परासी, १६ असोज-नवलपरासीको त्रिवेणी धाममा मलामी लिएर जाँदै गरेको बसको छतबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ । नवलपरासीको परासी भूमही सडकखण्डको रानीपाकडमा लु १ ख ८१५६ नम्बरको बसको छतबाट खसेर रामग्राम नगरपालिका–५ परासीका वर्ष २२ का सुरज गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...
काठमाण्डु, १६ असोज– यसबेला मुलुकमा भारतले नाकाबन्दी लगाएको छ । मधेसी दलहरुका मागलाई संविधानमा नसमेटको भन्दै उसले नेपालका दक्षिणतर्फका प्रमुख नाकाहरुमा अघोषित नाकाबन्दी गरेको हो । अहिले यसबेला एउटा बहस उठान हुने गरेको छ, नेपालले भारतको इसारा बमोजिम कुनै काम गर्न इन्कार गरेमा उसले...
काठमाण्डु, १६ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री सुशील कोइरालाले पद छाड्न आनाकानी गरिरहेको खुलासा गरेका छन् । राजधानीमा शनिबार आयोजित पार्टी कार्यकर्ता प्रशिक्षणमा उनले कोइरालाले फेरि प्रधानमन्त्री बन्न इच्छा देखाएको बताए । यद्यपि १६ बुँदे सहमति गर्दा प्रमुख चार शक्तिबीच...
पर्सा, १६ असोज-तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले मुलुकको जटिल अवस्थाप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । नेपाल–भारत सिमानाको वीरगन्जस्थित दशगजा क्षेत्रमा पर्ने मितेरीपुलमा जारी धर्ना कार्यक्रममा सहभागी भएका अध्यक्ष यादवले सञ्चारकर्मीसँग कुरा गर्दै ५० दिनदेखि मधेस बन्द र दश दिनदेखि नाका...
काठमाण्डु, १६ असोज-सामान्य अवस्थामा दैनिक ३५० भन्दा बढी पेट्रोलियम पदार्थ बोकेका ट्याङकर स्वदेश भित्रने गरेकामा अहिले एक दर्जनभन्दा कम ट्याङ्कर मात्र भित्रिँदा बजारमा इन्धनको चरम सङ्कट उत्पन्न भएको छ । भारतले अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका सबै नाकाबाट न्यून मात्रामा ट्याङ्कर भित्रिँदा...
गोरखा, १६ असोज–पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले हिमाल, पहाड र तराईको द्वन्द्व हटाएर राष्ट्रिय एकता कायम गर्नका लागि एमाओवादीबाट राजीनामा दिएको बताएका छन् । पार्टी र संसद दुबैबाट राजीनामा दिएपछि शनिबार गृहजिल्ला गोरखामा आफ्ना मतादाता भेट्न पुगेका भट्टराई पृथ्वीनारायण शाहले गोरखाबाट एकता गरेको इतिहासलाई साक्षी राख्दै...
काठमाण्डु, १६ असोज– राष्ट्रिय सहिद पार्क व्यवस्थापन समितिले केही सञ्चार माध्याम आफू विरुद्ध लागेको र उनीहरुलाई गोप्य सूचना दिएको भन्दै अनियमिताको आरोपबाट जोगिन मन्त्रालय फकाउने जुक्ति निकालेका छन् । पार्क निर्माणको क्रममा काम पनि अघि नबढाएको र अनियमिता गरेको आरोप लागेपछि व्यवस्थापन समितिका अध्यक्ष...
चितवन, १६ असोज-अघोषित नाकाबन्दीका कारण यहॉको दैनिक कारोबारमा आधाले कमी आएको छ । दैनिक २५ करोड रुपैयाँको हाराहारीमा कारोबार हुने चितवनमा अहिले आधाभन्दा कम मात्रै कारोबार भएको छ । इन्धनको अभावमा बजार क्षेत्रमा चहलपहल घटेको छ भने आवश्यक सामग्री आयात हुन नसक्दा सबै क्षेत्रमा...
काठमाण्डु, १६ असोज-एमाले नेता माधवकुमार नेपालले प्रमुख तीनदलसहित अन्य दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताएका छन् । नेकपा एमाले पाल्पा–काठमाण्डु सम्पर्क मञ्चको १०औँ सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले संविधान जारी गर्दाका सहयात्री प्रमुख दल र बाहिर रहेका दलसहित राष्ट्रिय एकताको सरकार गठन...
काठमाण्डु, १६ असोज– एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न शक्तिले नेपालमा सहमतीय सरकार बन्न नदिन चलखेल तीव्र पारेको बताएका छन् । युवासंघ केन्द्रीय कमिटी बैठकको शनिबार राजधानीमा उदघाटन गर्दै ओलीले अनपेक्षित चलखेलका कारण मुलुकले सहमतीय सरकार पाउने सम्भावना क्षीण हुँदै गएको उल्लेख गरे ।...
काठमाण्डु, १६ असोज–भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीले भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने बताएका छन् । भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा समस्या आएको भन्दै उनले नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गरेर दुःख दिन नहुने बताए । नयाँ...
साउदी अरब, १६ असोज-साउदी अरेबियाको मक्कामा भागदौड मच्चिदा ज्यान गुमाएका तीन नेपाली हजयात्रीको हालसम्म पनि साउदी सरकारले पुष्टि गरेको छैन । साउदी सरकारले भागदौडमा परी ज्यान गुमाएका अन्य देशका नागरिकको पुष्टि गरे पनि नेपाली नागरिकको पुष्टि नगरेको हज कमिटीका केन्द्रीय अध्यक्ष ताज मोहम्मद मियाँले...