समाचार

भारतको ग्रिन सिग्नल पाएका देउवा भन्छन्, ‘केपी ओलीलाई प्रधामन्त्री बनाउने सहमति भएकै छैन’

२०७२ असोज १६ गते १४:४७

काठमाण्डु, १६ असोज– कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भावी प्रधानमन्त्रीबारे दलहरुबीच कुनै सहमति नभएको दाबी गरेका छन् । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गरेलगत्तै भावी सरकारबारे बहस सुरु भएका बेला तरुण दलले शनिबार राजधानीमा गरेको चियापानमा देउवाले कांग्रेस प्रधानमन्त्रीबारे कसैसँग भएको व्यक्तिगत...

टोपबहादुरले भने, ‘बाबुरामलाई साथ दिन सक्दिनँ’

२०७२ असोज १६ गते १४:२४

काठमाण्डु, १६ असोज–एमाओवादीका सचिव टोपबहादुर रायमाझीले पार्टी परित्याग गर्ने नेता बाबुराम भट्टराईको कदम गलत भएको बताएका छन् । राजधानीमा शनिबार आयोजित ताम्सालिङ, नेवाः र तमुवानका अगुवा कार्यकर्ता प्रशिक्षणमा कार्यक्रममा  रायमाझीले भट्टराईले गलत समयमा चालेको गलत कदमलाई साथ दिन नसक्ने बताए । देश पार्टीको योजनामा...

विवाहको प्रस्ताव राख्दा अस्वीकार गरेपछि…

२०७२ असोज १६ गते १४:२२

बागलुङ, १६ असोज-जिल्ला प्रहरी कार्यालय बागलुङले हुग्दिशिर–६ कि २७ वर्षीया तारा श्रीषको हत्यामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । असोज ११ गते मृत अवस्थामा फेला परेकी ताराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही गाविस–३ का इन्द्रबहादुर पुनलाई पक्राउ गरेको...

यसरी भए कपिलवस्तुका बाह्र गाविस असफल

२०७२ असोज १६ गते १४:१२

कपिलवस्तु, १६ असोज-कपिलवस्तुमा आ.व. २०७२/०७३ मा १२ गाविस असफल भएका छन् । गाविस कार्यालयले गरेको न्यूनतम तथा कार्यसम्पादनको आधारमा यी १२ गाविस असफल भएका हुन् । असफल हुने गाविसमा तिलौराकोट, सौराह, पिपरा, पटना, नन्दनगर, कजरहवा हरिहरपुर, हरनामपुर, दुविया, दोहनी, विठुवा र गोटिहवा छन् ।...

संविधान संशोधन गरेर विश्वभर नागरिकता बाँड्न सकिदैन: पोखरेल

२०७२ असोज १६ गते १४:०६

भक्तपुर, १६ असोज-नेकपा एमालेका नेता शङ्कर पोखरेलले नेपालको संविधान विश्व कै उत्कृष्ट संविधान भएको बताएका छन् । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका एमाले नगर कमिटीको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले अरु देशको तुलनामा नेपालको संविधान उत्कृष्ट भएको उल्लेख गरे । संविधानमा नागरिकताको व्यवस्था भारतको भन्दा...

अवरुद्ध सडक खुलाउने प्रयास जारी

२०७२ असोज १६ गते १३:५६

धुन्चे, १६ असोज-पहिरोका कारण तीन दिनदेखि अवरुद्ध धुन्चे–स्याफ्र्रु खण्डको पासाङ्ल्हामु मार्ग खुलाउने प्रयास जारी भइरहेको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार सडक खुलाउने प्रयासका लागि डोजर व्यवस्था भइसकेको र ढुङ्गा खस्नेक्रम नरोकिएकाले जोखिम न्यूनीकरण गरी अगाडि बढ्न प्राविधिक अध्ययन भइरहेको छ ।...

विमानस्थलका कारण बस्ती विस्थापित

२०७२ असोज १६ गते १३:३१

इलाम, १६ असोज-इलाम नगरपालिका–५ गोलाखर्क भञ्ज्याङमा निर्माणाधीन सुकिलुम्बा विमानस्थलको भलबाढीको निकास नहुँदा तल्लोतटीय क्षेत्रको बस्ती जोखिममा परेको छ । वर्षाको पानीले विमानस्थलबीचमै खोल्सा बनाएर तल्लो क्षेत्रको सयौं रोपनी जमिन कटान गरेको छ । विमानस्थलबाट गएको भलबाढीले स्थानीय तेजबहादुर निरौलाको करिब ४० रोपनी धान फल्ने...

स्तन क्यान्सरविरुद्ध पदयात्रा

२०७२ असोज १६ गते १३:१७

काठमाण्डु, १६ असोज-स्तन क्यान्सरविरुद्ध लड्न जनचेतना जगाउने उद्देश्यले शनिबार पदयात्राको आयोजना गरियो । नेपाल व्रेष्ट क्यान्सर फाउण्डेसनको आयोजनामा भएको उक्त पदयात्रा दरवारमार्गदेखि सुरु भएर भृकुटीमण्डपमा पुगी सभामा परिणत भएको थियो । पदयात्रामा चिकित्सक, स्वास्थ्य पेसामा आबद्ध विभिन्न व्यक्तिका साथै क्याम्पियन कलेज तथा नोबेल कलेजका...

लगातारको बन्दले औषधिको अभाव

२०७२ असोज १६ गते १३:०२

सप्तरी, १६ असोज-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराई–मधेस बन्दका कारण सप्तरीको भारदह अस्पतालमा औषधिको अभाव भएको छ । जिल्लाको भारदह गाविस–१ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि र इन्जेक्सनको अभाव भएको बताइएको छ । सो अस्पतालमा अत्यावश्यक औषधि, महिला प्रसूतिलाई दिइने इन्जेक्सन र जीवनजललगायत अभाव...

एमालेको नेतृत्वमा सरकार नबने संविधान कार्यान्वयनमा कठिनाइ : पोखरेल

२०७२ असोज १६ गते १२:५१

पोखरा, १६ असोज–एमालेका महासचिव ईश्वर पोखरेलले पूर्व सहमतिअनुसार नै प्रधानमन्त्रीले पद त्यागको घोषणा गरेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीद्वारा पद त्यागसँगै नयाँ सरकार निर्माणको प्रक्रिया सुरु भएको र सकेसम्म सहमति नभए बहुमतीय आधारमा...

गलेश्वरधाममा आश्रय लिन आउने ज्येष्ठ नागरिकको संख्या बढ्यो

२०७२ असोज १६ गते ११:३९

म्याग्दी, १६ असोज– म्याग्दीको प्रसिद्ध गलेश्वरधामा रहेको ज्येष्ठ नागरिक आश्रममा आश्रय लिन आउनेको संख्या बढेको छ । घरपरिवार कोही पनि नभएका र आफन्तबाट अपहेलित बनेका आश्रममा आश्रयको लागि आउने क्रम बढेको गलेश्वर ज्येष्ठ नागरिक आश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर केसीले बताए । विसं २०६७...

चोरी सिकारीका कारण वन्यजन्तुको अस्थित्व संकटमा

२०७२ असोज १६ गते ११:०५

मोरङ, १६ असोज– चोरी सिकारीका कारण मोरङका जंगलमा पाइने वन्यजन्तुको अस्थित्व संकटमा पर्न थालेको छ । मोरङको टाँडी, जाँते, मधुमल्ला, वरवन, केरौन, भोगटेनी, पथरी शनिश्चरेलगायतका जङ्गल क्षेत्रका वन्यजन्तुको चोरी सिकारी हुन थालेपछि वन्यजन्तुको अस्थित्व संकटमा परेको हो । मृग, हरिण, बदेल, दुम्सी, सालक, सुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us