चितवन, १७ असोज– नाकाबन्दीपछि इन्धनको अभावसँगै तालिकामा रहेका रक्तदान कार्यक्रमहरु हुन छाडेपछि जिल्लामा रगतको अभाव भएको छ । रक्तसञ्चार केन्द्र भरतपुरबाट सदरमुकामका अस्पतालहरुमा दैनिक एक सय ५० युनिटको हाराहारीमा रगतको माग हुने गर्छ । सबैभन्दा बढी कलेज अफ मेडिकल साइन्सेस र विपी कोइराला मेमोरियल...
मेलम्ची, १७ असोज– भूकम्प र त्यसपछिको अविरल वर्षाका कारण अवरुद्ध भएको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत मितेरी पुलसम्म ट्रयाक खोलिएको छ । लिपिङ बजारमा सडक मर्मत गर्ने कार्य भइरहेको छ । बल्लतल्ल चारपाङ्ग्रे हलुका गाडी पुग्ने उक्त बजारमा अझै सामान ओसारपसार गर्नका लागि प्रयोग गरिने...
मोरङ, १७ असोज –भारतले लगाएको अघोषित नाकाबन्दी खोलेको बताइए पनि जोगवनी भन्सारबाट पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा विराटनगरमा सञ्चालित एक दर्जन ठूला अस्पतालमा इन्धनको अभाव भएको छ । विराटनगर– ५ स्थित नोबेल अस्पतालमा इन्धनको अभावका कारण अति आवश्यक सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको...
पर्वत, १७ असोज –नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको लोमान्थाङमा भएको वार्ताका क्रममा छिटो नाका खोल्नका लागि इच्छुक देखिएका हुन्...
काठमाण्डु, १७ असोज– राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको अल्पायुमै निधन भएको छ । गुरुङको उपचारका अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा शनिबार साँझ निधन भएको हो । राप्रपा नेपालका केन्द्रीय सदस्य एवं सह–प्रवक्ता मोहन श्रेष्ठले गुरुङको निधनले पार्टीका साथै राष्ट्रवादी आन्दोलन र सिङ्गो...
नेपालगञ्ज, १६ असोज– नेपालगञ्जको रुपैडिया नाकामा संविधानको विरोधमा आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताबीचमै झडप भएको छ । झडपका कारण शनिबार दिनभरजसो रुपैडिया क्षेत्रको वातावरण तनावपूर्ण बन्यो । नेपाली भूमिमै बसेर वा भारतमा आश्रय आन्दोलन गर्ने भन्ने विषयमा विवाद भएको हो । यस्तै नेपालमाथि नाकाबन्दी...
काठमाण्डु, १६ असोज-पच्चीसऔँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७२ का अवसरमा १७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । प्रौढ कल्याण सङ्घ नेपाल र रोटरी क्लब डिल्लीबजारले संयुक्त रूपमा यहाँ आज आयोजना गरेको सम्मान कार्यक्रममा जिएसपी तिमिल्सिना प्रतिष्ठान नेपाल, विजिएसएस बोर्डिङ स्कूल, रोट¥याक्ट अफ डिल्लिबजार...
काठमाण्डु, १६ असोज– भारतले नेपालमा लगाइएको अघोषित नाकाबन्दी हटाएको छ । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ नाकाबन्दी हटाई अवरुद्ध आपूर्ति व्यवस्था सुचारु गराउन निर्देशन दिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्रसंघीय महासभाबाट फर्केको दुई दिनपछि नाकाबन्दी हटेको हो । नाकाबन्दी खोल्नुअघि मोदीले कुटनीतिज्ञसहित...
काठमाण्डु, १६ असोज-नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री शनिबार सम्मानित भएका छन् । काठमाण्डु महानगरपालिका २९ वडा नागरिक मञ्चले शनिबार एक कार्यक्रम गरी २९ वडावासी नेपाली सेनाको प्रधानसेनापति पदमा पुग्नुभएको भन्दै सम्मान गरेको हो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले प्रधानसेनापति क्षेत्रीले सम्मान गर्दै राष्ट्रको रक्षाका लागि...
सल्यान, १६ असोज-जिल्लामा विषालु सर्पको डसाइबाट एक बालकको शनिबार मृत्यु भएको छ । सर्पले टोकेर गम्भीर घाइते भएका मुलखोला–१ गर्चे देउरालीका नौ वर्षीय शालिकराम बुढाको उपचार अभावमा मृत्यु भएको हो । केही दिनअघि सर्पले डसेर घाइते भएका उनलाई अस्पताल लैजानुको साटो परिवारले झारफुक गरेर...
काठमाण्डु, १६ असोज– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गत ९ असोजमा पत्रकार सम्मेलन गरी एकीकृत माओवादी र संसद् सदस्य एकैसाथ परित्यागको घोषणा गरे । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी र सभामुख सुवास नेम्वाङलाई सांसद् पटबाट राजीनामा दिएको पत्र सँगसँगै बुझाएका थिए । ...
काठमाण्डु, १६ असोज-उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नेपाल शब्द जहिले उत्पत्ति भयो, त्यो समयदेखि नहराएकाले निरन्तर यो राज्यको अस्तित्व रहिरहने बताएका छन् । नेकपा एमाले प्यूठान–काठमाण्डु सम्पर्क मञ्चको दशौँ सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । ‘नेपाल राज्य चार हजार वर्षदेखि...