसायीसँगको अन्तक्र्रियामा नेता भट्टराईले मुलुक निर्माणका लागि मिलेर काम गर्ने सहमति भएको बताए । पार्टी छाडेपछि...

भारतीय सहयोगमा निर्माण हुन लागेको कोल्डस्ट्रोरेज अलपत्र

२०७२ असोज १५ गते १६:१६

पाल्पा, १५ असोज-तानसेन नगरपालिकाको बाघखोरमा निर्माणाधिन कोल्डस्ट्रोरेज अलपत्र अवस्थामा छ । भारतीय राजदूतावासको आर्थिक सहयोग र तानसेन नगरपालिकाको प्राविधिक रेखदेखमा बाघखोरमा कोल्डस्ट्रोरेज निर्माणकार्य सुरु गरिएको हो । निर्माण कम्पनिले काममा ढिलासुस्ती गर्दा भारतीय राजदुतावासबाट रकम तथा भुक्तानी नभएका कारण कोल्डस्ट्रोरेज अलपत्र परेको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us